बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मुस्ताङको भिडियो ट्वीट गर्दै डब्ल्यूएचओका महानिर्देशकले भने, ‘उनीहरू हिरो हुन्’

मुस्ताङको भिडियो ट्वीट गर्दै डब्ल्यूएचओका महानिर्देशकले भने, ‘उनीहरू हिरो हुन्’


  • ढोरपाटन संवाददाता
  • असार ५ २०७८, शनिबार

पोखरा, ५ असार – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप खोला तारिरहेको भिडिओ ट्विट गर्दै प्रशंसा गरेका छन्। असार १ गते मुस्ताङको छापताङ् खोला बढेपछि स्वास्थ्यकर्मीले पाइपको सहारले ‘भ्याक्सिन क्यारिअर’ तारेका थिए।

सामाजिक संजालमा भाइरल भएको उक्त भिडिओलाई महानिर्देशक टेड्रोसले ट्विट गर्दै स्वास्थ्यकर्मीले यो साहसका साथ जीवनरक्षाका लागि काम गरिरहेको बताएका छन्। तर कतिपय स्थानमा यी नायकहरुले अझै खोप लगाउन नपाएको उनको गुनासो छ। उनीहरुले खोप पाएको छैनन्, के यो जायज छ? भन्ने प्रश्न गर्दै उनले उनीहरुलाई खोप तत्काल लगाउनु पर्ने जिकिर गरेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->