बागलुङ, १० असार – स्थानीय स्रोत र साधनको अधिकतम परिचालन, सहि सदुपयोग र आम जनसहभागिताको माध्यमबाट दीगो विकासमा जोड दिदै उत्पादन वृद्धि गर्ने गरी जिल्लाको जैमिनी नगरपालिकाले बजेट सार्वजनिक गरेको छ । आगामि आर्थिक बर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै नगर उप–प्रमुख लिला रानाले गरिबी नियन्त्रणका लागि सहयोग पुग्नेगरी बजेट तथा कार्यक्रम सार्वजनिक भएको बताए । ६४ करोड १३ लाख ६४ हजार रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको नगरले आर्थिक विकासको माध्यमबाट गरीबी निवारणमा प्रत्यक्ष योगदान पु¥याउने उल्लेख गरेको छ । समग्र नगर क्षेत्रको समानुपातिक र सन्तुलित विकासमा सहयोग पु¥याउने लक्ष रहेको रानाले बताए । स्थानीय स्रोत, साधनको प्रयोग र जनसहभागिताको परिचालनबाट दीगो र वातावरणमैत्री विकासमा सहयोग पु¥याईने रानाले बजेटमा उल्लेख गरेका छन् । योजना तथा बिषयबस्तुका आधारमा बिनियोजन नभएको बजेटले बजेटका उद्देश्यको बारेमा मात्रै प्रष्ट पारेको छ । रोजगारी र स्वरोजगारको विभिन्न अवसर सृजना गरी सम्वृद्धि तर्फ उन्मुख गराउने, सामाजिक समावेशीकरणको माध्यमबाट आर्थिक, सामाजिक क्षेत्रको विकासमा सहयोग पु¥याउने । सहज र आधारभूत सेवा प्रदान गर्न जोड दिने । उद्यमशीलताको प्रवर्धन गरी रोजगारी सृजना गर्ने । गुणस्तरीय शिक्षाको माध्यमबाट सक्षम र उच्च प्रकारको जनशक्ति उत्पादन गर्ने ।
र कोभिड १९ को प्रभावले बैदेशिक रोजगारीबाट फर्केका नागरिकहरुलाई उनीहरुको सिप, क्षमताको अधिकतम उपयोग गरि आयमूलक काममा प्रयोग गर्नेलगायतका उद्देश्य नगरको बजेटमा समावेश छन् ।
पूर्ण पाठ
आदरणीय नगरप्रमुख ज्यु ,
नगर सभा सदस्यज्यूहरु
राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र जनजीविका प्राप्तिको आन्दोलनमा विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात, अज्ञात सहिदहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । राष्ट्रिय स्वाधीनता, स्वाभिमान, लोकतन्त्र, संघीयता, जनजीविका, सुशासन र समृद्धि प्राप्तिको आन्दोलन र क्रान्तिको नेतृत्व गर्ने नेताहरु, नागरिक समाज, सञ्चार जगत र सहभागि जनसमुदायलाई उच्च सम्मान र प्रशंसा गर्दै वधाई र धन्यवाद व्यक्त गर्दछु । लोकतन्त्र, दीगो शान्ति, सुशासन साथै यस क्षेत्रको विकास र समृद्धिको लागि जैमिनी नगरपालिकाको ५ औ बजेट तथा कार्यक्रम प्रस्तुत गर्न यस गरिमामय नवौं नगरसभामा सम्बोधनको लागि उपस्थित भएको छु ।
गत वर्षमा जस्तै यो वर्ष पनि कोभिड १९ को महामारीले विश्व नै आक्रान्त भएकाले हाम्रो नगरपालिका पनि अछुतो रहेन । यो संक्रमण महामारी रोगले अहिले सम्म पोजेटिभ संख्या ३०१ रहे पनि देशका विभिन्न स्थान र विदेशमा दर्जनौ जैमिनीका होनहार नगरिकहरु हामीले गुमाएका छौ, मृतकहरु प्रति भावपुर्ण श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन, आफन्तहरुमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु । यस प्रकोपबाट जनताको जिउ ज्यान जोगाउन अहोरात्र खट्ने स्वास्थ्य कर्मीहरु, महिला स्वास्थ्य स्वयमसेविकाहरु, सुरक्षा कर्मीहरु, शिक्षक कर्मचारीहरु, नागरिक समाज, पार्टी प्रतिनिधिहरु र सम्पुर्ण जनप्रतिनिधिहरु यस पालिकालार्इ उच्च भावनाले स्वास्थ्य सामाग्रीहरु र नगद सहयोग गर्ने विभिन्न संघ संस्थाहरु सवैलार्इ हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछु । यो कोभिड १९ को प्रकोप निस्तेज भइसकेको छैन यसका विरुद्धको स्वास्थ्य सावधानी निरन्तर ख्याल राख्न र अपनाउन अनुरोध गर्दछु, साथै यस माहामारीले यस पालिकाका जनसमुदायमा पर्न गएको दु:ख एवम् समस्या प्रति ऐक्यवद्धता जाहेर गर्दै दु:ख व्यक्त गर्दछु ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था रहेको छ । यी तीन वटै तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रहेको छ । स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय तहमा विधायिकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न स्थानीय सरकार संचालनका लागि स्थानीय सरकार संचालन ऐन २०७४ जारी भई कार्यान्वयनमा रहेको छ । स्थानीय तहमा जनप्रतिनिधिको वहालीसँगै संविधानमा व्यवस्था भएको संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयताको कार्यान्वयन गर्दै स्थानीय सरकार संचालन गर्नुपर्ने अभिभारा जनप्रतिनिधि उपर आएको छ । साथै लोकतान्त्रिक, समावेशी, जवाफदेही, पारदर्शी र प्रभावकारी स्थानीय शासनको अनुभूति जनतालाई गराउने दायित्व पनि निर्वाचित जनप्रतिनिधिमा रहेको छ । यसै सन्दर्भमा आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि स्थानीय सरकारको रुपमा नगरसभामा बजेट प्रस्तुत गर्न पाउँदा अत्यन्त गौरवान्वित भएको छु । लामो संघर्ष पछि नेपाली जनताको चाहना अनुरुप संघीय स्वरुपको समावेशी जनप्रतिनिधिमूलक राज्य प्रणाली स्थापना भएको छ । स्थानीय तहका निर्वाचनबाट लोकतान्त्रिक शासन प्रणाली संस्थागत भएको छ । स्थानीय सरकारलाई राज्यका सम्पूर्ण स्रोत र सामर्थ्यको सदुपयोग गरी विकास र समृद्धिको यात्रामा अविचलित रुपमा अगाडी वढ्न उत्प्रेरणा मिलेको छ ।
