बागलुङ, १० असार– बागलुङको तमानखोला गाउँपालिकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रण र स्वास्थ्य प्रणालीमा सुधार, ‘अध्यक्ष फार्मेसी कार्यक्रम’ ‘उपाध्यक्ष सुत्केरी घरभेट कार्यक्रम’ लगायतका महत्वपूर्ण कार्यक्रम समावेश गरेर आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । बिहिबार दशौं गाउँसभमा अध्यक्ष जोकलाल बुढाले नीति तथा कार्यक्रम र उपाध्यक्ष मानसरी शेरचनले बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत छ गाउँसभामा प्रस्तुत भएका नीति तथा कार्यक्रम र बजेटको पूर्ण पाठ ।
तमानखोला गाउँपालिकाको दशौँ गाउँसभामा पेश भएको आर्थिक वर्ष 2078/079 को नीति तथा कार्यक्रम
गाउँसभाका सदस्यज्यूहरु
सबै कर्मचारीहरु, सुरक्षाकर्मी, सञ्चारकर्मी
तथा सम्पूर्ण उपस्थित महानुभावहरु।
- नेपालको संविधानको कार्यान्वयनसँगै तीन तहका सरकार गठन भई देश समृद्धि र विकास तर्फ अगाडी बढिरहेकै समयमा कोभिड-१९को महामारीले सिर्जना गरेको चूनौतीपूर्ण र असहज परिस्थितीका बाबजुद तमानखोला गाउँपालिकाको दशौँ गाउँसभामा आगामी आर्थिक वर्ष 2078/079को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछु ।
- विश्वव्यापी रुपमा देखा परेको कोभिड-१९ ले देशभरीका नागरिकहरुको दैनिक जनजीवनमा प्रतिकुल असर पारिरहेको छ । महामारीको चपेटामा परेर यस गाउँपालिकाका पनि २ जना नागरिकहरुले ज्यान गुमाइसकेका छन् । यस महामारीका कारण ज्यान गुमाएका सबै नागरिकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै कोरोनाबाट संक्रमित सबैजनालाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।संघिय लोकतान्त्रिक गणत्रन्त्रात्मक शासन व्यवस्था स्थापना र सस्थागत गर्दा साहादत प्राप्त गर्नुहुने सम्मानित प्रथम शहिद स्व.क्या.लखन थापा लगाएत सबै परिवर्तनमा ज्यान गुमाउने शहिदहरु प्रति सम्मान तथा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाल र नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न गराउन र समाज परिवर्तनमा अग्रणी नेतृत्वदायी भूमिका निभाउनुभएका शिखर पुरष वि.पि. कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ र नेपालको संविधान निर्माण गर्न र जारी गर्न सफल नेता शुसिल कोइराला प्रति आदर पूर्वक सम्मानका साथ स्मरण गर्न चाहन्छु।नेपालको राजनितिक स्वतन्त्रता,लोकतन्त्र र परिवर्तनको क्रममा विभिन्न जनआन्दोलन, सशस्त्र संघर्ष र जनयुद्धमा वलिदानी, ज्यान गुमाएकाहरु प्रति सम्मान तथा स्मरण गर्न चाहन्छु,वेपत्ता परिवार,पिडित नागरिक प्रति गहिरो सम्मान व्यक्त गर्दछु। साथै सशस्त्र द्बन्दको समयमा सरकार पक्षवाट मारिएका तमानखोला गा.पा. वडा नं. ३ तमानका दुर्गा बहादुर बुढा, प्रेम बहादुर घर्ति, ओमकार बुढा र तमानखोला गा.पा. वडा नं. २ का गंगा बहादुर पुन प्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछु ।मिति २०७७ साल साउन १३ गते तमानखोला गाउँपालिका वडा नं. २ खोलेस्वाङमा पहिरोबाट ज्यान गुमाउने २ जना व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।साथै विश्वभरि फैलिएको कोभिड-19 को महामारीबाट बच्न सम्पूर्ण नागरिकहरूलाई पूर्ण रुपमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न हार्दिक अनुरोध गर्दछु ।
- कोरोना महामारीका विरुद्ध अग्रपङ्तीमा रही सेवारत सबै स्वास्थ्यकर्मी तथा यस अभियानमा खटीएका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, स्वास्थ्य सुरक्षा सँग सम्बन्धित स्वास्थ्य सामग्रीतथा अन्य मानवीय सहयोग गर्ने संघ संस्था तथा नागरिकहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
