बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गैंडाकोटमा अभियान्ताको घरबाट खाद्यान्न बरामद

गैंडाकोटमा अभियान्ताको घरबाट खाद्यान्न बरामद


  • खगेन्द्र पराजुली
  • असार ५ २०७८, शनिबार

नवलपुर, ५ असार – गैंडाकोटबाट प्रहरीले छापा मार्दै खाद्यान्न बरामद गरेको छ । सामाजिक अभियन्ता भनिने गैंडाकोट- ४ की सीता कुँवरको घरबाट प्रहरीले खाद्यान्न बरामद गरेको हो । प्रहरीले अनाधिकृत रुपमा घरमा राखिएको चामल नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले सिडीओ कार्यालयको आदेशमा दाल, चामल, तेल, चिउरा, सोयाबिन लगायतका सामग्री बरामद गरेको छ । कुँवरको घरबाट र उनको छिमेकीको घरमा राखिएको ठाउँबाट प्रहरीले ९८ बोरा चामल, तीन बोरा सोयाविन, ८ कार्टुन खानेतेल, ३ बोरा चिउरा, १ बोरा दाल, १ बोरा भुजा बरामद गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका इन्सपेक्टर लक्ष्मी पाण्डे खनालले बताएकी छन् ।
मानवका लागि मानव सहयोगकी केन्द्र (सभ्यताको घर) चितवनकी अध्यक्ष सीता कुँवरले भने आफूले उक्त सामग्री नारायणी नदी किनारमा रहेका बेवारिसेहरुलाई खुवाउन र भरतपुर महानगरपालिका-१ ठिमुरामा रहेको सभ्यताको घर आश्रममा रहेकाहरुलाई खुवाउन राखिएको बताएकी छन् ।
कुँवरले आवश्यक कागजात जुटाएर खाद्यान्न फिर्ता ल्याउने बताएकी छन् । आफूसँग चामल कहाँबाट ल्याइयो भन्ने सबै प्रमाण रहेको र सस्था दर्ताको प्रमाण सहित चामल फिर्ता ल्याउने कुँवरले बताएकी छन् । भोको पेट भएकालाई खाना खुवाउने चामल सहयोगीहरुमार्फत ल्याईएको र आफुले कुनै गलत काम नगरेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->