बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जलजलामा स्काभेटर खस्यो, चालक घाईते

जलजलामा स्काभेटर खस्यो, चालक घाईते


  • ढोरपाटन संवाददाता
  • असार ४ २०७८, शुक्रबार
तस्विरः बिज्ञानराज शर्माको फेसबुकवालबाट साभार ।

बागलुङ, ४ असार– पर्वतको जलजला गाउँपालिकामा सडक सफा गर्दै गरेको स्काभेटर खसेर दुर्घटना भएको छ । जलजला गाउँपालिका–७ को सल्यानमा स्काभेटर सडकबाट खसेर दुर्घटना हुँदा चालक गोपाल नेपाली घाईते भएको स्थानीयले बताए । बर्षाले क्षती पु¥याएको मिलनचोक सल्यान, घाहाखेत, ठोटनेरी सडक सफा गर्दै गर्दा स्काभेटर सडकदेखी २० मिटर तल खसेको छ । घाईते चालकलाई भई उपचारका लागि बेनि अस्पतालमा ल्याइएको स्थानीय बिज्ञानराज शर्माले बताए । उनका अनुसार घाइते अहिले खतरा मुक्त छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->