बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

काठेखोलाको बजेट ५३ करोड : शिक्षा र स्वास्थ्य प्राथमिकतामा

काठेखोलाको बजेट ५३ करोड : शिक्षा र स्वास्थ्य प्राथमिकतामा


  • ढोरपाटन सम्वाददाता
  • असार १० २०७८, बिहिबार

बागलुङ, १० असार– बागलुङको काठेखोला गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५३ करोड ३१ लाख १४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिका उपाध्यक्ष अर्जुन बहादुर क्षेत्रीले शिक्षा, स्वास्थ्य र कृषि तथा रोजगारी प्रबद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिएको बजेट नवौं गाउँसभमा प्रस्तुत गरे ।
सामाजिक विकासका कार्यक्रमको लागि १ करोड ५५ लाख, पूर्वाधार विकासका कार्यक्रमको लागि ३ करोड ११ लाख ७८ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनको लागि ३५ लाख ९७ हजार, सुशासन तथा संस्थागत विकासका लागि ३५ लाख ९७ हजार, आर्थिक विकासका लागि १ करोड ५५ लाख ८९ हजार, वडाका गौरवका आयोजनाका लागि २ करोड ५१ लाख ८२ हजार र सामाजिक बिकास, लक्षित वर्ग, मर्मत सम्हार अन्य भौतिक पूर्वाधार लगायतका शिर्षकमा बजेट बिनियोजन भएको हो ।
गाउँपालिकाले आगामी आ.व.मा करको दायरा फराकिलो बनाउँदै ३२ लाख रुपैयाँ राजश्व संकलनको लक्ष लिएको छभने १ करोड ५० लाख रुपैयाँ चालु आर्थिक बर्षबाट मौजात बजेटमा समाबेश भएको छ । बाँकी सबै स्रोत नेपाल सरकारका बिभिन्न शिर्षक र प्रदेश सरकारका बिभिन्न शिर्षकबाट व्यवस्थापन गनिे उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->