- जनताको सबैभन्दा नजिकको सरकारको रुपमा स्थानीय तहले काम गर्ने अवसर प्राप्त गरेको सन्दर्भमा स्थानीय तहको निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिप्रति जनअपेक्षा बृद्धि भएको महशुस हामीलाई भएको छ । निर्वाचनका क्रममा तमानखोला गाउँपालिकाको समग्र विकासका लागि जनतासँग गरिएका प्रतिवद्धताहरुलाई कार्यान्वयन गर्न हामीसँग उपलब्ध सीमित श्रोत साधन, जनशक्ति, अफ्ठ्याराहरु, संक्रमणकालीन कानून र विषयगत निकायहरुको समायोजन र संचालनका जटिलताका कारण हामीले सोचे जस्तो गतिमा अघि बढ्न धेरै चुनौतीहरु देखा परेका छन् ।हाम्रो गाउँपालिका अन्य पालिका भन्दा दुर्गम तथा जटिल भुगोल हुनु, छरिएका वस्तीहरु हुनु, इमेल इन्टरनेटको सहज पहुँच नहुनु, बैदेशिक रोजगार तथा शहरकेन्द्रीत मानसिकताले गाउँघरमा युवापुस्ता न्युन हुनु तथा नेपालको संविधानले व्यवस्था गरेको संघीयताकार्यन्वयन गर्दा तीन तहको सरकार विच सहकार्य,सहअतिस्व समन्वयमा र अधिकार बारे प्रष्ट नहुदा अन्योलमा रहेको अवस्था भएकोले सोचे अनुसार काम गर्न नसकिएको व्यहोरा अवगत समेत यस सभालाई गराउन चाहन्छु । यसका बाबजुद पनि हामीहरुले यस पालिका भित्रका सवै वडाहरुका सवै वस्तीहरुमा मोटरवाटो पुर्याउनु, स्वास्थ्य चौकी नभएका तीन वडाहरुमा आधारभुत प्राथमिक स्वास्थ्य केन्द्रर स्वास्थ्य संस्था पुग्न एक घण्टा भन्दा बढी समयलाग्ने तीन वटा टोल÷समुदायमा सामुदायिक स्वास्थ्य इकाई तथा प्राथमिक उपचार परामर्श केन्द्र स्थापना गरि आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनु, तथा पालिका भित्रमा बालकक्षा र २१विद्यालयमा कम्प्युटर शिक्षक सहित ४८ जना पालिकाको स्रोतवाट व्यवस्थापन तथा विद्यालयका आधारभुत पूर्वाधार निर्माण गरि शिक्षालाई थप व्यवस्थीत तथा प्रभावकारी गराइनु,पर्यटन, कृषि, पशु, विद्युत, प्राकृतिक स्रोत परिचालन लगायत धैरै जनताहरुलाई खानेपानि, स्वास्थ्य सरसफाईको पहुचँमा पूयाउनु, सामाजिक विकृति तथा विसंगती न्युनिकरणका लागी गरिएका प्रयासहरु निकै सान्दर्भिक तथा उल्लेख गर्न लायक छन,यस्ता कार्यहरुमा सहयोग पूर्याउनुहुने सम्पूर्णमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु र आउने दिनमा पनि आम जनतासँग गरेका प्रतिवद्धताप्रति सदैव प्रतिवद्ध रहने छौँ भन्ने कुरा विश्वास दिलाउन चाहन्छु ।
गाउँसभा सदस्यज्यूहरु
- तमानखोला गाउँपालिका साविकका तीन गा.वि.स.हरु बोङ्गादोभान, तमान र खुंखानी समावेश भई बनेको गाउँपालिका हो ।पश्चिम बागलुङमा रहेको र कठिन भौगोलिक अवस्थिति रहेको यो गाउँपालिका ग्रामिण चरित्र बोकेको विविधतायुक्त र अत्यन्त सबल सम्भावना भएको गाउँपालिकाको रुपमा रहेको छ । विशेष गरी जनताका प्राथमिक आवश्यकताहरुलाई ध्यानमा राख्दै निशुल्क शिक्षा र आधारभुत स्वास्थ्यमा जोड दिई कार्यक्रम संचालन गर्नु, पुर्वाधारका कामहरु अगाडी बढाउनु, एक घर एक धाराको अवधारणालाई कार्यान्वयन गर्नु र सबै नागरिकमा यातायातको सहज पहुँच पुर्याउनका लागि विकासका क्रियाकलापहरु संचालन गर्नु जनताका सुख सुविधालाई ध्यानमा राखी पछाडी परेका वर्ग र क्षेत्रलाई समेट्नु गाउँपालिकाले सुरुवाती समय देखिनै प्राथमिकता दिदै आएका विषयहरु हुन् ।
गाउँसभा सदस्यज्यूहरु
- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९को दोस्रो लहरका कारण विश्वनै आक्रान्त भैरहेको बेला यस महामारीबाट गाउँबासीको जिउ ज्यानको संरक्षण गर्नु गाउँपालिकाको प्रमुख दायित्व भएको हुँदा कोभिड-१९ रोकथाम तथा नियन्त्रणलाई आ.ब. ०७८/०७९मा पनि विशेष प्राथमिकतामा राखिएको छ ।त्यसै गरी गाउँबासीको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि खोप तथा पोषण कार्यक्रमलाई निरन्तरता,स्वास्थ्य संस्थाहरुमा जनशक्ति र पुर्वाधारको व्यवस्थापन, स्वास्थ्य संस्थाहरु मा संचालित ल्यावहरुको स्तरोन्नती, स्वास्थ्य संस्थामा फार्मेसी सेवा संचालन, एम्बुलेन्स खरिद् जस्ता कार्यक्रममा जोड दिइएको छ ।यसै गरी सुचना प्रविधिमैत्री शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयहरुमा ईन्टरनेट जडान, वैकल्पिक सिकई सहजीकरणका, अध्यक्ष पुस्तकालय कार्यक्रम तथा विद्यार्थीको क्षमता अभिवृद्धी तथा प्रतिभा प्रस्फुटनका लागि गाउँपालिका अध्यक्ष कप, कार्यक्रम उदघोषण तालिम लगायतका कार्यक्रमहरु समावेश गरिएको छ । त्यसैगरी तमानखोला गाउँपालिकाको प्रमुख पेशा कृषि तथा पशुपालन रहेको हुँदा कृषि तथा पशुपालन पेशालाई सम्मानजनक पेशाको रुपमा स्थापित गरी आयआर्जनको दरिलो माध्यम बनाउन कृषि उत्पादन तथा उत्पादकत्व बढाउन व्यावसायिक कृषि तथा पशुपालन सम्बन्धि तालिम, उन्नत जातका बीउ तथा बिरुवा वितरण, नश्ल सुधार कार्यक्रम लाई प्राथमिकतामा राखि बजेट विनियोजन गरिएको छ । यसैगरी खानेपानीको सहज आपुर्ती गर्न एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिई अन्य संस्थाहरुसँगको सहकार्यमा खानेपानी योजना निर्माण तथा सञ्चालनलाई निरन्तरता दिइएको छ । यसैगरी रोजगारीका अवसरको सृजना हुने गरी दिगो, सन्तुलित एवम् समावेशी विकासका अवधारणा अनुरुपका योजनाहरुलाई प्राथमिकतामा राखिएको छ ।
गाउँसभा सदस्यज्यूहरु
अब म तमानखोला गाउँपालिकाको आ.ब. 078/079 को नीति तथा कार्यक्रम तर्जुमा गर्दा लिइएका आधारहरु प्रस्तुत गर्दछु ।
- नेपालको संविधानको प्रस्तावना, मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु, स्थानीय आर्थिक कार्यप्रणाली एवं स्थानीय तहका एकल तथा साझा अधिकार सूची,
- संघीय सरकारको आवधिक योजनाले लिएका नीति तथा प्राथमिकताहरु
- संघीय सरकारले अवलम्बन गरेका आर्थिक तथा वित्तीय नीतिहरु,
- प्रदेश सरकारले लिएका आर्थिक एवं वित्तीय नीतिहरु,
- स्थानीय तहको आवधिक योजनाले तय गरेका प्राथमिकताहरु,
- स्थानीय सरकार संचालन ऐन तथा अन्य कानूनी प्रावधानहरु,
- स्थानीय तहका क्षेत्रगत नीति, रणनीतिहरु, योजना तथा अध्ययन प्रतिवेदनहरु,
- दिगो विकासका लक्ष्यहरु
- विकासका समसामयिक मुद्दाहरुM कोभिड-19 रोकथाम, नियन्त्रण तथा उपचार, सामाजिक संरक्षण, दिगो विकास, जलवायु परिवर्तन,विपद् व्यवस्थापन, पोषण सुरक्षा, लैङ्गीक सशक्तिकरण तथा समावेशी विकास, बालमैत्री स्थानीय शासन , वातावरणमैत्री स्थानीय शासन, खुला दिशामुक्त तथा पुर्ण सरसफाई, उर्जा सङ्कट लगायत अन्तर सम्बन्धित विषयहरु,
- निर्वाचनको क्रममा जारी गरिएको निर्वाचन घोषणापत्रहरु,
- तमानखोला गाउँपालिकाले आवश्यक ठानेका अन्य बिषयहरु ।
गाउँसभासदस्यज्यूहरुM
अब म तमानखोला गाउँपालिकाको आ.ब. २०७८/०७९ को नीति तथा कार्यक्रम तर्जुमाका प्राथमिकताहरु उल्लेख गर्न चाहन्छु ।
- सामाजिक विकास (स्वास्थ्य र शिक्षा)
- आर्थिक विकास (कृषि, पशुपालन, सहकारी, घरेलु तथा लघुउद्यम, पर्यटन)
- पुर्वाधार विकास
- नीतिगत, कानुनी एवं संरचनागत विकास
- सार्वजनिक सेवाप्रवाहमा सुधार र सार्वजनिक खर्चमा वित्तीय अनुशासन र पारदर्शिता
- लक्षित वर्गको हित संरक्षण, सशक्तिकरण र क्षमता विकास
- ऐतिहासिक सम्पदा एवं पर्यटकीय स्थलहरुको संरक्षण र प्रवर्धन
- सरसफाई र वातावरणीय स्वच्छता अभिबृद्धि
- वन वातावरण तथा विपद् व्यवस्थापन
- अन्य सरकारी निकाय, गैर सरकारी संघ संस्थाहरुसँग समन्वय र सहकार्य
आदरणीय महानुभावहरु
