बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकी सरकारको नीति तथा कार्यक्रम आज

गण्डकी सरकारको नीति तथा कार्यक्रम आज

'नयाँ सरकारलाई समयपनि नभएकाले यथार्थको जगमा नै बजेट ल्याउने गरी नीति तथा कार्यक्रम आउँछ ।'


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०७८, सोमबार

पोखरा, ३१ जेठ – गण्डकीको नयाँ सरकारले आज (सोमबार) नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । असार १ गते आर्थिक वर्ष २०७८÷०७९ को बजेट ल्याउनैपर्ने बाध्यकारी व्यवस्था भएकाले त्यसअघि नै मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली नेतृत्ववको सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।
बजेटको प्राथमिकता र सिद्धान्त भने यसअघि नै निवर्तमान अर्थमन्त्री किरण गुरुङले प्रस्तुत गरिसकेका छन् । नीति तथा कार्यक्रम कसले ल्याउने भन्ने अन्यौलकै बीच गण्डकीमा अर्थमन्त्रालयका कर्मचारीहरुले नै सबै तयारी गरेका थिए । तयारी अवस्थामा रहेको नीति तथा कार्यक्रम एवं बजेटमै ‘आफ्ना कुरा’ थपेर नीति तथा कार्यक्रम आउने अर्थमन्त्रालय स्रोतले बताएको छ
। ‘अहिलेको प्राथमिकता कोभिड महामारीसँग जुध्ने,क्रमागत योजनालाई पूरा गर्ने नै हो’, स्रोतले भन्यो,‘ यो पटक बजेट पनि सीमित छ, नयाँ कार्यक्रम ल्याउन साह्रै गाह्रो छ, समयपनि नभएकाले यथार्थको जगमा नै बजेट ल्याउने गरी नीति तथा कार्यक्रम आउँछ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->