पोखरा, १० असार – चालु आर्थिक वर्षमा लक्ष्यको ४५ प्रतिशत मात्रै खर्च गरेको पोखरा महानगपालिकाले आर्थिक वर्ष २०७८÷०८९ को लागि ६ अर्ब २७ करोड ७५ लाखको बजेट पेश गरेको छ । उपमेयर मञ्जुदेवी गुरुङबाट बिहीबार नगरसभामा प्रस्तुत यो बजेट गतवर्षको भन्दा केही लाखले बढी हो ।
गतवर्ष महानगरले चालु आर्थिक वर्ष २०७७÷०७८ मा महानगरले रु. ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैंयाँको बजेट प्रस्तुत गरेको थियो ।यद्यपि, सो बजेटलाई पछि संशोधन गरी बजेट संशोधन गर्ने क्रममा महानगरले आर्थिक वर्ष ०७६।७७ मा प्रस्तावित कुल ५ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बनाएको थियो । उपमेयरबाट प्रस्तुत बजेटमा चालुतर्फ २ अर्ब ९० करोड ९४ लाख अर्थात ४६ दशमलव ४ प्रतिशत, पुँजीगत खर्चतर्फ ३ अर्ब ३६ करोड ८० लाख अर्थात ५३ दशमलव ६ प्रतिशत विनियोजन प्रस्ताव गरिएको छ ।
बजेटको खर्च व्यहोर्ने स्रोतहरुमा संघीय सरकार वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड १६ लाख अर्थात् ४१ प्रतिशत, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट ९ करोड २८ लाख अर्थात १ दशमलव ५ प्रतिशत, संघीय राजश्व बाँडफाँटबाट ३१ करोड २१ लाख ५४ हजार अर्थात् ५ प्रतिशत, प्रदेश सरकार राजश्व बाँडफाँटबाट ६ करोड १८ लाख ७६ हजार अर्थात १ प्रतिशत, आन्तरिक आयबाट २ अर्ब २२ करोड अर्थात ३५ प्रतिशत व्यहोरिने प्रक्षेपण गरिएको छ ।
बजेटमा अपुग हुने १ अर्ब ३ करोड ७५ लाख ९२ हजार सञ्चित मौज्दात र चालु आवको अन्त्यमा बचत हुने रकमबाट व्यहोरिने उपमेयर गुरुङले घोषणा गरिन् । प्रस्तावित बजेटमा नगर कार्यपालिकाको कार्यालयतर्फ ८८ करोड ८६ लाख अथार्त १४ प्रतिशत, सामाजिक विकासतर्फ १२ करोड ७९ लाख ८९ हजार, अर्थात २ प्रतिशत, शिक्षातर्फ १ अर्ब ४२ करोड ८७ लाख ३५ हजार, २२ दशमलव ७.५ प्रतिशत, कृषितर्फ १४ करोड ४९ लाख अर्थात २.३प्रतिशत, स्वास्थ्यतर्फ ४० करोड २२ लाख, ६.४ प्रतिशत, वडा कार्यालयतर्फ ४१ करोड ६० लाख ६.६ प्रतिशत, पूर्वाधारतर्फ २ अर्ब ८६ करोड ९० लाख अर्थात् ४५ दशमलव ७ प्रतिशत प्रस्तावित गरिएको छ ।
चालु आर्थिक वर्ष २०७७÷०७८ मा महानगरले रु. ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैंयाँको बजेट प्रस्तुत गरेको थियो । सो बजेटमा चालु खर्चतर्फ ३ अर्व २० करोड ८४ लाख र पुँजीगत खर्च तर्फ २ अर्व ९८ करोड ८८ लाख विनियोजन गरिएको थियो । बजेटमध्ये प्रशासनिक खर्चमा १ अर्व ५८ करोड ४ लाख र कार्यक्रम खर्चतर्फ ४ अर्व ६१ करोड ६८ लाख छुट्टयाइएको थियो । अर्थात् चालुतर्फ ५२ र पूँजीगततर्फ ४२ प्रशितत बजेट विनियोजित थियो । बजेटमा प्रशासिनक तथा सञ्चालनतर्फ कुल बजेटको २६ प्रतिशत बजेट छुट्याइएको थियो ।





