बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विपद् बोकेको बर्खा सुरु, गण्डकीका ११ हजार बढी जोखिममा

विपद् बोकेको बर्खा सुरु, गण्डकीका ११ हजार बढी जोखिममा

मनसुनको सुरुमै ठाउँठाउँमा बाढी, पहिरो जान थाल्यो


  • विकास मगर
  • असार २ २०७८, बुधबार

पोखरा, २ असार – गत बर्खामा गण्डकी प्रदेशभर असारदेखि असोजसम्म बाढी, पहिरोबाट १ सय ३६ जनाले ज्यान गुमाए । पहिरोमा परी हराइरहेका २५ जनाको अवस्था अझै अज्ञात छ । ती प्राकृतिक विपद्बाट पीडित परिवारको अभैm सुरक्षित पुनस्र्थापना भइसकेको छैन ।
यसवर्षको मनसुन सुरु भइसकेको छ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष पनि ठूलो क्षति हुने अनुमान गरिसकेको छ । प्राधिकरणले गण्डकी प्रदेशलाई पनि उच्च जोखिमयुक्त क्षेत्रमा राखेको छ । प्राधिकरणको आँकलनअनुसार यस वर्ष गण्डकीमामात्रै ११ हजार बढी जनसंख्या प्रभावित हुने देखाएको छ ।
यस वर्षको मनसुनको सुरुआतमै गण्डकीमा प्राकृतिक विपद्ले वितण्डा मच्चाउन सुरु गरेको छ । बाढी, पहिरोका कारण प्रदेशका विभिन्न जिल्ला प्रभावित हुन थालेका छन् । २ दिनदेखि निरन्तर परिरहेको भारी वर्षाका कारण गएको बाढी, पहिरोले प्रदेशका विभिन्न सडकखण्ड अवरुद्ध बन्न पुगेको छ ।
म्याग्दी ःपहिरोले २ घाइते, १६ घर विस्थापित
गत वर्षको बर्खामासमा म्याग्दीमा पहिरोका कारण ३१ जनाले ज्यान गुमाए । त्यसमध्ये १९ जना धौलागिरि गाउँपालिकाका थिए । पहिरोमा परी धौलागिरि गाउँपालिका ६ का २ जना अझै बेपत्ता छन् ।
२ दिनदेखि निरन्तर परिरहेका पानीले फेरि धौलागिरि गाउँपालिकामा मनसुनकै सुरुआतमै १३ घरलाई विस्थापित गरेको छ । गाउँपालिका प्रमुख थमसरा पुनमगरका अनुसार धौलागिरि गाउँपालिका २, खोरिया गाउँ पहिरोको उच्च जोखिममा परेपछि स्थानान्तरण गरिएको छ ।
‘त्यो ठाउँ पहिलेदेखि नै पहिरोको उच्च जोखिममा थियो । तर, यस वर्ष बर्खाको सुरुमै पहिरो जाने धेरै सम्भावना भएपछि गाउँकै अर्को स्कुलमा सुरक्षित स्थानान्तरण गरेका छौं,’ गाउँपालिका प्रमुख मगरले भनिन्, ‘प्रभावितलाई राख्नलगायत अत्यावश्यक वस्तु पनि मगाइसकेका छौं ।’ उनले उक्त गाउँमा ७० घर भए पनि १३ घर उच्च जोखिममा रहेको बताइन् ।
गाउँपालिका प्रमुख मगरका अनुसार धौलागिरि २ मात्रै नभएर गाउँपालिकाको ५ र ६ वडा पनि उच्च जोखिममा छ । ६ नम्बर वडा गतवर्ष पनि जिल्लामै सबैभन्दा बढी क्ष््राति व्यहारेकाले मनसुनको सुरुआतमै सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सम्बन्धित वडालाई निर्देशन दिइसकेको जानकारी दिइन् ।
यस वर्ष पनि राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दीलाई उच्च जोखिम क्षेत्रमा राखेको छ । प्राधिकरणका अनुसार म्याग्दीमा यस मनसुनमा १ हजार ९५३ जना प्रभावित हुने आँकलन गरेको छ ।
मनसुनको सुरुमै गत बर्खामा सबैभन्दा बढी क्षति व्यहारेको म्याग्दी उच्च जोखिममा परेको छ । धौलागिरि क्षेत्रको लुम्ले र घोरेपानीमा भारी वर्षा भएका कारण कालीगण्डकी र म्याग्दी खोलाको बहाव पनि उच्च भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले मंगलबार बिहानै ‘खतराको घन्टी’ बजाइसकेको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दी प्रमुख गणेशबहादुर अधिकारीले यस वर्ष पनि म्याग्दीम मनसुनको सुरुमै क्षति हुन सुरु भइसकेको बताए । कालीगण्डकीको बहाव उच्च भएकै कारण ठूलो क्षति हुने देखिएको जानकारी दिए । ‘सबैभन्दा बढी पानी लुम्ले र घोरेपानीमा परिरहेको छ । त्यसले कालीगण्डकी, म्याग्दी खोला सर्तकताको लेबल पार गरिसकेको छ । ठूलो क्षति हुने देखिन्छ,’ उनले भने ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा मंगलबारै आएको पहिरोमा परी २ जना घाइते भइसकेका छन् । जसमध्ये एकजनाको अवस्था गम्भीर छ । तर, निरन्तर बर्षात भइरहेको र ठाउँठाउँमा पहिरो गएका कारण उद्धारमा पनि समस्या भइरहेको सिडिओ अधिकारीले जानकारी दिए ।