स्थानीय सरकार “सम्मृद्ध जैमिनी, सुखी जैमिनी नगरवासी” बनाउने दीर्घकालिन उद्धेश्य अनुरुप आर्थिक, सामाजिक एबं लैङ्गीक समानता तथा सामाजिक समाबेशीकरण समेतको विकासको मौलिक ढाँचामा अघि वढिरहेको छ । उच्च आर्थिक बृद्धिसँगै त्यसको न्यायपूर्ण वितरणबाट सर्वाङ्गिण विकास हासिल गर्न सकिने यस जैमिनी नगरको लक्ष्य रहेको छ । सवै जैमिनीबासी नागरिकका लागि मर्यादित जीवन, स्वच्छ खानेपानी, न्यूनतम खाद्य सुरक्षा, आधारभूत स्वास्थ्य, शिक्षा र घर विहिनहरुलार्इ सुरक्षित आवास सुकुम्वासी समस्या समाधान, भौतिक पूर्वाधारका सम्पूर्ण जगहरुको विकास, आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धन, कृषि र पशुको क्षेत्रमा व्यवसायीकरण गरी उत्पादन वृद्धि र बजारीकरण, विभिन्न प्राविधिक तालिम मार्फत स्थानिय स्तरमै रोजगारी सृजना जस्ता अत्यावश्यक आवश्यकताको परिपूर्ति नै हाम्रो समाजवाद उन्मुख समाज निर्माणको महत्वपुर्ण कदम हो र हुनेछ ।
आदरणीय नगरप्रमुख ज्यु ,
नगर सभा सदस्यज्यूहरु
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमा गर्दा मैले जैमिनी नगरपालिकाको नीति तथा कार्यक्रमको प्राथमिकता अनुसार चालु आवधिक योजना, दीगो विकास लक्ष्य, जैमिनी नगरसभाका सदस्यहरुले दिनुभएका सुझावहरुलाई मार्गदर्शनको रुपमा लिएको छु । राजनीतिक दल, संघसंस्था, विद्धतवर्ग, नागरिक समाज , कर्मचारी, शिक्षक तथा आम नगरवासी दिदीवहिनी दाजुभाईहरुबाट प्राप्त रचनात्मक सुझावहरुलाई समेत ध्यान दिएको छु ।
बजेटका लक्ष्यहरु :–
स्थानीय स्रोत र साधनको अधिकतम परिचालन, सहि सदुपयोग र आम जनसहभागिताको माध्यमबाट दीगो विकासमा जोड दिदै उत्पादन वृद्धि गरि गरिबी न्यूनीकरणमा सहयोग पुर्याउने ।
| बजेटका उद्धेश्य :– | |
| १ | आर्थिक विकासको माध्यमबाट गरीबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने । |
| २ | समग्र नगर क्षेत्रको समानुपातिक र सन्तुलित विकासमा सहयोग पुर्याउने । |
| ३ | स्थानीय स्रोत, साधनको प्रयोग र जनसहभागिताको परिचालनबाट दीगो र वातावरणमैत्री विकासमा सहयोग पुर्याउने । |
| ४ | रोजगारी र स्वरोजगारको विभिन्न अवसर सृजना गरी सम्वृद्धि तर्फ उन्मुख गराउने । |
| ५ | सामाजिक समावेशीकरणको माध्यमबाट आर्थिक, सामाजिक क्षेत्रको विकासमा सहयोग पुर्याउने । |
| ६ | सहज र आधारभूत सेवा प्रदान गर्न जोड दिने । |
| ७ | उद्यमशीलताको प्रवर्धन गरी रोजगारी सृजना गर्ने । |
| ८ | गुणस्तरीय शिक्षाको माध्यमबाट सक्षम र उच्च प्रकारको जनशक्ति उत्पादन गर्ने । |
| ९ | कोभिड १९ को प्रभावले बैदेशिक रोजगारीबाट फर्केका नागरिकहरुलाई उनीहरुको सिप, क्षमताको अधिकतम उपयोग गरि आयमूलक काममा प्रयोग गर्ने । |
| १० | वैदेशिक क्षेत्रमा रहेको श्रम सिप पुँजि र ज्ञानलार्इ नगरपालिका भित्रको संम्भावित लगानीका क्षेत्रमा आर्कषित गर्ने । |
| ११ | दिगो विकासका लक्ष्यहरुलार्इ स्थानीयकरण गर्दै लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने । |
| १२ | भौतिक पुर्वाधार कृषि पशु पर्यटन शिक्षा स्वास्थ्य लगायतका क्षेत्रको सर्वाङ्गिण विकास गरी समृद्ध जैमिनी शुखी जैमिनीको सोचलार्इ हासिल गर्ने आधार तयार गर्ने । |
| बजेटका अपेक्षित उपलब्धीहरु :– | |
| १ | कुश्मिसेरा बजार क्षेत्रको सडक कालोपत्रे गर्ने र नाली निर्माण गर्ने कार्य सम्पन्न भएको हुनेछ । |
| २ | नगरका वडाकेन्द्रमा कम्तीमा सुविधाजनक सडकहरु पुगिसकेका छन र आगामी आ.व.मा दिगो सडक विकास कार्यक्रम मार्फत बाह्रै महिना सहज यातायात सेवा संचालन हुने गरी कार्य भएका हुनेछन । |
| ३ | नगरपालिकाको सहरी विकास गुरुयोजना तयार भै कार्यान्वयन हुनेछ । |
| ३ | जैमिनी नगर प्रवेश गर्ने मुख्य नाकाहरुमा छुट्टै तथा विशेष पहिचान झल्कने क्रियाकलापहरु संचालन गरी जैमिनीको पहिचान दिने कार्य भएको हुनेछ । |
| ४ | कृषि क्षेत्र सँग समबन्धित पकेट / व्लक कार्यक्रमहरुले यस क्षेत्रको विकासमा महत्वपुर्ण योगदान पुर्याउनेछ । |
| ५ | जैमिनी नगरपालिका भित्रका वडाहरुमा व्यक्तिगत तथा व्यवसायिक कृषि तथा पशुपालन गर्ने कृषकको संख्या थप वृद्धि भएको हुनेछ । |
| ६ | उत्पादित कृषि तथा पशुजन्य वस्तुहरुको विक्रि वितरणको लागि आबश्यकता अनुसार कोल्ड स्टोर, चिलिङ भ्याट, संचय केन्द्र र हाट बजार लगायतका कार्य ब्यबस्थित भएको हुनेछ । |
| ७ | विद्यार्थीको सिकाइ उपलब्धी मापनलाई कक्षा ३ कक्षा ५ र कक्षा ८ मा गरी तीन चरणमा नगरस्तरमा संचालन गरिएको हुनेछ । विद्यार्थी संख्याको अनुपातमा धेरै विद्यार्थी एसइइको परीक्षामा वि प्लस वा सो भन्दा माथीको ग्रेड सहित सफल गराइ उत्कृष्ट नतिजा ल्याउन सफल हुने प्रत्येक शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरिएको हुनेछ । |
| ८ | विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान गरि विधालयहरु ब्यबस्थापन भएको हुनेछ । बिद्यालयहरु एकिकरणका लागि कार्यक्रम संचालन गरिने छ । |
| ९ | सवैको लागि शिक्षा, अनिवार्य आवश्यकताको रुपमा अगाडी वढ्नेछ । सवै बालवालिकालाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर मिल्नेछ । कुनै पनि वालवालिकालाई शिक्षाको अवसरबाट वन्चित भएको हुनेछैन । |
| १० | यस वर्षको वजेट वक्तव्य मार्फत संघिय सरकारबाट घोषणा वालविकास केन्द्रका सहजकर्ताहरु र विद्यालय कर्मचारीहरुको तलव भत्ता नर्धारण गरी नपुग रकम स्थानीय तहले व्यहोर्ने भनिएकोमा यस्तो प्रकारको शर्सत अनुदान प्रकृतिको रकम संघिय सरकारबाट नै व्यहोर्ने व्यवस्था हुनु पर्नेमा त्यस्तो नभै झण्डै ५०% रकम स्थानीय तहबाट व्यहोर्ने व्यवस्था संघिय मर्म विपरित देखिएको व्यहोरा संघिय सरकारलार्इ जानाकारी गराउदै विकास निर्माण र अन्य शिर्षकहरुबाट समेत रकम कटौती गरी वाल विकास केन्द्रका सहजकर्ता र विद्यालय कर्मचारीहरुको तलव भत्तामा नगरपालिकाको सामर्थ्यको आधारमा रकम थप हुने भएकोले थप प्रोत्साहन भै प्रभावकारी र गुणस्तरिय कार्य सम्पादन हुनेछ । |
