बागलुङ, १० असार– बागलुङको ढोरपाटन नगरपालिकाले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर आगामि आर्थिक बर्षको नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख देवकुमार नेपालीले नीति तथा कार्यक्रम र उपप्रमुख करमती पुनले बजेट सार्वजनिक गरेका हुन् । बिहिबार नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पूर्वाधार र जनशक्तिको व्यवस्थापनलाई बिषेश जोड दिएको छ ।
नगरले आगामी आर्थिक बर्षको लागि ४४ करोड, ६५ लाख, १० हजार रुपैयाँको बजेट ल्याएको हो । शिक्षा, रोजगार, पूर्वाधार निर्माण र पर्यटनलाई समेत महत्वका साथ नीति तथा कार्यक्रममा समाबेश गरिएको छ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ शैयाको प्रदेश स्तरीय अस्पतालमा स्तरोन्नति गरिने नीति प्राथमिकतामा परेको छ ।
‘मेयर स्वास्थ्य कार्यक्रम’अन्तर्गत एक लाखको स्वास्थ्य बीमामा गर्ने कार्यक्रम प्राथमिकतामा परेको छ । सजमा अति विपन्न तथा सिमान्तकृत समुदाय सामाबेश हुने छ । ‘मेयर शैक्षिक सुधार कार्यक्रम’, ‘एक वडाः एक नमूना विद्यालय कार्यक्रम’ लगायतका शिक्षा क्षेत्र सुधारका कार्यक्रम नगरको नीतिम समावेश भएका छन् । सोही अनुसारको बजेटको व्यवस्थापन समेत गरिएको उपप्रमुख पुनले बताईन् । ‘मिडिया मिसन, गन्तव्य ढोरपाटन’ कार्यक्रम पर्यटन प्रबद्र्धनको लागि समाबेश भएको छ । कोभिड–१९ को महामारी रोकथाम भएमा उद्योग तथा व्यापारसँग प्रत्येक वर्ष हुँदै आएको कोजाग्रत पूर्णिमा मेला र जनैपूर्णिमा मेलाको सञ्चालनलाई निरन्तरता दिइने उल्लेख छ ।