अब म तमानखोला गाउँपालिकाले लिएका विभिन्न क्षेत्रगत नीतिहरुलाई संक्षिप्त रुपमा प्रस्तुत गर्न चाहन्छु ।
- सामाजिक विकास
- शिक्षा युवा तथा खेलकुद
- “बालबालिकालाई झिकाऔ, टिकाऔ र सिकाऔ” भन्ने मूल वाक्यका साथ प्रारम्भिक बालविकासको अनुभव सहित कक्षा १ मा बालबालिकाको भर्ना अनिवार्य गर्न सञ्चालनमा रहेका बालविकास केन्द्रलाई निरन्तरता दिदै यसै वर्ष देखि थप १ वटा बालविकास केन्द्र स्थापना गरिनेछ । साथै बालविकास सहजकर्तालाई नेपाल सरकारको बजेट बक्तव्यमा उल्लेख भएबमोजिमको सेवा सुविधा उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरनेछ ।
- “हाम्रो पालिका हाम्रो गाउँ सबै बालबालिका विद्यालय पुर्याऔँ” शिक्षाको उज्यालो घामबाट कोही पनि बालबालिका बञ्चित हुन नपरोस् भन्ने मूख्य उद्देश्यका साथ नि:शुल्क, सहज र सर्वशुलभ शिक्षा प्रदान गर्नका लागि गाउँपालिका करार शिक्षकलाई निरन्तरता दिइनेछ ।
- विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको कार्यप्रकृयामा सक्रियता ल्याई मनोबल बढाउन यसै आर्थिक वर्षदेखि नेपाल सरकारको न्युनतम पारिश्रमिक संग मेल खानेगरि सुविधा उपलब्ध गराइनेछ ।
- “जहाँ विद्यार्थी तहाँ शिक्षक” अभियानलाई प्रभावकारी बनाउन विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान, विद्यालयलाई समायोजन र कक्षा घटाउने नीति अवलम्बन गरिनेछ ।
- “प्रविधियुक्त शिक्षा, बालमैत्री शिक्षा, गुणस्तरिय शिक्षा, विद्यालयको भौतिक पुर्वाधार तमानखोला शिक्षा विकासका चार आधार” भन्ने आदर्श वाक्यलाई आत्मसात गर्दै यसै आर्थिक वर्ष देखि विद्यालयलाई प्रविधियुक्त बनाउन प्रत्येक विद्यालयमा ईन्टरनेट पहुँच विस्तार, विद्यालयमा कम्प्युटर लगायतका उपकरण र “एक प्रध्यानाध्यापक एक ल्यापटप” को व्यवस्था, बालविकास सहजकर्तालाई बालमनोविज्ञान सम्बन्धि तालिम, शिक्षकको क्षमता विकासका लागि शिक्षक पेशागत तथा क्षमता अभिवृद्धि तालिम, कम्प्युटर शिक्षक र विद्यालय लेखा कर्मचारीलाई विद्यालय प्रशासन सम्बन्धि तालिम र विद्यालयलाई भौतिक पुर्वाधार सम्पन्न बनाउँदै लगिनेछ ।
- कोभिड-19 जस्ता महामारी र विषम् परिस्थितिको बेलामा पनि शैक्षिक गतिमा क्षति नपुगोस भन्ने मूल अभिप्रायले वैकल्पिक माध्यमबाट सिकाई सहजीकरण गरी विद्यार्थीको सकाइलाई निरन्तरता दिइनेछ ।
- विद्यालयमा सबै बालबालिकालाई स्वस्थ राख्न उनीहरुको स्वास्थ्य चेकजाँच गर्न प्रत्येक विद्यालयमा ज्वरो नाप्ने थर्मल गन, तौल नाप्ने यन्त्र, प्राथमिक उपचार बाकस र स्वास्थय सामाग्रीको व्यवस्था गरिनेछ ।
- “विद्यालय विकास मेरो प्रतिबद्धता सक्रिय सहभागीता र पारदर्शिता” भन्ने मूल वाक्यलाई आत्मसात गर्दै विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यलाई प्रभावकारी बानाउने यसै आर्थिक वर्षदेखि सम्पूर्ण विद्यालय प्रधानाध्यापकका लागि प्रोत्साहन कार्यक्रम संचालन गरिनेछ ।
- आधारभुत तह उतीर्ण परिक्षामा ५०% विद्यार्थी उतीर्ण गराउन नसक्ने विषयगत शिक्षकलाई पहिलो पटक त्यस्तो भए चेतावनी दिने त्यसपछि पनि त्यस्तै भए क्रमश तलब घटाउने वा रोक्का गर्ने नीति अवलम्बन गरिनेछ ।
- गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्न यस पालिका भित्रका सम्पूर्ण बालबालिकाहरुलाई बालमैत्री पालिका घोषणाका सूचक बमोजिम न्युनतम सेवा, सुविधा र संरक्षणका कार्यक्रम सञ्चालन गरिनेछ ।
- शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै शिक्षा प्रशासनलाई व्यवस्थित गर्नका लागि तमानखोला गाउँपालिकाको शिक्षा ऐन तथा नियमावली, 2075 लाई आवश्यक संसोधन गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
