बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सबैतिर बढ्दो महंगी, अनुगमनमा छैन कुनै कार्वाही

सबैतिर बढ्दो महंगी, अनुगमनमा छैन कुनै कार्वाही

१ सय ८० रुपैयाँमा खरिद गरेको वस्तु ३ सयदेखि ३ सय ५० रुपैयाँसम्म बिक्री, प्रशासन मौन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०७८, सोमबार

बागलुङ, ३१ जेठ – निषेधाज्ञाअघि रातो दालको मूल्य प्रतिकेजी १ सय १० रुपैयाँ मात्रै थियो । अहिले बढेर १ सय ३० पुगेको छ । मुसुरोको दाल १ सय २० बाट बढेर १ सय ४० सम्म पुगेको व्यवसायी बताउँछन् । ग्रामीण बस्तीमा त्योभन्दा १०÷२० रुपैयाँले बढीनै छ ।
होलसेलमा १ सय ८० रुपैया“मा ल्याएको अनार ३ सयदेखि ३ सय ५० रुपैयाँसम्म बेच्ने गरेको समेत भेटिएको उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए । तरकारीतर्फ पनि कालोबजारी मौलाउँदो छ । ‘किसानबाट प्रतिकेजी ३० रुपैया“मा ल्याएको गोलभेडा उपभोक्तालाई प्रतिपाउ २० रुपैया“मा बेचेको भेटियो’ श्रेष्ठले भने, ‘उपभोक्तालाई ठग्ने नै हो भन्ने प्रवृत्ति राखेको देखिन्छ ।’ मेहेनत गर्ने किसान पनि ठूला व्यपारीबाट ठगिएका हुन् ।
खाद्यान्नतर्फ निषेधाज्ञा अवधिमा मूल्य बढेरै आएकोले उपभोक्ता मारमा परेको व्यवसायी विष्णु आचार्यले बताए । ‘दाल, चामल र तेलमा थोक मूल्यनै बढेको छ’, उनले भने, ‘उपभोक्तालाई बेच्दा झनै महंगो परेको छ ।’ व्यवसायीले भने थोकमा २० रुपैया“ बढ्दा उपभोक्तालाई ५० रुपैया“सम्म बढाएका छन् । ग्रामीण क्षेत्रमा लैजानेले ढुवानी जोडेर बेच्ने गरेका हुन् । बागलुङ बजारमा २ सय ४० पर्ने खानेतेल गाउ“ पुग्दा २ सय ८० सम्म पनि बिक्री हुने गर्छ । उनीहरुले बिल दिंदैनन्, त्यसैले जनता महंगो मूल्य तिरिरहन्छन् ।
बागलुङ बजारकै व्यापारीले बासमती चामलको प्रतिकेजी १ सय रुपैया“देखि १ सय ८० सम्ममा बेच्ने गरेको भेटिएको हो । चैतको तुलनामा जेठमा प्रतिकेजी चिनीमा समेत १० रुपैया“को दरले बढेको छ । ‘गाडीभाडा जोड्नै प¥यो, महंगो त छ’ काठेखोला गाउ“पालिका ८ का चन्द्र श्रेष्ठले भने, ‘निशेधाज्ञाकै बेला मूल्य बढाइएको छ, हामीले उपभोक्तालाई ठगेका छैनौं ।’ खाद्यबस्तुको सवारी नियमित चलेपनि व्यापारीले भने निशेधाज्ञाको बहाना बनाएका हुन् ।
तरकारी र फलफूलमा बिग्रेको फाल्नुपर्ने भएकोले खेर गएको सामानको मूल्य समेत जोडेको भेटिएको हो । ‘होलसेलमा ल्याउँदा महंगै परेको छ, कति बिग्रेर जान्छ, सबै मिलाउँदा महंगो भएको हो’ थोक बिक्रेता मधु केसीले भने, ‘मूल्य बढेर आएको सामान त महंगो पर्छ नै ।’
खाद्यान्नमा भन्दा तरकारी र फलफूलमा व्यवसायीले बढी नाफाखोरी गरेको बागलुङ नगरपालिकाकी प्रशासकीय अधिकृत सरस्वती रेग्मीले बताइन् । ‘चामलमा १० रुपैयाँ बढ्दा चर्चा हुन्छ, फलफूलमा १ सय बढी बढाएका छन्, बोलीदिने कोही छैन’ उनले भनिन्, ‘त्यसैले नियमित अनुगमनमार्फत नियन्त्रण प्रयास भैरहेको छ ।’
बागलुङका स्थानीय पालिका सहित घरेलु तथा साना उद्योग कार्यालय र उपभोक्ता मंचले प्रशासन कार्यालयको समेत प्रतिनिधि राखेर नियमित अनुगमन गरेको कार्यालयकी प्रमुख गुमा रिजालले बताइन् । ‘हामीले गरेको अनुगमनमा डरलाग्दो नाफाखोरी देखिए’ रिजालले भनिन्, ‘उपभोक्ताहरु दैनिक सयौं रुपैया“ ठगिइरहेका छन्, व्यापारीले मनपरी गरेका छन् ।’ निषेधाज्ञाको फाइदा उठाएर स्याउ र अनारमा प्रतिकेजी १ सय ५० रुपैया“ सम्म नाफा खाने गरेको भेटिएको रिजालले बताइन् ।
बागलुङ उद्योग बाणिज्य संघका सदस्य गणेशराज लम्सालले मनलाग्दी मूल्य लिनेलाई अनुगमन गर्नुपर्ने बताए । अनुगमनलाई संघले साथ दिने उनको भनाई छ । अघिल्लो महिना पनि बागलुङमा मूल्य सूचि नराखेका व्यापारीलाई बाणिज्य बिभागले जरिवाना गरेको थियो । अखाद्य बस्तु बेचेको आरोपमा दुई जना व्यापारीलाई कारवाही गरिएको छ । उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ५० ले त्यस्ता व्यापारीलाई कारवाही गर्ने र पीडित उपभोक्तालाई क्षतिपूर्ति भराउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->