| ११ | नागरिकहरुमा पोषणयुक्त खानेकुरामा चेतना अभिबृद्धि भई व्यवहारिक प्रयोग वढेको पाईनेछ । |
| १२ | नगरस्तरीय उद्योग ग्रामको लागि पूर्वाधार तयार भएको हुनेछ । |
| १३ | नगरस्तरीय पर्यटन प्रोफाइल तयार भै नगर क्षेत्रका संभावित पर्यटकीय स्थलहरुको पुर्वाधार निर्माण तथा प्रचार प्रसारको कार्य भएको हुनेछ । |
| १४ | नगर क्षेत्र भित्र रहेका होमस्टेहरुको क्षमता विकास भर्इ आन्तरीक तथा बाह्यय पर्यटनको आकर्षण बढ्नेछ । |
| १५ | स्थानीय जडीबुटीबाट आयुर्वेद औषधि उत्पादन गर्ने कार्यलाई थप प्रभावकरी बनाईएको हुनेछ । |
| १६ | सहकारी र वित्तीय क्षेत्रबाट वचत संकलन र स–सानो पुजी लगानीको अवसर सृजना भई रोजगारीलाई सहयोग पुग्नेछ । सरल र सस्तो रुपमा कर्जा प्रवाह गर्ने प्रणालीको विकास भएको हुनेछ । |
| १७ | नवजात शिशु मृत्युदर, शिशु मृत्युदर, वालमृत्युदरलाई घटाई औषत आयु वढाउन सहयोग पुग्नेछ, दुर्गम वडाहरुमा स्वास्थ्य शिविर, योग शिविर, महिलाका निमित्त पाठेघर सम्बन्धि स्वास्थ्य कार्यक्रम संचालन हुनेछन । |
| १८ | स्वास्थ्य क्षेत्रको थप प्रवर्धनका लागि औषधी तथा अत्यावस्यक सामाग्रीको ब्यवस्था गरिनेछ । कोभिड १९ लगायत महामारी फैलन नदिन शतर्कता अपनाउँदै आवस्यक तयारी हुनेछ । |
| १९ | स्वास्थ्य संस्थाहरुमा न्यूनतम आवश्यकताका औषधीहरु सहजै उपलब्ध हुनेछ । |
| २० | नगरका सवै वडाहरुमा खानेपानीको न्यूनतम सुविधा उपलब्ध हुनेछ । सवै नागरिकमा सरसफाईको चेतना विकसित भई व्यवहारमा प्रयोग गरेका हुनेछन । घर आँगन, टोल छिमेकमा सरसफाई अभियान तिव्रताका साथ बढेको हुनेछ । |
| २१ | नगरभित्र रहेका कला संस्कृतिको संरक्षण र सम्बर्द्धन हुनेछन् । |
| २२ | लैङ्गीक समानता र सामाजिक समावेशिकरणको माध्यमबाट समाजको सन्तुलित विकासमा विशेष योगदान पुग्नेछ । |
| २३ | नगर तथा वडा स्तरीय खेलमैदानलाई थप सुदृढ गरिएको हुनेछ । |
| २४ | प्रमुख सडकहरुमा मोटरेवल पुल निर्माण गर्ने स्थान पहिचान गरी प्रारम्भिक सर्भेक्षणका लागि आवश्यक आधार तयार भएको हुनेछ । जैमिनी १ जुम्लिखोला र रुम्टा खोलामा यसै वर्ष मोटरेवल पुलको सर्भेक्षण गरीएको हुनेछ । |
| २५ | जैमिनी न.पा. भित्र निर्माणाधिन २ झुलुंगे पुल सम्पन्न भएका हुनेछन ५ वटा झोपूको निर्माण प्रारम्भ गरिने छ । |
| २६ | नगरस्थित खेतीयोग्य भूमीमा साना सिंचाईको माध्यमबाट हिँउदे र वर्षायामको सिचाई सुविधा अधिकांश स्थानमा सम्पन्न भएको हुनेछ । |
| २७ | वडा नं ६ को वडा कार्यालय भवन सम्पन्न हुदैछ नगरको प्रशासकीय भवन निर्माणको कार्य प्रारम्भ हुनेछ । |
| २८ | नगरस्तरमा फोहोर संकलन तथा ब्यबस्थापन गर्ने कार्य थप ब्यबस्थित हुनेछ । |
| २९ | सुरक्षित नागरिक आवास आगामी आ. व. मा पनि संचालन हुनेछ । |
| ३० | सूचना तथा संचार प्रबिधिको क्षेत्रलाई जनताको अधिकारसँग जोडी सहज र सरल सूचना प्राप्त भएको अनुभूति हुनेछ । साथै जैमीनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार एरीयमा फ्रि वाइ फाइ मार्फत इन्टरनेटको पहुँच पुगेको हुनेछ । |
| ३१ | वनलाई आय आर्जनको श्रोतको रुपमा विकास गर्न विभिन्न चेतनामुलक कार्यक्रम सन्चालन हुनेछन । वन क्षेत्रमा अलैंची, अम्रिसो, टिमुर, कीबी, डालेघाँस जस्ता उपयोगी विरुवाहरुको रोपण भएको पाईनेछ । |
| ३२ | जै.न.पा. क्षेत्र भित्र कृषि र पशु क्षेत्रमा गरेको लगानीबाट कृषकको आय स्तरमा थप सुधार भएको हुनेछ । |
| ३३ | घर आँगन टोल र सडक सफा राख्ने घरलाइ पुरस्कृत गरिएको हुनेछ । |
| ३४ | नगरस्तरमा कम्तिमा १ वटा नर्सरी स्थापना गरिएको हुनेछ । |
| ३५ | पहिरो र भूक्षय, नदीकटानको समस्या समाधानका लागि चेतनामुलक कार्यक्रम संचालन भई वृक्षारोपणको कार्य वढेको पाईनेछ । |
| ३६ | रासायनिक मल र विषादिको प्रयोग घटेर प्राङ्गारिक मलको प्रयोग वढेको पाईनेछ । |
| ३७ | नगरपालिकास्थित विभिन्न वडाहरुमा रहेका विभिन्न पोखरीहरुको संरक्षणको कार्य भएको हुनेछ । |
| ३८ | नगरस्तरमा विपद व्यवस्थापन समिति सकृय हुनेछ र विपद व्यवस्थापन कोषको थप प्रभावकारी परिचालन गरिने छ । |
| ३९ | नगरपालिका र प्रत्येक वडा कार्यालयमा नागरिक वडापत्र राखिएको छ । वेवसाइट, मोवाइल एप तथा वडापत्रको माध्यमबाट नागरिकहरुले सूचनाको अधिकार प्राप्त गर्नुका साथै सेवा प्रवाहमा सहज भएको महशुस गर्नेछन । |
| ४० | नगरपालिकाको काम कारवाही र सेवा प्रवाहको सम्बन्धमा प्राप्त गुनासा र उजुरीहरुलाई व्यवस्थित गर्दै गुनासो अभिलेखन तथा व्यवस्थापन प्रभावकारी भै शुसासनको अनुभूति भएको हुनेछ । |
| ४१ | नगरपालिकाका गतिविधिहरुलाई मासिक, त्रैमासिक रुपमा सूचनापाटी, वुलेटिन र वेभसाईटको माध्यमबाट निरन्तर प्रकाशन भएका हुनेछन । |
| ४२ | कर्मचारीहरुको व्यवसायिकताको विकास गर्न कार्यसम्पादन करार, कार्यविवरण, कार्यसम्पादन मुल्याङ्कन, दण्ड र पुरस्कारको व्यवस्था प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याईएको हुनेछ । संगठन तथा ब्यवस्थापन सर्वेक्षण गरी कर्मचारीको उपयुक्त संख्या र जिम्मेवारी प्रदान गरिएको हुनेछ । |
| ४३ | आन्तरिक तथा बार्षिक लेखापरीक्षण, सार्वजनिक परीक्षण, सार्बजनिक सुनुवाई, सामाजिक परिक्षण जस्ता कार्यहरुको प्रभावकारी कार्यान्वयन भएको हुनेछ । |
| ४४ | नगरपालिकाको संस्थागत विकासको लागि कर्मचारीहरुको कार्यविवरण, पदाधिकारी तथा कर्मचारीहरुको आचारसंहिता, संगठन विकास अध्ययन, क्षमता विकास योजना निर्माण गरी लागु भएको हुनेछ । |
| ४५ | कर्मचारी र पदाधिकारीहरुको क्षमता विकासको लागि तालिम, गोष्ठी, सेमिनार संचालनका अतिरिक्त अध्ययन अवलोकन भ्रमण भएको हुनेछ । |
