आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई करिश्माको १ लाख सहयोग

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई करिश्माको १ लाख सहयोग


  • ढोरपाटन संवाददाता
  • असार ७ २०७८, सोमबार

पोखरा, ७ असार – अभिनेत्री करिश्मा मानन्धरले सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि १ लाख रुपैयाँ सहयोग गर्ने भएकी छन्। उनले सामाजिक सञ्जालमार्फत सहयोगको घोषणा गरेको जानकारी गराएकी हुन्।

‘सिन्धुपाल्चोकको सहयोगको लागि’ भन्दै उनले फेसबुकमा लेखेकी छन्, ‘हिजो भएको मिटिङअनुसार आदरणीय दाइ कृष्ण मल्लको संयोजनमा १० गते सबै कलाकारहरुको तर्फबाट आआफुले सक्ने सहयोग सम्बन्धित निकायलाई हस्तान्तरण गरिने निधो भयेकाले सम्पूर्ण कलाकार साथीहरूलाई यो जानकारी गराएँ।’

अहिले कोरोनाको मारामारिको यो अवस्थामा यो नै सुरक्षित उपाय भएको उल्लखे गर्दै उनले भनेकी छन्, ‘उठेको रकमले कमसेकम उहाँहरूका लागि वर्षाको यो मौसममा ओत लाग्ने छानोको व्यवस्था हुन सकोस्। मेरो तर्फबाट रु. १,००,००० उपलब्ध गराउने जानकारी गराउन चाहन्छु।’

यो समस्या सहभागितामूलक तरिकाबाट मात्रै समाधान हुने सक्ने भएकाले सकेको सहयोग गर्न उनले सबैलाई अनुरोध गरेकी छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->