बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गलकोटको लक्ष : आन्तरिक राजश्व करोड बढी संकलन गर्ने

गलकोटको लक्ष : आन्तरिक राजश्व करोड बढी संकलन गर्ने


  • ढोरपाटन सम्वाददाता
  • असार १० २०७८, बिहिबार

बागलुङ, १० असार– जिल्लाको गलकोट नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरमा करको दायरा फराकिलो बनाउँदै झण्डै एक करोड ६० लाख राजश्व संकलनको लक्ष सार्वजनिक गरेको छ ।
सदरमुकाममा रहेको बागलुङ नगरपालिकापछि राजश्व संकलनमा धेरै लक्ष राखेको दोस्रो स्थानीय तह गलकोट नगरपालिका हो । आगामी आर्थिक बर्षको लागि कुल ६१ करोड ७६ लाख ७१ हजार बराबरको बजेट सार्वजनिक गर्दै नगरले उक्त लक्ष सार्वजनिक गरेको हो ।
गलकोटको नवौं नगर सभामा नगरप्रमुख भरत शर्मा गैरेले नीति तथा कार्यक्रम र उपप्रमुख रेनुका काउचाले बजेट सार्वजनिक गरेका हुन् । रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको नगरले बजेटमा राजश्व संकलन र आर्थिक बृद्धिलाई समेत महत्वका साथ संलग्न गरेको हो ।
नगरपालिकाले आर्थिक विकासतर्फ १ करोड ८४ लाख ५० हजार, सामाजिक विकास तर्फ ३ करोड २९ लाख ९० हजार , पूर्वाधार विकासतर्फ ७ करोड १३ लाख सुशासन तथा अन्तरसम्वन्धीत बिषयमा २५ लाख ५० हजार तथा वन वाताबरण तथा विपद् ब्यवस्थापनको लागि ४० लाख ३१ हजार रुपैयाँ विनियोजन भएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरपालिकाको विकासका लागि कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका विविध विषयमा विशेष नीति लिएको छ ।
नगरपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा गलकोट नगरपालिका क्षेत्रका कृषियोग्य स्थानहरुको पहिचान गरि एकगाँउ एकबालीको रुपमा नमुना व्यवसायिक खेती कार्यक्रमलाई प्राथमिकता दिएको छ । नगरपालिकाले कृषि उत्पादनलाई व्यवस्थापन बजारीकरण र सहज रुपमा बिक्री वितरण गर्नको लागि कृषि संकलन केन्द्र वा हाटबजार स्थापना र विकास गर्ने नीति लिएको छ ।
नगरपालिकाले कोभिड–१९ ले सृजना गर्ने रोजगारको समस्यालाई सम्बोधन गर्दै गलकोटनगरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने कार्यमा सघाउ पुर्याउनको लागि नगरबाट भु–उपयोग तथा बाँझो जमिन सम्वन्धि ऐन तथा नियमको व्यवस्था र नगरमा बाँझिएको जमिनको एकिन तथ्यांक संकलन गरी बाँझिएको जमिनको पुनः उपयोग गर्न प्रेरित गर्न नमुना भुमी बैंकको शुरुबाट गर्ने, नगरको पर्यटन सम्बन्धी गुरुयोजना तयार गर्ने, अन्तराष्ट्रिय मुर्तिकला संग्राहलय तथा घुम्टेसम्मको सडक पहुंच आयोजनालाई प्रभावकारी कार्यान्वयन गरी पर्यटन प्रवर्द्धन गर्ने, ढुंगा र तामा खानीको सम्भाव्यता अध्ययन गर्ने, लघु तथा घरेलु उधोग स्थापना र विकास गरी स्वरोजगार सृजना हुने कार्यक्रम संचालन गर्ने निति लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->