- गाउँपालिका भित्र कम्तिमा एक नमूना विद्यालय स्थापनाका लागि आवश्यक पहल गरिनेछ ।
- परम्परागत सीपलाई आधुनिक सीपमा विकास गर्न, परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषि प्रणालीमा रुपान्तरण गर्ने ज्ञान सीपको विकास गर्न “एक विद्यार्थी एक सीप, एक विद्यालय एक उत्पादन” कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- विद्यालय शिक्षालाई केबल कक्षा चढ्ने र चढाउने मात्र नभई यसलाई श्रम र उत्पादनसँग जोडी जीवन उपयोगी र व्यवहारिक बनाउन विद्यार्थीलाई स्थानीय विषयवस्तुको ज्ञान दिलाउन स्थानीय पाठ्यक्रम कार्यान्वयन, स्थानीय विषयको पाठ्यपुस्तक, सन्दर्भ सामग्री निर्माण र विकास गरि यसै शैक्षिक सत्रबाट कक्षा १ मा पठनपाठन गरिनेछ ।
- “तामनखोलको संस्कृति र सम्पदा हाम्रो सान हाम्रो पहिचान” भन्ने वाक्यलाई आत्मसाथ गर्दै गाउँपालिकाका संस्कृति, सम्पदा र ऐतिहासिक स्थललाई यत्रतत्र सर्वत्र परिचित गराई स्थानीय तथा राष्ट्रिय स्तरमा चिनाउन गाउँपालिका गान निर्माण गरिनेछ ।
- “विद्यार्थी प्रतिभा पहिचान खोजी र सम्मान” भन्ने मूल सिद्धान्तका साथ सुरुवात गरिएको गाउँपालिका अध्यक्ष कप प्रतियोगितालाई नियमितता दिइनेछ ।
- सबै सामुदायिक विद्यालयमा जङ्क फुड निषेधित क्षेत्र घोषणा गरि कक्षा ५ सम्मका बालबालिकालाई विद्यालयमै दिवा खाजाको व्यवस्था गर्न “एक विद्यालय एक क्यान्टिन” र कक्षा ५ भन्दा माथिका बालबालिकालाई “एक विद्यार्थी एक हटकेश” कार्यक्रम सञ्चालन गरिनेछ ।
- कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने सामुदायिक विद्यालयका सबै छात्राहरु विद्यालयमा निरन्तर गरि उनीहरुको पठनपाठनमा सहजता ल्याउनका लागि “Sanitary Pad” को व्यवस्था गरिनेछ ।
- तमानखोला गाउँपालिका अन्तर्गतका विद्यालयमा नेपाल सरकारद्धारा स्वीकृत शिक्षक दरबन्दीमा यसै गाउँपालिका भित्रका शिक्षक नियुक्त गरि पठन पाठन गर्न पाइयोस भन्ने लक्ष्यका साथ शिक्षा सेवा आयोगले लिने परिक्षाका लागि “शिक्षक सेवा आयोग तयारी कक्षा” सञ्चालन गरिनेछ ।
- “शिक्षण पेशाप्रति सम्मान र शिक्षक पहिचान” झल्काउन यस पालिका भित्रका प्रत्येक शिक्षकका लागि शिक्षक परिचयपत्र निर्माण गरि वितरण गरिनेछ ।
- शिक्षकको शिक्षण सिकाइलाई योजनावद्ध र प्रभावकारी बनाउन र विद्यार्थीको गृहकार्य नगर्ने गरिपाटी हटाउन शिक्षकका लागि Lesson Plan Diary र विद्यार्थीका लागि Homework Diary को व्यवस्था गरिनेछ ।
- गाउँपालिका भित्रका विद्यालयमा शिक्षण सिकाईमा एकरुपता ल्याउन तोकिएको पाठ तोकिएको समयमा शिक्षण गर्नका लागि शैक्षिक पात्रो निर्माण गरि सोही अनुरुप शिक्षण गर्ने व्यवस्था गरिनेछ ।
- उत्कृष्ट शिक्षण गर्ने शिक्षकलाई सिकाई उपलब्धी कमजोर भएका विद्यालयमा शिक्षण गर्न लगाई अन्तर विद्यालय शिक्षण सिकाई सञ्चालन गरिनेछ ।
- ” हामी कहाँ छौँ कहा पुग्ने हो र कसरी पुग्ने हो” भन्ने मार्गचित्रलाई आत्मसाथ गर्दै दिगो र दिर्घकालिन लक्ष्यका साथ गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिनेछ ।
- विद्यालय अनुगमन, मूल्याङ्कन तथा सत्यापान कार्यविधिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
- आधारभुत तथा माध्यामिक निशुल्क परिक्षा सञ्चालन, अन्तर विद्यालय केन्द्राध्यक्ष, उत्कृष्ट विद्यालय, उत्कृष्ट विषय शिक्षक उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- “एक विद्यालय एक पुस्तकालय” निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अध्यक्ष पुस्तकालय कार्यक्रम यस वर्ष श्री शान्ति मा.वि. मा स्थापना गरिनेछ ।