| ४६ | सुकुम्बासी, घरबिहिन, कच्ची टिनका छाप्रा र फुसका घर भएका नागरिकहरुको लागि घर निर्माण एबम् छाना छाउने कार्य आगमी आ.व.मा सम्पन्न गरिनेछ। |
| ४७ | सुरक्षित आप्रवासन परियोजनाबाट बैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधानमा सजिलो हुनेछ । |
| ४८ | प्रधानमन्त्रि रोजगार कार्यक्रमबाट कम्तिमा सुचिकृत ८९० मध्य प्राथमिकरण सूचि अनुसार अल्पकालीन रोजगार प्राप्त गरि विकास निर्माणमा सहयोग पुर्याएका हुनेछन । कार्यक्रममा नपा को साझेदारी हुनेछ । |
| ४९ | प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार रहेका, कोरोनाको कारण रोजगारी गुमेका र बैदेशिक रोजगारीबाट फर्केकालाई पारिश्रमीक सहितको जन सहभागितामुलक र प्रबिधि सहित श्रममुलक विकास निर्माणमा संलग्न भएका हुनेछन् । |
| ५० | जैमिनी नगरपालिकाको न्यायिक समितिबाट सम्पादन हुने सेवा छिटो छरितो र व्यवस्थित भएको अनुभुति हुनेछ । |
| ५१ | आपतकालीन सेवा उपलब्ध गराउनको लागि हेलिप्याड स्थालहरुको निर्माण कार्यहरु अगाडी वढाइएको हुनेछ । |
| ५२ | सुखि जैमिनी समवृद्ध जैमिनीको नारालार्इ सफल पुर्याउन आवश्यक प्रारम्भिक पुर्वाधारहरु तयार हुने छन । |
| बजेट तर्जुमाका आधारहरु :– | |
| १ | नेपालको संविधान |
| २ | स्थानीय सरकार संचालन ऐन, २०७४ |
| ३ | राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ |
| ४ | अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ |
| ५ | संघीय र प्रदेश सरकारले जारी गरेका नीति, कानुन तथा मापदण्डहरु |
| ६ | स्थानीय तहमा बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरण सम्बन्धि निर्देशिका २०७४ |
| ७ | उपलब्ध स्रोत साधन |
| ८ | विकासका अन्तर सम्बन्धित विषयहरु |
| ९ | नगरपालिकाले चालु आ.व.को कार्यसम्पादनबाट सिकेका महत्वपूर्ण सिकाईहरु |
| १० | सहभागितामूलक योजना तर्जुमा प्रकृयाबाट प्राथमिकता प्राप्त भई आएका योजना तथा कार्यक्रमहरु |
| ११ | विषयगत समितिहरुबाट प्राप्त राय, सुझावहरु |
| १२ | नगरपालिकाबाट आगामी आ.व.२०७८।७९ का लागि प्रस्तुत नीति तथा कार्यक्रमहरु |
| बजेट तर्जुमा विधि :– | |
| १ | राजस्व परामर्श समितिबाट राजस्वको श्रोत, दायरा र दर समेतको विश्लेषण गरी राजस्वको अनुमान र दर सिफारिस । |
| २ | स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिबाट आन्तरिक र अन्य स्रोतको अनुमान गरी वडागत र विषय क्षेत्रगत सीमा र मार्गनिर्देशन । |
| ३ | सहभागितात्मक योजना तर्जुमा पद्धति अवलम्बन गरी टोल, समुदाय, वस्ती तथा वडास्तरबाट जनप्रतिनिधि मार्फत योजना तथा कार्यक्रमको छनौट र प्राथमिकीकरण । |
| ४ | नगर स्तरीय विषयगत समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति हुदै कार्यपालिका वैठक मा भएका छलफल तथा भएका निर्णयहरु । |
| योजना तथा कार्यक्रम प्राथमिकताका आधारहरु :– | |
| १ | आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने, |
| २ | उत्पादनमुलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, |
| ३ | जनताको जीवनस्तर, आम्दानी र रोजगारी वढ्ने, |
| ४ | स्थानीय सहभागिता जुट्ने, स्वयं सेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने, |
| ५ | स्थानीय स्रोत साधन र सीपको अधिकतम प्रयोग हुने, |
| ६ | महिला, बालवालिका तथा पिछडिएको क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने, |
| ७ | लैङ्गीक समानता र सामाजिक समावेशीकरणको अभिबृद्धि गरि मूल प्रवाहमा ल्याउने, |
| ८ | दीगो विकास, वातावरणीय संरक्षण तथा प्रवर्द्धन गर्न सघाउ पुर्याउने, |
| ९ | भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिबृद्धिमा सघाउ पु¥याउने, |
| १० | नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच पुर्याउने । |
| ११ | वाह्य श्रोत साधन र पुँजिको आकर्षणमा जोड दिने । |
अध्यक्ष महोदय,
अब म जैमिनी नगरपालिकाको गत आ.व. २०७६।७७ र चालु आ.व.२०७७/७८ को समीक्षा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
जैमिनी नगरपालिका भित्र रहेका बिषयगत क्षेत्र तर्फ हासिल गरेका उपलब्धि विवरणहरु निम्न बमोजिम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
| क. | |
| १ | नगरपालिका क्षत्रभित्र ३७५ किमी भन्दा बढी सडक खुलेको छ | कुल सडक लम्बाईमा ४ किमी बाटो कालोपत्रे भएको छ | नगरपालिका बजार क्षेत्रको केहि भाग सडक कालोपत्रे र ढलान गर्ने कार्य सम्पन्न हुदै छ | नगरपालिका स्थापना देखि हाल सम्मको अबधिमा १३० किमी नया सडक निर्माण, ३१५ किमी सडक मर्मत सुधार तथा संरक्षणका कार्य भएका छन | २ वटा झोलुङ्गे पुलको कार्य सम्पन्न भएको छ | काठको पोललाई फलामे पोल राखी परिबर्तन गर्ने काम अन्तिम चरणमा पुगेको छ | यसै गरि खानेपानी, सिंचाई, भवन लगायतका अन्य विविध भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण उपलव्धिहरु हासिल भएका छन । |
| २ | शैक्षिक गुणस्तर वृद्धिका लागि गरिएका प्रयासहरु बाट कक्षा ८ को विद्यार्थी उत्तीर्ण १००% पुर्याइएको छ । जुन बिगत बर्षको तुलनामा अत्यन्तै बढी हो । |
| ३ | चालु आ.व.मा कक्षा ८-१२ का ६४१२ विद्यार्थीलाई सेनिटरी प्याड वितरण र २३ बिद्यालयमा सो को दिगो व्यबस्थापनका लागि इन्सिनेटर मेसिन र भेन्डीङ मेसिन वितरण गरिएको छ । यसबाट विद्यार्थी नियमितता बढेको छ । |
| ४ | कक्षा ५ सम्मका बालवालिकाका लागि दिवा खाजाको व्यवस्था गरिएको छ । जसले बालबालिकाहरुलाइ शिक्षामा निरन्तरता दिइ सिकाइ उपलव्धी बृद्दी भएको छ । |