‘पहिरोमा परेर गम्भीर घाइते भएकालाई उद्धार गर्ने काम भइरहेको छ । उनलाई बेनी अस्पताल ल्याउने प्रयास भइरहेको छ,’ सिडिओ अधिकारीले भने, ‘तर, बाटो पूरै अवरुद्ध भएका कारण गाह्रो भइरहेको छ । बाटो फेर्दैफेर्दै ल्याइराखेका छौ ।’
म्याग्दी जिल्लाभर मंगलबारमात्रै १६ घरलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । उनीहरु धौलागिरि र अन्नपूर्ण गाउँपालिकाका परिवार रहेको सिडिओ अधिकारीले जानकारी दिए । ‘जोखिम अझै छ । जहाँजहाँ उच्च जोखिम छ । त्यहाँत्यहाँ सार्दै जाने नीति लिएका छौं,’ उनले भने ।
मनाङ: ६ घर बगायो, प्रहरी कार्यालय नै असुरक्षित
मनाङ सदरमुकाम चामेबजारमा रहेका २ वटा खोलामा बाढी आउँदा चामे बजार नै डुबानमा परेको छ । बाढीले अहिलेसम्मम ६ घर बगाइसकेको जिल्ला प्रहरी कार्यालय मना«का डिएसपी सुवास खड्काले जानकारी दिए ।
डिएसपी खड्काले बजारका घरमात्रै नभएर थुप्रै ससाना पुसलहरु पनि बगाएको जानकारी दिएका छन् । ‘यहाँ ट्रस्ट बनाएर बसेका होटल र र पसलहरु सबै बगाइसक्यो । पानी गरेको प¥यै छ । के गर्ने गर्ने भन्ने स्थिति आयो,’ उनले भने, ‘बेलैमा यहाँका जनतालाई सुरक्षित ठाउँमा सारेको भएर मानवीय क्षति भने भएको छैन ।’
डिएसपी खड्काले २ खोलाबाट आएको बाढीले आफूहरु नै स्थानान्तरण हुनुपर्ने स्थिति आइसकेको बताए । ‘यहाँ भएका सबै जनतालाई माडास्थित कारागारमा पु¥याएका छौं । तर, हामी नै बाढीको मारमा परिसकेका छौं । हामी नै असुरक्षित भइसकेका छौं,’ उनले भने । लगातारको बर्षातबाट आएको बाढीले चामे गाउँपालिका १ तिमाङ खोलाकाृ बेली ब्रिज पनि बगाएको छ । उक्त खोलामै रहेको ३२ किलोवाटको लघुजलविद्युत पनि बाढीले बगाएको डिएसपी खड्काले जानकारी दिए ।
बागलुङमा ५ घर विस्थापित, सबै सडक अवरुद्ध
निरन्तर वर्षासँगै आएको पहिरोले बागलुङको काठेखोला गाउँपालिकामा ५ घर विस्थापित भएका छन् । काठेखोला गाउँपालिका ७ जिरेदीमा पहिरो जाँदा ५ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
सदरमुकाम बागलुङ बजार हुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भाँसिदा घरमाथि पहिरो आएको हो । जिरेदीका चित्रबहादुर कार्कीको घरमाथीबाट पहिरो खसेको वडा अध्यक्ष प्रेम जिसीले जानकारी दिए । पहिरो सोही ठाउँकै बलबहादुर जिसी, कृष्ण जिसी लगायतका घर उच्च जोखिममा छन् ।
पहिरोको जोखिम बढेपछि पीडित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । वर्षा र पहिरो नरोकिएकाले पहिरोले घर पुर्न सक्ने भएकाले विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष लामिछानेले बताए ।
पहिरोले बागलुङ सदरमुकाम र स्थानीय तहबीचको सडक सञ्जाल टुटेको छ । कालीगण्डकी करिडोरको मालढंगामा पहिरोले अवरुद्ध गरेको छ । बागलुङ कुश्मीशेरा सडक, बरेङ सडक, मध्यपहाडी लोकमार्ग र पालिका मुकामहरुबाट वडा कार्यालय तथा गाउँबस्ती जोड्ने सबै सडकको ठाउँ ठाउँमा पहिरो खसेको छ ।
पर्वत: सेतीबेनी बजार डुबानमा, १० घर विस्थापित
कालीगण्डकीमा बाढी आउँदा स्याङजा, र्पत र गुल्मीको सीमानामा पर्ने सेतीवेणी बजार डुबानमा परेको छ । सेतीबेनीमा रहेको स्याङजातर्फको बजार डुबानमा पर्दा १० घर विस्थापित भएका छन् । कालीगण्डकीमा २८ वर्ष यताकै सबैभन्दा उच्च विन्दुमा पानीको सतह पुगेको बताइएको छ ।
कास्की: मादीको हाइड्रोमा करोडौं क्षति
भारी वर्षाका कारण आएको बाढीका कारण कास्कीमा निर्माणाधीन सुपर मादी हाइड्रोपावरमा ठूलो क्षति पु¥याएको छ । मादीमा बहाव बढेका कारण हाइड्रोपावरको मेसिनरी, यन्त्र उपकरण, क्रसर उद्योग सेट, रड आदि बगाएको हाइड्रो सञ्चालक धनराज आचार्यले जानकारी दिए । उनका अनुसार हाइड्रोमा १५ करोड रुपैयाँ बराबर क्षति पु¥याएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->