- विद्यालयका शिक्षक, विद्यार्थी अभिभावकका वास्तविक समस्या नजिकबाट बुझ्न र उनीहरुका समस्या समाधानका उपायहरुको खोजी गर्न प्रत्येक विद्यालयमा “गाउँपालिका अध्यक्षसँग मेरा कुरा” कार्यक्रम सञ्चालन गरिनेछ ।
- “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सञ्चालन गरिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थित गर्न थप बजेटको व्यवसथा गरिनेछ ।
- वर्षको ३ पटक असल शिक्षक, असल विद्यार्थी असल अभिभावक, पहिचान गरि पुरस्कृत गरिनेछ ।
- “रमाईलो पढाई दिगो सिकाई” कार्यक्रम सञ्चालन गरिने जसका लागि प्रत्येक विद्यालयको प्रत्येक कक्षामा बुक कर्नर स्थापना गरिनेछ ।
- विद्यार्थीको पठन सीपको विकास, साहित्यीक सृजना अध्ययन र वाचन, शैक्षिक सामग्री निर्माण र प्रदर्शन गर्न ” पढाई मेला आयोजना गरिनेछ ।
- विद्यालयको कक्षाकोठा छापामय बनाउन साथै सिकाईमा विद्यार्थीको ठोस धारणा बसाली विद्यालयको शैक्षिक गुणस्तर उकास्न प्रत्येक विद्यालयमा “एक विद्यालय एक सिकाई सामग्री” वितरण कार्यक्रम सञ्चालन गरिनेछ ।
- गरिब तथा जेहन्दार विद्यार्थीका लागि स्थापना गरिएको जेहन्दार छात्रवृत्ति कोषलाई निरन्तरता दिइनेछ ।
- छरिएर रहेका बस्तीको कारण विद्यार्थीको सिकाईमा आउने समस्या हटाउन घर र विद्यालयको भौगोलिक दुरीका आधारमा विद्यालयको वार्षिक परिक्षाको समयमा विद्यार्थीलाई छात्रवासको व्यवस्था गरिनेछ ।
- शिक्षक र विद्यार्थीका लुकेर रहेका प्रतिभाको उजागर गर्न “प्रतिभाको खोजी” कार्यक्रम सञ्चालन गरिनेछ ।
- किशोर किशोरीमा देखापर्ने शारिरीक, मानसिक, संवेगात्मक, नैतिक समस्या समाधान गर्न उनीहरुका लागि ” छात्रा छात्रका कुरा उपाध्यक्षसँग” कार्यक्रम सञ्चालन गरिनेछ ।
- आर्थिक अभावका कारण शैक्षिक भ्रमणबाट वञ्चित बालबालिकाको समस्या समाधान गर्न विद्यार्थी शैक्षिक भ्रमणको व्यवस्था गरिनेछ ।
- बालबालिका तथा किशोर किशोरीहरुलाई शारिरीक तथा मानसिक रुपमा स्वस्थ बनाईराख्न माध्यामिक तहका विद्यार्थीहरुका लागि योग तथा मनोपरामर्श कार्यक्रम सञ्चालन गरिनेछ ।
- बेरोजगार युवाहरुलाई मागमा आधारित सीपमूलक तालिमको व्यवस्था गरिनेछ ।
- तमानखोला गाउँपालिकाको गाउँपालिका खेलको रुपमा रहेको तारो खेल (आर्चरी) को आधुनिकीकरण गर्दै यस पालिकाबाट राष्ट्रिय, अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नका लागि आधुनिक खेल सामग्रीको व्यवस्थापन, तालिम तथा पुर्वाधार निर्माणमा विशेष जोड दिइनेछ ।
- गाउँपालिकाभित्र खेलकुदको क्षेत्रको विकास तथा व्यवसायिकता विकासमा टेवा पुर्याउनका लागि तमानखोला खेलकुद विकास कोषलाई निरन्तरता दिइनेछ ।
- शिक्षा युवा तथा खेलकुद
- स्वास्थ्य
- कोभिड-१९ लगाएत अन्य संक्रामक रोगहरुको रोकथाम, नियन्त्रण र उपचारमा विशेष प्राथमिकता दिईने छ ।संघीय र प्रदेश सरकारसँगको समन्वय तथा सहकार्यमातमानखोला गाउँपालिका अन्तर्गत बोङ्गादोभान स्वास्थ्य चौकीमा सञ्चालित कोभिड-19 अस्थायीअस्पताललाई निरन्तरता दिई थप व्यवस्थित बनाइनेछ ।
- तमानखोला गाउँपालिकाका सम्पूर्ण नागरिकको स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै यथाशीघ्र सबै नागरिकलाई कोभिड-19 विरुद्धको खोप लगाउनको लागि संघीय तथा प्रदेश सरकारसँग आवश्यक समन्वय गरिनेछ ।
- गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच हुनेगरी प्रभावकारी सेवा उपलब्ध गराईनेछ ।
- पोषणयुक्त खनेकुराको बारेमा चेतना अभिवृद्धि गर्दै पोषण कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ ।
- नवजात शिशु मृत्युदर, शिशु मृत्युदर, मातृ मृत्युदर र बाल मृत्युदरलाई घटाई औषत आयु बढाउन प्रयत्न गरिनेछ ।