| ५ | चालु आ.व.मा ३ वटा सौचालय निर्माण, मा. बि. हरुमा ५ वटा बिज्ञान प्रयोगशाला, २ वटा सूचना प्रबिधि प्रयोगशाला र २ वटा पुस्तकालय निर्माण भएको छ, जसले बिद्यालयको भौतिक पूर्वाधार सवल र गुणस्तरीय सिकाईलाई टेवा पुगेको छ । |
| ६ | यस आ.व. मा सवै मा बि समावेस भइ प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको आयोजना भयो जसबाट विद्यार्थीहरुको स्वस्थता एवम् शारिरिक तन्दुस्ती र खेलकुद प्रति उत्साह बढेको छ । |
| ७ | सार्बजनिक शिक्षाको गुणस्तर सुधार गर्न ८० वटै विद्यालयहरुमा निशुल्क पाठ्यपुस्तक वितरण, दलित तथा छात्रा छात्रवृति वितरण प्राविधिक धारको शान्ती माविमा प्राविधिक धार छात्रवृति वितरण र सवै विद्यालयमा प्रति विद्यार्थी लागत अनुदान वितरण गरिए बाट पहुँचमा बृद्दी र सिकाइ उपलव्धी बढाउन सहयोग पुगेकोछ । |
| ८ | जैमिनी नगरपालिकाको शैक्षिक प्रोफाइल निर्माण, सवै विद्यालयमा विद्यार्थी अभ्यास पुस्तिका वितरण गरिएको जसबाट नगरपालिकाको यथार्थ शैक्षिक अवस्थाको चित्रण हुनेछ । |
| ९ | गत तथा चालु बर्षको यो अबधि सम्म कृषि तथा पशु बिकसको क्षेत्रमा नगर प्रमुख कृषि परियोजना २, नगर पशु परियोजना २ संचालनमा आएका छन नगर क्षेत्रबाट बार्षिक ३ लाख लिटर भन्दा बढी दुध बिक्रि भएको छ भने १५०० भन्दा बढी खसी बोका निर्यात भएको छ | नगर क्षेत्रका बिभिन्न वडामा ६८ वोटा मिनी टेलर वितरण भइ कृषि प्रविधिमा सुधार आएको छ । कम्बाइन मिल, दुध संकलन केन्द्रहरुको लागि मिल क्यान, एनालाइजर, डि फ्रिज, च्याप कटर मेसिन, प्लास्टिक टर्नेल, थोपा टर्नेल, मौरी घार, चेम्सो मेसिन, लगायतका कृषि उपकरण वितरण गरि कृषि तथा पशु बिकास क्षेत्रमा योगदान पुगेको छ । नस्ल सुधारका लागि कृत्रिम गर्भाधान सेवा, नियमित उपचार, भ्याक्सिनेशन, तरकारी बिउ तथा विषादी वितरण कार्य संचालनमा छन | धान व्लक, सुन्तला व्लक एवम् कृषि र पशुका पकेट क्षेत्रहरु मार्फत उत्पादनका क्षेत्रमा उल्लेख्य मात्रामा विस्तार भएको छ । |
| १० | नगरपालिकाबाट निरन्तर रुपमा संचालित खरका छाना विस्थापन कार्यक्रम, घरबार बिहिनहरुका लागि घर निर्माण र सुकुम्बासी समस्या समाधानको क्षेत्रमा हालसम्म ६५% सम्म प्रगति हासिल भएको छ । |
| ११ | स्वास्थ्य कर्मीलार्इ कम्प्युटर तालिम, गर्भवती महिलालार्इ भिडियो एक्सरे सेवा, वर्थिङसेन्टर नभएको स्थानमा वर्थिङ सेन्टर संचालन, नियमित औषधिको व्यवस्थापन र आवश्यक सामाग्रीहरुको व्यवस्था साथै कोभिड १९ अस्थाइ अस्पतालको संचालन र कोभिड जोखिमको प्राथमिकता अनुसार कोभिड खोपको सुरुवात भएको छ । |
| १२ | जैमिनी भित्र तत्काल पहिचान भएका १७ सुकुम्बासी मध्ये १५ परिवारको घर निर्माण कार्य भएको छ, यसै गरि १०५ घर बिहिन मध्ये ९ घर सम्पन्न र १६ घर सम्झौता भइ सम्पन्न हुने चरणमा रहेका छन । आगामी आ.व. भित्र सबै सम्पन्न गर्ने लक्ष्य राखिएको छ | खरका छाना विस्थापन गर्ने कार्यक्रम अन्तर्गत ९९० घर धुरी खरका छाना रहेकोमा ४१३ घरधुरीले कर्कटपाता प्राप्त गरि छाना पक्कि गराउने कार्य सम्पन्न भएको छ । यसै गरी सुरक्षित नागरिक आवास कार्यक्रम तर्फ २३० जनाको घर निर्माण गर्ने कार्यको लक्ष्य रहेकोमा हालम्म ८५ जनाले कार्यालयसँग सम्झौता गरी कार्य अगाडी वढाउनु भएको छ ।
लक्षित वर्गको महिलातर्फ नारि दिवस एवं महिला हिंसा विरुद्धको १६ दिने अभियान एवं दलित तर्फ सचेतनामुलक कार्यक्रम सम्पन्न गरीएको छ । कोरोना महामारीका कारण अन्य कार्यक्रम सम्पन्न गर्न सकिएको छैन । लघु उद्दम कार्यक्रम तर्फ ९० जना ब्यक्तिहरुलाई बिभिन्न फरक फरक सिप प्रदान गरि लघु उद्दम बन्ने कार्य निरन्तर छ । जैमिनी नपा मार्फत ७४ जना अपाङ्ग ब्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको छ । अपाङ्ग तर्फ जिल्लाबाट ४६८ जना अगावै पहिचान भएको संख्या हो दुवै गरि नगरपालिका भित्र ५४२ जना अपाङ्ग ब्यक्तिहरुले परिचय पत्र प्राप्त गर्नु भएकोछ । |
| ख. | |
| १ | आर्थिक बर्ष २०७७/७८ मा वित्तिय समानीकरण, राजस्व बाँडफाड तथा आन्तरिक श्रोत तर्फ प्राप्त जम्मा रकम रु २५२१४३८७२/६२ (पच्चिस करोड एक्काइस लाख त्रिचालिस हजार आठ सय बहहत्तर रुपैया बैसठ्ठी पैसा मात्र) मध्ये चालु शीर्षकमा रु ४,९४,७८,५५४।५० (चार करोड चौरानन्वे लाख अठहत्तर हजार पाँचसय चौवन्न रुपैया पचास पैसा) र पुँजीगत शीर्षकमा रु ७,०९,०१,७०२ (सात कारोड नौ लाख एक हजार सात सय दूइ मात्र) गरी जम्मा रु १२,०३,८०,२५७।३९ (बाह्र करोड तीन लाख असी हजार दुइसय सन्ताउन्न रुपैया पैसा उन्चालिस मात्र) खर्च भएको र चालु आ.व. को अन्त सम्ममा लक्ष्य अनुसार खर्चहुने अनुमान गरिएको छ । |
| २ | स्थानीय पुर्वाधार विकास साझेदारी तर्फ प्राप्त अनुदान रु ७०,००,००० (सत्तरी लाख रुपैया) मध्य रु २३,६०,००० (तेइस लाख साठी हजार मात्र) खर्च भएको छ । चालु आ.व.को असार मसान्त सम्म लक्ष्य अनुसारको खर्च हुने अनुमान छ । |
| ३ | चालु आ.व. २०७७/०७८ मा यस न.पा. लाई बिभिन्न शिर्षकमा ससर्त अनुदान, समपुरक अनुदान, बिशेष अनुदान तर्फ प्राप्त रु ३९,०१,४९,४३० (उन्नचालिस करोड एकलाख उन्पचास हजार चारसय तिस रुपैया) मध्य हाल सम्म चालु तर्फ रु २७,९८,८६,३४८|८३ (सत्ताइस करोड अन्ठानन्वे लाख छियासी हजार तिन सय अठ्चालिस रुपैया तिरासी पैसा मात्र) र पुंजिगत तर्फ रु १,९३,७१,७२६ (एक करोड त्रियानव्वे लाख एकहत्तर हजार सातसय छव्वीस रुपैया मात्र) गरि जम्मा रु २९,९२,५८,०७४|८३ (उन्तिस करोड बयानव्वे लाख अन्ठाउन्न हजार चौरहत्तर रुपैया त्रियासी पैसा मात्र) खर्च भै सकेको छ । चालु आ.व.को असार मसान्त सम्म लक्ष्य अनुसारको खर्च हुने अनुमान छ । |
