बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सहस्रधारामा पहिरो पन्छाउँदै स्काभेटर, सडक खुल्न दिनभर लाग्ने

सहस्रधारामा पहिरो पन्छाउँदै स्काभेटर, सडक खुल्न दिनभर लाग्ने


  • ढोरपाटन संवाददाता
  • असार २ २०७८, बुधबार
पहिरो पन्छाउँदै स्काभेटर । तस्विरः तारानाथ आचार्य/ढोरपाटन

बागलुङ, २ असार– पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको बागलुङ पोखरा खण्ड सुचारु गर्ने प्रयास थालिएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ सहस्रधारामा बुधबार बिहानदेखि स्काभेटरको प्रयोग गरेर सडक खुलाउने प्रयास थालिएको हो । पहिरो झरेर अवरुद्ध सडक वर्षा नरोकिँदा खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्ग पहिरोले रोकिएपछि साना सवारीसाधनले वैकल्पिक सडक प्रयोग गर्न थालेका छन् । सहस्रधारामा सडक बन्द भएपछि पाङ हुँदै खुर्कोट निस्किएर आवातजावत हुन थालेका हुन् । अहिले पनि यस क्षेत्रमा भारी वर्षा भइरहेको छ । वर्षासँगै पहिरो पनि निरन्तर झरिरहेको छ । प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीका अनुसार सरकार काम गर्न पाए दिनभरमा पहिरो पन्छाउन सकिन्छ । तर माथीबाट पहिरो नरोकिएकाले स्काभेटरले निरन्तर काम गर्न नपाएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->