- स्वास्थ्य पुर्वाधार, औषधि तथा उपकरणको उपलब्धता वृद्धि गरिनेछ ।
- स्वास्थ्य क्षेत्रमा सरकारी, सहकारी तथा गैर सरकारी क्षेत्रसँग समन्वय एवम् सहकार्य गरि स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइनेछ ।
- नसर्ने रोगको प्रकोपको न्युनिकरणका लागि स्वास्थ्य प्रवर्द्धनात्मक सेवामा विशेष जोड दिइनेछ साथै यसको लागि निदानात्मक र उपचारात्मक सेवालाई विस्तार गरिनेछ
- पुर्णखोप सुनिश्चितता वडा तथा गा.पा.को अवस्थालाई कायम गर्दै हरेक वडाहरुमा खोपको अवस्थाको नियमित अनुगमन तथा समिक्षा गरिनेछ । साथै बैशाख महिनालाई खोप महिनाको रुपमा मनाउने र गाउँपालिका पूर्ण खोप घोषण गरेको दिन बैशाख २४ गतेलाई पूर्णखोप दिवस मनाई पूर्ण खोपको अवस्थालाई हरेक वर्ष सुनिश्चित रहेको घोषणा गरिनेछ ।
- खोप कार्यक्रमलाई थप व्यवस्थित वनाउनको लागि खोपको सुक्ष्म योजना तर्जुमा कार्यलाई निरन्तरता दिइने छ ।
- खोप केन्द्रहरुलाई थप व्यवस्थित गरिने छ जसको लागि आवश्यक सामाग्रीहरुको ब्यवस्था गरिनेछ ।
- पोषण शिक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ । स्थानिय उत्पादन (जस्तैM मकै, जौ, गहु, भटमास, केराउ)जस्ता अन्नको समिश्रण गरि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बनाइएको सर्वोत्तम पिठो हरेक ६ महिना पुरा गरेको बच्चाले प्राप्त गरेको सुनिश्चित गरिने छ जसको लागि लघु उद्यम कार्यक्रम मार्फत आवश्यक वजेट व्यवस्था गरिने छ । साथै ५ बर्ष मुनिका बालबालिकाहरुको स्वास्थ्य कर्मीहरुले नियमित तौल अनुगमन गरेको सुनिश्चित गरिने छ ।
- हरेक स्वास्थ्य संस्थामा स्थापना गरिएको स्वास्थ्य शिक्षा कर्नर लाई थप ब्यवस्थित गरिने छ र पोषीला खानेकुराको प्रदर्शन गर्ने र स्थानीय स्तरका पोषिला खानेकुराहरुको उपभोग वृद्धि गराउन आवश्यक शिक्षा, परामर्श दिइने व्यवस्था मिलाइने छ ।
- पांच वर्ष मुनिका वच्चाहरुको उपचार व्यवस्था कार्यक्रमलाई प्रभावकारी वनाइने छ । साथै यस कार्यक्रमलाई व्यवस्थित गर्न आवश्यक औषधी तथा सामाग्रीहरुको उपलब्धताको सुनिश्चित गरिने छ ।
- सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा ५ वटा साधन डिपो, पिल्स, कण्डम, आई.यू.सि.डी(IUCD) र इम्पलान्ट सेवा उपलब्धताको सुनिश्चितता गरिने छ ।
- सेवाग्राही मैत्री परिवार नियोजन सेवा प्रदान गरिने छसाथै परिवार नियोजन सेवा दिन तथा परामर्शका लागि छुट्टै गोप्य कोठाको व्यवस्था गरिनेछ ।
- घरमा हुने सुत्केरी लाई शून्यमा कायम गर्न हरेक बर्थिङ सेन्टरमा एउटा÷एउटा प्रसुति कुरुवाकक्ष (Maternity Waiting Room) को स्थापना गरी त्यसको लागि आवश्यक सामाग्रीहरुको ब्यवस्था गरिने छ। जसको लागि वि.वाई.सी. बागलुङ तथा फेयरमेड फाउण्डेसनसंग आवश्यक समन्वय गरिने छ ।यसबाट पूर्व तथा उत्तर प्रसुति सेवालाई प्रदान गर्न तथा सेवा उपभोग बढाउन मद्दत पुग्नेछ ।
- “इच्छाइएकोगर्भ, सुरक्षित तथा स्वस्थ गर्भ”भन्नेमुल नाराका साथ हरेक गर्भलाई परिवारमा तथा समाजमा उत्सवको रुपमा स्थापित गराउन सामाजिक परिचालन गरिनेछ । साथै अनिश्चित रहन गएको गर्भलाई सुरक्षित गर्भपतनको लागि सवै बर्थिङ सेन्टरहरुवाट सुरक्षित गर्भपतन सेवा विस्तार गरिने छ । जसको लागि एस.वि.ए. अ.न.मी. हरुलाई आवश्यक तालिमको व्यवस्था गरिनेछ ।
- गर्भवती तथा सुत्केरी अवस्थामा हुनसक्ने जटिलता न्यूनिकरणको लागि “उपाध्यक्षसुरक्षितमातृ—शिशुकार्यक्रम”लाईनिरन्तरतादिईनेछ जस अन्तर्गत गर्भ रहेको १२ हप्तादेखि सुत्केरी भएको ४५ दिन सम्म २२५ क्याल्सियम ट्यावलेट वितरण र वर्थिङ सेन्टरहरुमा थप उपचार आवश्यक परेमा वा प्रेषण गर्नुपरेमा लाग्ने एम्बुलेन्स तथा यातायात खर्चबापत पालिकाबाट सोधभर्ना गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