| ४ | गण्डकी प्रदेश ससर्त अनुदान तर्फ प्राप्त रु ५०,००,००० (पचास लाख रुपैया) मध्ये रु २५,००,००० (पच्चीस लाख रुपैया मात्र) खर्च भइ बाँकी रु २५,००,००० (पच्चीस लाख रुपैया) को श्रोत फुकुवा हुन बाँकी रहेको छ । श्रोत फुकुवा भइ निकासा प्राप्त भएपछि असार मसान्त सम्म खर्चहुने अनुमान गरिएको छ । |
| ५ | चालु आ.व.को लागि आन्तरीक आय तर्फ प्रस्ताब गरिएको रु ७७,००,००० (सतहत्तर लाख रुपैया) मध्ये रु ४७,४२,८८७ (सच्चालिस लाख वयालिस हजार अठ सय सतासी रुपैया) लक्ष्यको ६१.३९% आम्दानी भएको र आ.व.को अन्त्य सम्ममा लक्ष्यअनुसार आम्दानी प्राप्त हुने अपेक्षा गरेको छु । |
| ६ | चालु आ.व. २०७७/०७८ मा प्रकोप ब्यबस्थापन कोष तर्फ यस नपाको बार्षिक कार्यक्रम कार्यपालिकाको निर्णय, गण्डकी प्रदेश सरकार र बिभिन्न संघ संस्था बाट हाल सम्म रु १,२०,८३,७५३ (एक करोड बीस लाख तिरासी हजार सात सय त्रिपन्न रुपैया) आम्दानी भएको छ । उक्त कोषबाट विपद ब्यबस्थापन तर्फ जम्मा रु १९,००,००० (उन्नाइस लाख रुपैया मात्र) खर्च भएको छ । तेसै गरी कोभीड १९ रोकथाम तर्फ जम्मा रु ९९,८२,०६४ (उनान्सय लाख वयासी हजार चौसठ्ठी रुपैया मात्र) खर्च भएको छ । चालु आ.व.को असार मसान्त सम्म लक्ष्य अनुसारको खर्च हुने अनुमान छ । |
अध्यक्ष महोदय,
अव म आगामी आर्थिक वर्ष २०७८।०७९ का लागि बजेटका प्राथमिकता र आय व्यय प्रस्तुत गर्ने अनुमति चाहन्छु।
| १
|
आगामी आर्थिक वर्ष २०७८।०७९ का लागि राजस्व र करका दरहरु फराकिलो बनाउदै रु ८७,००,०००| (सतासी लाख रुपैया) मात्र आम्दानी हुने अनुमान गरेको छु । |
| २
|
कोभिड १९ (कोरोना भाइरस) को माहामारीलाई प्राथमिकता दिर्इ नियन्त्रणको लागि छुट्टै शिर्षकमा बजेट प्रस्ताव गरेकोछु । |
| ३ | शैक्षिक गुणस्तर सुधार र विकासका लागि यथोचीत बजेट प्रस्ताब गरेको छु । |
| ४ | बालविकास केन्द्रका सहजकर्ता र बिद्यालय कर्मचारी हरुका लागि नगरपालिकाको सामर्थ्य अनुसार बजेट बिनियोजन गरेको छ् । |
| ५ | सम्पति कर आगामी आ.व. देखि अनिवार्य गरेकोछु । |
| ६
|
जैमिनी नगरस्तर र वडास्तरमा समेत जैमिनीको गौरव झल्किने आयोजनाहरु प्रस्तावित गरी कार्यान्वयन गर्न बजेट प्रस्ताव गरेकोछु । |
| ७ | कृषि र पशुपालनको क्षेत्रलाई विशेष महत्वका साथ बजेट विनियोजन गरेको छु । |
| ८ | प्रविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरेको छु । |
| ९ | “नगर प्रमुख कृषि परियोजना, नगर प्रमुख पशु परियोजना र “समानुपातिक, निरन्तर समग्र विकास कार्यक्रम”को लागि बजेट विनियोजन गरेकोछु । |
| १० | लागत साझेदारीमा सुन्दर घर, सुन्दर बस्ति, सुन्दर क्षेत्र बिकास कार्यक्रमको लागि बजेट प्रस्ताव गरेको छु | |
| ११ | वडास्तरका दिगो सडक आयोजनाहरुलाई निरन्तरता दिने गरीबजेट प्रस्ताव गरेको छु | |
| १२ | वडा स्तरबाट छनोट गरि दिगो आयोजना संचालन गर्नको लागि आबश्यक बजेट प्रस्ताव गरेको छु । |
| १३ | लागत साझेदारीमा आधारित भइ बिद्यालय ब्यबस्थापन कार्यक्रमलाइ आगामी आ. व. २०७८/०७९ मा समेत निरन्तरता दिनका लागि बजेट प्रस्ताव गरेको छु | |
| १४ | संस्कृति संरक्षण तथा पर्यटन प्रबर्द्धन कार्यक्रमको लागि आबश्यक बजेट ब्यबस्था गरेको छु | |
| १५ | गैर सरकारी संस्थासँगको साझेदारीमा कार्यक्रम संचालन गर्नको लागि आवश्यक बजेट प्रस्ताव गरेको छु । |
| १६ | नगरपालिकाबाट निरन्तररुपमा संचालित खरका छाना विस्थापन, घरबार बिहिनहरुका लागि घर निर्माण र सुकुम्बासी समाधानको क्षेत्रमा पर्याप्त बजेट बिनियोजन गरेको छु । |
| १७ | नगरस्तरका सडक संजालले नछोएका बस्ति तथा केन्द्र जोड्नका लागि बजेट प्रस्ताव गरेको छु । |
| १८ | विपदमा परेकाहरुको लागि राहत बितरण तथा जोखिमको क्षेत्रहरुलाई न्यूनिकरण गर्न विपद व्यवस्थापन कोषमा आवश्यक बजेट व्यवस्था गरेको छु । |
| १९ | संघीय सरकार र प्रदेश सरकारसँग मौज्दात कोषहरुको रकमलाई नगरपालिकासँगको साझेदारीमा कार्यान्वयन गर्न समपुरक कोषमा प्रयाप्त बजेट विनियोजन गरेकोछु । |
| २० | नगर क्षेत्रको आवशयकता लाई ध्यानमा राखी विपद व्यवस्थापन कोष, वडागत मर्मत संम्भार कोषको लागि बजेट बिनियोजन गरेको छु साथै स–साना वडास्तरीय फुटकर योजना र सामाजिक समाबेशिकरणका कार्यक्रमहरु वडाबाटै कार्यान्वयन गर्ने वडागत बजेटमा आबश्यक बजेट प्रस्ताव गरेको छु । |
| २१ | विकासमा जनसहभागिता सुनिश्चता गरी विकास निर्माणमा जनताको अपनत्व विकास गर्न नगरपालिकाले सन्चालन गर्ने प्रबर्धनात्मक कार्यक्रम वाहेक अन्य पुजी निर्माणका कार्यक्रममा उपभोक्ता समितिको नगद एवं श्रम तथा वस्तुगत सहभागिता सुनिश्चित हुने अनुमान गरिएको छ । |
| २२ | नीति तथा कार्यक्रमले उच्च महत्व दिएका विषयहरुलाई आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकासका क्षेत्रमा आवश्यकता अनुसार बजेट विनियोजन गरेकोछु । |
| २३ | प्रस्तावित बजेट वचतका सिद्धान्तका आधारमा तयार गरिएको व्यहोरा जानकारी गराउदछु । |
अध्यक्ष महोदय,
अव म आगामी आर्थिक वर्ष २०७८।०७९ को आय र व्ययको अनुमान प्रस्तुत गर्दछु ।
| आय अनुमान तर्फ:- | |
| १ | चालु वर्ष २०७८।०७९ बाट खर्च नभई मौज्दात हुने रकम रु ३,२५,००,००० (तिन करोड पच्चिस लाख रुपैया मात्र) । |
| २ | संघीय सरकारबाट अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तरगत प्राप्त हुने समानीकरण अनुदान रु १२,०२,००,००० (बाह्र करोड दुइ लाख रुपैया मात्र) । |
| ३ | संघीय सरकार बाट प्राप्त हुने बिशेष अनुदान (घरविहिनहरुका लागि घर निर्माण) रु १,००,००,००० (एक करोड रुपैया मात्र) । |
