शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ताराखोलाको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रणमा निरन्तर र दीगो विकास कार्यक्रम

ताराखोलाको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रणमा निरन्तर र दीगो विकास कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • असार ७ २०७८, सोमबार

बागलुङ, ७ असार – ताराखोला गाउँपालिकाले कोरोना नियन्त्रण र सुरक्षाका लागि दिगो विकास कार्यक्रम संचालन गर्ने भएको छ । तत्कालका लागि मृत्यु भएकालाई राहत उपलब्ध गराउने, पहिलो लहरमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने योजना अध्यक्ष प्रकाश घर्तीले सुनाए ।
आइतबार सार्वजनिक भएको नीति तथा कार्यक्रममा हाल स्थापित ५ शैयाको अस्पताल तोकिएका सबै मापदण्ड र उपकरण खरिद गरी सुविधा सम्पन्न बनाउने उल्लेख छ । गाउँपालिकाले कोरोना नियन्त्रणलाई दीगो बनाउन सबै बिद्यालयमा जनचेतना शिक्षा संचालन गर्ने, नियमित स्वास्थ्य उपचारमा कोभिड परीक्षणको दायरा बढाउने, कर्मचारी र स्वास्थ्यकर्मीको सुरक्षामा जोड दिएको छ ।
कोरोनासहित नसर्ने रोगहरुको पनि निरन्तर स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गर्ने, सबै स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर बनाएर संचालनमा ल्याउने योजना पनि समावेश छ । निःशुल्क स्वास्थ्य सेवा र बीमालाई प्रभावकारी बनाइने र बिपन्नको लागि गाउँपालिकाले बिमा गरिदिने भएको छ । अर्गल स्वास्थ्य चौकीको निर्माण आगामी आर्थिक वर्षभित्रै सक्ने योजना पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । स्वास्थ्यसँगै शिक्षा, पूर्वाधार लगायतका कार्यक्रमलाई प्राथमिकताका साथ संचालन गर्ने योजना घर्तीले सार्वजनिक गरेका छन् ।

गाउँपालिकाले घरेलु तथा साना उद्योगमार्पmत अधिकतम रोजगारी सिर्जना गर्ने लक्ष नीति तथा कार्यक्रममा जोडेको छ । ‘गरीबसँग उद्योग कार्यक्रम’ संचालन गर्ने योजना नीतिमा उल्लेख छ । ताराखोलाका ढुंगाखानी व्यवस्थित बनाइ सबै उद्योगको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारिने बताइएको छ । साना उद्योगको उपकरण खरिदमा उद्यमीलाई गाउँपालिकाले ऋण सहयोग गर्ने भएको हो ।
घर निर्माण गर्दा अबदेखि ताराखोलामा पनि नक्सा पास गर्नुपर्ने भएको छ । त्यसका लागि गाउँपालिकामा जनशक्ती व्यवस्थापन गर्ने र सबै बस्ती व्यवस्थित बनाउने योजना छ । आगामी आर्थिक बर्षभित्रै कर्मचारी आवास निर्माण सक्ने कार्यक्रम छ । शहीद मार्ग कालोपत्रे गर्न बजेटको जोहो गर्ने, हटियातर्फको सडक पनि छिटो निर्माण सकेर कालोपत्रे गरिनेछ । हाल यी दुवै सडक निर्माणाधिन छन् ।
कृषिलाई व्यवसायिक बनाउने र आयात प्रतिस्थापन गर्न फलफूल, कुखुरापालन, लगायतका पेशा गर्नेलाई ५० प्रतिशत अनुदान दिने नीति बनाइएको छ । सहकारीमार्फत लगानीमा प्रोत्साहन गर्ने, सीप बिकासको कार्यक्रम पनि समावेश छ । गाउँपालिकाले असार १० गते बजेट सार्वजनिक गर्दैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->