बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीको बजेट ३० अर्व ३ करोड ९४ लाख (पूर्णपाठसहित)

गण्डकीको बजेट ३० अर्व ३ करोड ९४ लाख (पूर्णपाठसहित)


  • ढोरपाटन संवाददाता
  • असार १ २०७८, मंगलबार
फाईल तस्विर

पोखरा, १ असार – गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष ०७८/०७९ का लागि ३० अर्व ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । चालूतर्फ १३ अर्व ६ करोड ४७ लाख, पुँजीगततर्फ १६ अर्व ७३ करोड ४६ लाख  र वित्तिय व्यवस्थापनतर्फ २४ करोड बजेट विनियोजन गरिएको छ ।

बजेट सार्वजानिक गर्दै अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले चालुतर्फ ४३.५ प्रतिशत र पुँजीतर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत बजेट रहेको बताए । गत आर्थिक वर्षमा प्रदेश सरकारले ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

कोभिड १९ र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७८/७९ को लागि मंगलबार प्रदेश सभामा बजेट पेस गरेको छ । कोरोना उपचारलाई उत्कृष्ट बनाउने, अस्पतालहरूको स्तरोन्नति गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई सम्बोधन गरेको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सभामा बजेट पेस गरेका हुन् । यसैगरी बजेटमा कोरोनाबाट प्रभावित क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ । महिलाको स्तन, पाठेघरको क्यान्सर र आङ खस्ने समस्याको नि:शुल्क उपचार गराउने, बेवारिसे बालबालिकाको संरक्षण र जेष्ठ नागरिकलाई पनि संबोधन गरेको छ । पर्यटन, पूर्वाधार, कृषि, खेलकुदलाई पनि बजेटले प्राथमिकता दिएको छ ।

हेर्नुहोस बजेटको पूर्णपाठ:

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->