बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणमा जोड

सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणमा जोड

काठेखोला गाउँपालिकाको नीति तथा कार्यक्रम


  • ढोरपाटन सम्वाददाता
  • असार १० २०७८, बिहिबार

बागलुङ, १० असार– जिल्लाको काठेखोला गाउँपालिकाले सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणमा केन्द्रित नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिका अध्यक्ष अमर थापाले आगामी आ.व.को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ नियन्त्रण तथा रोकथामलाई सामाजिक उत्तरदायित्वसँग जोडेका हुन् ।
गाउँपालिकाले कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्यका पूर्वाधार विकासमा ध्यान दिने भनेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत रकम उपलव्ध गराउने, गाउँपालिका अध्यक्ष गरिव तथा बिपन्न राहत कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
कार्यक्रममार्फत रोकोना महामारीका कारण परिवारका सदस्यका बालबालिकाको पहिचान गरि राहत कार्यक्रममा सहभागि गराईने गाउँपालिका अध्यक्ष थापाले बताए । हिंसा पीडितको उद्धार, गरिबी निवारणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी र जीवन उपयोगी बनाउने नीति समेत गाउँपालिकाले लिएको छ ।
चालु आर्थिक वर्षमा नै पूर्वाधार निर्माणमा अनिवार्य ५० प्रतिशत संरचनाका काम गर्नुपर्ने बाध्यात्मक नीति बनाएको गाउँपालिकाले उक्त कार्यक्रमलाई निरन्तरता दिएको छ । वातावरण संरक्षण र प्रकृतिलाई जोगाउनका लागि पूर्वाधार निर्माणमा वातावरणमैत्री नीति लागु गरिने उल्लेख छ ।
शिक्षा क्षेत्रमा पूर्वाधार, सडक पूर्वाधारमा जोड, सिंचाईका ठुला योजना, झोलुंगे तथा पक्कि पुल निर्माणका लागि संघ र प्रदेशसँग समन्वय गरिने नीति गाउँपालिकाले लिएको छ । कला संस्कृति, खेलकुद र भाषाको संरक्षण र प्रबद्र्धनलाई नीति तथा कार्यक्रममा जोड दिईएको छ । पर्यटन, कृषि र अन्य सामाजिक क्षेत्रलाई समेत समयानुकुल परिवर्तन गर्दै जाने नीति गाउँपालिकाले लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->