बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

यसरी बन्दैछ पोखरामा पहिलो आकाशे पुल

यसरी बन्दैछ पोखरामा पहिलो आकाशे पुल


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०७८, शुक्रबार

पोखरा, २८ जेठ – पोखरा महानगरपालिकाले सिर्जनाचोकमा निर्माण थालेको आकाशे पुल निर्माणको अन्तिमचरणमा पुगेको छ । पोखरा-८ का अध्यक्ष रुद्रनाथ बरालले यसै आर्थिक बर्षमा पुलको निर्माण काम सकिने वताए । उनका अनुसार २ करोड ५४ लाखको लागतमा पुल निर्माण हुनेछ । सो पुल निर्माण गर्नका लागि स्व.सांसद रविन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्फत ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेका थिए । बाँकी रकम पोखरा महानगरले खर्च गरेको हो । पुलका सवै संरचना तयार भएका छन् । रंगरोगन लगाउन बाँकी छ । यो आकाशे पुल निर्माणपछि पोखराको ट्राफिक चाप कम हुने र वटुवालाई सहयोग मिल्ने विश्वास लिइएको छ । पोखरा महानगरमा बनेको आकाशे पुल संघिय राजधानी वाहिर यो नै पहिलो हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->