बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

डेडगाउँ-तनहुँ कालीगण्डकी पुल जोखिममा, आवत-जावत बन्द

डेडगाउँ-तनहुँ कालीगण्डकी पुल जोखिममा, आवत-जावत बन्द


  • खगेन्द्र पराजुली
  • असार ६ २०७८, आइतबार

नवलपुर, ६ असार– नवलपुर जिल्लाको पहाडी गाउँपालिका बौदीकालीको सदरमुकाम कावासोतीलगायत प्रदेश राजधानी पोखरासँग यातायात–सम्बन्ध टुटेको छ ।
कालीगण्डकी नदीमाथीको डेडगाउँ र तनहुँ जोड्ने पक्की पुल जोखिममा परेसँगै बौदीकालीवासीको जिल्ला र प्रदेश सदरमुकामसँग सम्वन्ध विच्छेद भएको हो । बाढीले पुलमा क्षति पु¥याएसँगै पुलबाट सवारी साधन वारपार गर्ने अवस्था नरहेको बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले ढोरपाटन दैनिकलाई जानकारी दिएका छन् ।
सुवेदीका अनुसार अघिल्ला वर्षका बर्षात्का समयमा आएका बाढीपहिरोमा निरन्दी र बौदीकाली खोलाबाट गाडी वारपार गर्न नसक्दा नवलपुर सदरमुकामसँग सीधा सम्पर्क टुटेको हुन्थ्यो । तर, कालीगण्डकी पुलबाट तनहुँको भिमादहुँदै मुग्लिङ–नारायणगढको घुमाउरो बाटो हुँदै सदरमुकाम कावासोती पुग्न सकिन्थ्यो । असारको सुरुमै कालीगण्डकीमा आएको भिषण बाढीले त्यो पुल खतरामा परेपछि सबै बाटोहरु बन्द भएको उनले बताए ।
पुलको उत्तरी भागमा निर्माण भएको पुललाई नै टेवा दिने संरचनाको तटबन्ध बाढीले भत्काएर भासिएपछि पुल नै खस्ने अवस्थामा रहेकाले पुलबाट आवत–जावत गर्न रोकिएको सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->