| ४ | संघीय सरकार बाट प्राप्त हुने समपुरक अनुदान (जैमिनीघाट कुश्मिसेरा टिमुरखोला सडक) रु ६९,००,००० (उन्सत्तरी लाख रुपैया मात्र) । |
| ५ | संघीय सरकारबाट प्राप्त हुने राजस्व वाँडफाँड शिर्षकमा प्राप्त हुने अनुदान रु ८,३८,८०,००० (आठ करोड अठ्तिस लाख असी हजार रुपैया मात्र) । |
| ६ | प्रदेश सरकारबाट अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तरगत प्राप्त हुने समानीकरण अनुदान रु १,३८,८४,००० (एक करोड अठ्तीस लाख चौरासी हजार रुपैया मात्र) । |
| ७ | प्रदेश सरकारबाट प्राप्त हुने राजस्व वाँडफाँड शिर्षकमा प्राप्त हुने अनुदान रु ६७,१०,००० (सतसठ्ठी लाख दस हजार रुपैया मात्र) । |
| ८ | नगरपालिकाको विभिन्न शिर्षकमा आन्तरिक आयबाट प्राप्त हुने रकम रु ८७,००,०००। (सतासी लाख रुपैया मात्र) । |
| ९ | संघीय सरकार/प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान (शिक्षा, स्वास्थ्य,कृषि पशु, झोलुंगे पुल, प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा तथा घटना दर्ता सुदृढिकरण आयोजना, सुरक्षीत आप्रबासन लगायत) जम्मा रु ३५,८६,००,००० (पैतिस करोड छियासी लाख रुपैया मात्र) । |
| १० | गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने समपुरक, विशेष र शसर्त अनुदान तर्फको रकम बजेट पारित हुने मितिसम्म प्राप्त भएमा यस आ. व. को आयमा समावेस गरी बजेट विनियोजन गरीनेछ । |
| ससर्त तथा निसर्त तर्फ कुल जम्मा आय रु ६४,१३,७४,००० (चौसठ्ठी करोड तेह्र लाख चौरहत्तर हजार रुपैया मात्र) । | |
| व्यय तर्फ रु:- | ||||
| १ | संघीय तथा प्रदेश सरकार बाट प्राप्त विभिन्न विषयगत क्षेत्रहरु शिक्षा, कृषि, पशु, स्वास्थ्य, झोलुङ्गे पुल, रोगार प्रवर्द्धन कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रमहरुमा सशर्त अनुदानमा खर्च हुने जम्मा रु ३५,८६,००,००० (पैतिस करोड छियासी लाख रुपैया मात्र) । | |||
| २ | नगरपालिकाको चालु तर्फ विभिन्न शिर्षकमा खर्च हुने रु ९,००,००,००० (नौ करोड रुपैया मात्र) । | |||
| ३ | समपुरक कोष रु २,२२,००,००० (दुइ करोड बाइस लाख रुपैया मात्र) । | |||
| ४ | आर्थिक क्षेत्र रु १,६५,००,००० एक करोड पैँसठी लाख रुपैया मात्र | |||
| ४.१ | कृषि तथा पशु सेवा कार्यक्रम संचालन तर्फ रु १,३४,००,००० | |||
| ४.२ | पर्यटन प्रवर्द्धन तर्फ रु २२,००,००० | |||
| ४.३ | लघु उद्दम तथा ब्यबस्थापन रु २,००,००० | |||
| ४.४ | उद्योग तथा बाणिज्य तर्फ रु ४,००,००० | |||
| ४.५ | सहकारी तथा वित्तिय व्यवस्थापन तर्फ रु ३,००,००० | |||
| ५ | सामाजिक विकास क्षेत्र रु २,०८,००,००० (दुइ करोड आठ लाख रुपैया मात्र) । | |||
| ५.१ | शिक्षा तर्फ रु १,२०,००,००० (बाबिके सहजकर्ता र बि. कर्मचारीको त.भ. रु ७०,००,००० समेत) | |||
| ५.२ | खेलकुद तर्फ रु ५,००,००० | |||
| ५.३ | जनस्वास्थ्य तर्फ रु ३०,२८,००० (महिला स्वयम सेविका रु ८,२८,००० समेत) | |||
| ५.४ | आयुर्वेद तर्फ रु ४,००,००० | |||
| ५.५ | खानेपानी तथा सरसफाइ तर्फ रु ५,००,००० | |||
| ५.६ | संस्कृति प्रवर्द्धन तर्फ रु ४,००,००० | |||
| ५.७ | लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण रु २०,००,००० | |||
| ५.८ | वालमैत्रि स्थानिय शासन कार्यक्रम रु ३,००,००० | |||
| ५.९ | शान्ति दीप बहुमुखी क्याम्पस जोडकोष रु ३,००,००० | |||
| ५.१० | प्राथमिक स्वास्थ्य केन्द्र कुश्मिसेरा रु २,००,००० | |||
| ५.११ | महिला स्वास्थ्य पोषण कार्यक्रम रु ५,००,००० | |||
| ५.१२ | लैङ्गीक उत्तरदायी बजेट परिक्षण कार्यक्रम रु १,००,००० | |||
| ५.१३ | सामाजिक संघ संस्था अनुदान रु २,५०,००० | |||
| ५.१४ | जैमिनी नगरपालिकामा जन्म भइ विशिष्टता हासिल गरेका व्यक्ति सम्मान कार्यक्रम रु १,००,००० | |||
| ५.१५ | धौवलागिरी HIV पोजेटिभ समुह सहयोग रु २५,००० | |||
| ५.१६ | स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्र व्यवस्थापन (नपाका ११ सवै) रु १,९७,००० | |||
| ६ | पूर्वाधार विकास क्षेत्र (क) रु. १,५०,००,००० (एक करोड पचास लाख रुपैया मात्र) । | |||
| ६.१ | नया ट्रयाक खोलि अति आबश्यक बस्ति र केन्द्र जोड्नको लागि सडक तर्फ रु ६७,८०,००० | |||
| ६.२ | नगर स्तरका पक्कि सिंचाई कुलो निर्माण रु ३०,००,००० | |||
| ६.३ | झोपु हेरालु पारिश्रमिक भुक्तानी गर्न रु २,२०,००० | |||
| ६.४ | अन्य पुर्बाधार संग सम्बन्धित प्राथमिकता प्राप्त आयोजनाहरु (भवन निर्माण बिशेष समेत) रु ३०,००,००० | |||
| ६.५ | नगर स्तरका मुख्य सडक मर्मत सुधार रु १०,००,००० | |||
| ६.६ | सुन्दर घर, सुन्दर बस्ती, सुन्दर क्षेत्र कार्यक्रम रु १०,००,००० | |||
| ७ | वन तथा वातावरण तथा विपद व्यवस्थापन क्षेत्र रु ५०,००,००० (पचास लाख रुपैया मात्र) । | |||
| ७.१ | बन भू संरक्षण जल उत्पन्न प्रकोप रु १,००,००० | |||
| ७.२ | बन तथा नर्सरी निर्माण वृक्षारोण रु १,००,००० | |||
| ७.३ | विपद ब्यबस्थापन रु २८,००,००० | |||
| ७.४ | तार जाली खरिद रु १०,००,००० | |||
| ७.५ | फोहोर मैला ब्यबस्थापन रु ५,००,००० | |||
| ७.६ | ल्याण्डफिल साइट पुर्वाधार निर्माण तर्फ रु २,००,००० | |||
| ७.७ | जलाधार संरक्षण, जलबायु परिबर्तन अनुकुलन रु ५०,००० | |||
| ७.८ | विपद जोखिम न्यूनीकरण चेतना मुलक कार्यक्रम रु ५०,००० | |||
| ७.९ | अग्नि नियन्त्रण कार्यक्रम रु २,००,००० | |||
| ८ | सुशासन तथा संस्थागत विकास तर्फ रु. ३०,००,००० (तिस लाख रुपैया मात्र) । | |||
| ८.१ | पत्र पत्रिका तथा संचार माध्यम सुदृढिकरण कार्यक्रम रु २,००,००० | |||
| ८.२ | सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग रु ३,५०,००० | |||
| ८.३ | राजस्व परिचालन कार्यक्रम (IEE समेत) रु ५,००,००० | |||
| ८.४ | सार्बजनिक सुनुवाई कार्यक्रम रु ३,००,००० | |||
| ८.५ | अन्तर निकाय समन्वय रु १,००,००० | |||
| ८.६ | सुसाशन प्रवर्दन सहित छलफल तथा नियमन कार्यक्रम रु ५,००,००० | |||
| ८.७ | अध्ययन अवलोकन भ्रमण रु ३,५०,००० | |||
| ८.८ | लेखा परिक्षण तथा वेरुजु फर्छ्यौट रु १,००,००० | |||
| ८.९ | समुदायमा सचेतनामुलक कार्यक्रम रु २,५०,००० | |||
| ८.१० | कोरोना भाइरस सम्बन्धि सचेतना कार्यक्रम रु २,००,००० | |||
| ८.११ | गुनासो ब्यबस्थापन कार्यक्रम रु ५०,००० | |||
| ८.१२ | वित्तिय उत्तरदायित्व सम्बन्धि तालिम रु १,००,००० | |||
| ९ | समग्र निरन्तर समानुपातिक विकास कार्यक्रम रु ५०,००,००० (पचास लाख रुपैया मात्र) । | |||
| १० | दिगो सडक विकास कार्यक्रम १,३०,००,००० (एक करोड तिस लाख मात्र) । | |||
| ११ | वडागत वजेट रु ३,००,००,००० (तिन करोड रुपैया मात्र) । | |||
| १२ | वडास्तर दिगो आयोजना संचालन रु ६५,००,००० (पैसठ्ठी लाख) । | |||
| १३ | सवारी साधन व्यवस्थापन रु १४,७४,००० (चौध लाख चौरहत्तर हजार रुपैया मात्र) । | |||
| १४ | अ.गैसस, गैसस सहकार्य रु १६,००,००० (सोह्र लाख रुपैया मात्र) । | |||
| १५ | सुरक्षित आप्रवासन परियोजना व्यवस्थापन सहकार्य (परियोजना सँगको सहकार्यमा) रु ४,००,००० (चार लाख) | | |||
| १६ | वडामा भएको मर्मत सम्भार कोष रु ४०,००,००० (चालिस लाख रुपैया मात्र) । | |||
| १७ | नगरस्तरको प्रशासकीय भवन तथा जग्गा व्यवस्थापन रु ८०,००,००० (असी लाख रुपैया मात्र) । | |||
| १८ | कोरोना महामारी रोकथाम कार्यक्रम रु ३०,००,००० (तिस लाख रुपैया मात्र) । | |||
| १९ | कार्यालय पुँजीगत बजेट (मेसिन तथा फुर्निचार) रु २५,००,००० (पचिस लाख मात्र) । | |||
| २० | बिपत ब्यबस्थापन कोष रु १५,००,००० (पन्ध लाख मात्र) । | |||
| २१ | डोजर परिचालन तथा ब्यबस्थापन कार्यक्रम रु १०,००,००० (दश लाख रुपैया मात्र) । | |||
| २२ | फूटकर आयोजना रु १५,००,००० (पन्ध्र लाख रुपैया मात्र) । | |||
| २३ | नगर सुरक्षा सेवा रु १०,००,००० (दश लाख मात्र) । | |||
| २४ | घर बिहिनको लागिआवास कार्यक्रम रु ५०,००,००० (पचास लाख मात्र) । | |||
| २५ | न्यायिक समिति सम्बन्धि बिबिध कर्यक्रम रु ५,००,००० (पाच लाख मात्र) । | |||
| २६ | संघीय सरकार बाट प्राप्त हुने बिशेष अनुदान (घरबार बिहिनका लागि घर निर्माण) रु १,००,००,००० (एक करोड रुपैया मात्र) । | |||
| २७ | संघीय सरकार बाट प्राप्त हुने समपुरक अनुदान (जैमिनीघाट कुश्मिसेरा टिमुर खोला सडक) रु ६९,००,००० (उन्सत्तरी लाख रुपौया मात्र) । | |||
| २८ | खरका छाना विस्थापन कार्यक्रम रु ५०,००,००० (पचास लाख रुपैया मात्र) । | |||
| २९ | सुकुम्बासी समस्या समाधान तथा भुमि आयोग सहजिकरण एवंम समन्वय कार्यक्रम रु २४,००,०००| (चौबिस लाख रुपैया मात्र) । | |||
अध्यक्ष महोदय,
उपरोक्त अनुसार जैमिनी नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८।७९ को लागि आय तर्फ कुल जम्मा रु. ६४,१३,७४,००० (चैसठ्ठी करोड तेह्र लाख चौरहत्तर हजार रुपैया मात्र) र व्यय तर्फ कुल जम्मा रु ६४,१३,७४,००० (चैसठ्ठी करोड तेह्र लाख चौरहत्तर हजार रुपैया मात्र) प्रस्ताव गरेको छु । उल्लेखित बजेटमा गैरसरकारी क्षेत्रको बजेट समावेश गरिएको छैन । यस बजेट तथा कार्यक्रममा अनुमान गरिएको अल्या रकम थप वा घट भएमा कार्यपालिका एवं नगर सभाबाट निर्णय गरी आवश्यक कार्यान्वयन गरीनेछ । माथिका शिर्षकहरुको शिर्षकगत खर्चको विस्तृत विवरण र गैरसरकारी संघसंस्थाको वजेट तथा कार्यक्रम आगामी आ.व.२०७८।०७९ को बार्षिक नगर विकास योजनाको पुस्तिकामा समावेश गर्ने गरी व्यवस्था मिलाएको छु । आगामी आ.व.मा नगरपालिका बाट लगाईने कर, शुल्क, दस्तुरका लागि तयार गरिएको आर्थिक ऐन २०७८ र प्रस्तावित बजेटलाई खर्च गर्नका लागि विनियोजन ऐन २०७८ स्वीकृतिका लागि पेश गरेको छु ।
प्रस्तावित बजेटलाई वडास्तरबाट प्राप्त मागहरुको प्राथमिकता र आवश्यकताको आधारमा महत्वपूर्ण सल्लाह र सुझाव सहित शिर्षकगतरुपमा छलफल गरि पारित गर्नुहुन विश्वास लिएको छु।
बजेट आफैमा तथ्यमा आधारित अनुमान हो । यसको लक्ष्य प्राप्तिका लागि हाम्रो एक्लो प्रयास मात्र सम्भव छैन । तसर्थ राजनैतिक दल, सम्पूर्ण संघसंस्था तथा सम्पूर्ण नगरवासीहरुको सामुहिक प्रयासबाट मात्र यो सम्भव छ । समग्र जैमिनी नगरको विकासबाट समृद्धि प्राप्तिको लक्ष्यलाई ठोस रुपमा अगाडि वढाउदै तर्जुमा भएका योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी र वैज्ञानिक कार्यान्वयन गर्न सवै तिरबाट यथोचित सहयोग हुनेछ भन्ने पूर्ण विश्वस्त छु । प्रस्तुत वजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रकृयामा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण कार्यपालिका सदस्यज्यूहरु, नगरस्थित क्रियाशिल राजनितिक दलहरु, आम सञ्चार जगत, नागरिक समाज, नगरबासी दाजुभाई तथा दिदी वहिनीहरु, प्रमुख प्रशासकीय अधिकृतज्यू लगायत कर्मचारी मित्रहरुलाई धन्यवाद दिन चाहन्छु । जैमिनीको विकास प्रक्रियामा सहयोग उपलब्ध गराउने नेपाल सरकार, दातृ निकाय, सहयोगी संघ संस्था तथा निकायहरु, निजी क्षेत्र प्रति म जैमिनी नगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तररुपमा प्राप्त हुनेछ भन्ने विश्वास गर्दछु ।
लिला राना
नगर उप प्रमुख
“जय जैमिनी, जय नगर सभा”
धन्यवाद ।