- स्वास्थ्य संस्थामा प्रसुती गराउने कार्यलाई बधावा दिनको लागि संस्थामा सुत्केरी हुने महिलाहरुलाई उपध्याक्ष सुत्केरी घरभेट कार्यक्रम अन्तरगत उपाध्यक्ष मार्फत पोषिलो झोला वितरण गरिने छ ।
- गर्भावस्थामा हुने स्वास्थ्य जोखिमको समयमै पहिचान गरि त्यसको उचित व्यवस्थापनका लागि सम्पूर्ण गर्भवती महिलाहरुको निशुल्क स्वास्थ्य जाँच गर्ने व्यवस्था गरिनेछ ।
- क्षयरोगको नयाँ रोगी पत्ता लगाउनको लागि समय समयमा जोखिम स्थानहरु पहिचान गरी परिक्षणको लागि स्क्रीनिङ क्याम्पहरु सञ्चालन गरिने छ ।
- क्षयरोगको समयमै पहिचान गर्नको लागि तीन वटै स्वास्थ्य चौकीका ल्या.अ. हरुलाई स्वास्थ्य कार्यालय संग आवश्यक समन्वय गरि आधारभूत तालिमको लागि ब्यवस्था गरिने र जटिल प्रकारका क्षयरोगहरु (MDR/SDR) लाई समयमै पहिचान तथा व्यवस्थापन को लागि पहल गरिने छ। क्षयरोगका बिरामीलाई पोषण भत्ताको व्यवस्था गरिनेछ । साथै क्षयरोगीका परिवारका सदस्यहरुलाई खकार परिक्षण गर्न यातायात खर्चको व्यवस्था गरिनेछ ।
- नसर्ने रोगको रोकथाम तथा नियन्त्रणको लागि समुदाय तथा विद्यालय स्तरमा बिभिन्न सचेतनात्मक क्रियाकलापहरु सञ्चालन गरिने छ
- समाजमा लुकेर रहेको छारे रोगको पहिचान गरि त्यसको निःशुल्क उपचार गर्ने ब्यवस्था गरिने छ। साथै छारे रोग संग सम्वन्धित अन्धविश्वास र सामाजिक लान्छना हटाउन सचेतनात्मक क्रियाकलाप गरिने छ ।
- महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई स्वास्थ्यका सम्पूर्ण कार्यक्रमहरुमा स्वास्थ्य संस्था र समुदाय बिचको पुलको काम साथै जनचेतना फैलाउने कार्यमा थप उत्प्रेरित गरिने छ ।साथै ६० वर्ष उमेर पुगेका म.स्वा.स्व.से. हरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मानजनक विदाई गरिनेछ ।
- स्वास्थ्य सेवामा सर्वव्यापी पहुंच वृद्धि गर्नको लागि यस गाउपालिका अन्तरर्गतका स्वास्थ्य संस्थाको भवन नभएका वडाहरु मध्य २ र ६ मा निमार्णाधिन भवनहरु समयमै पूरा गर्न आवश्यक पहल गरिने छ। वडा नं. ४ लामेलामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निमार्ण गर्नको निम्ति मापदण्ड अनुसारको जग्गाको व्यवस्थापन गरी भवन निर्माण प्रक्रिया सुरु गरिनेछ ।
- यस गाउँपालिका तीन वटै स्वास्थ्य चौकीवाट सञ्चालन भईरहेको प्रयोगशालाहरुलाई थप ब्यवस्थित गरिने छ । ल्याव सेवा लाई छिटो तथा प्रभावकारी वनाउन बोंगादोभान स्वास्थ्य चौकीमा Analyzer मेसिन थप गरिनेछ ।
- तमानखोला गाउँपालिकामा अत्यावश्यक औषधीहरुको उपलब्धतालाई सुनिश्चित गरि आधारभूत उपचारलाई गुणस्तरिय बनाउन अधक्ष फार्मेसी कार्यक्रम लाई निरन्तरता दिईने छ। यस कार्यक्रमको लागि वोंगादोभान स्वास्थ्य चौकीमा यस आ.व. देखि फार्मेसी सेवा प्रभावकारी रुपमा सञ्चालन गरिने छ र यसको प्रभावकारिताको आधारमा अन्य स्वास्थ्य संस्थाहरुमा पनि विस्तार गरिने छ ।
- यस गाउपालिकामा ५ शैया को आधारभूत अस्पतालको भवन निर्माण कार्यलाई समयमै सुरु गर्न संघिय सरकारसंग आवश्यक पहल गरिने छ ।
- गाउँपालिकाले संचालन गर्ने गरी यसै आ.ब.मा एक एम्बुलेन्स खरिद् गरिनेछ ।
- गाउँपालिकाद्धारा सञ्चालित प्राथमिक स्वास्थ्य उपचार परामर्श केन्द्रबाट प्रदान गरिएको स्वास्थ्य सेवाको मुल्याङ्कन गरि थप व्यवस्थित गर्दै लगिनेछ ।
- गाउँपालिकाका स्वास्थ्य संस्था अन्तर्गत संचालित गाउघर क्लिनिक, खोप केन्द्रहरुलाई थप ब्यवस्थित गरिने छ । भवन नभएका गाउँघर क्लिनिको भवन बनाउन वि.वाई.सि. बागलुङ तथा फेयरमेड फाउण्डेसन संग आवश्यवm समन्वय गरिने छ ।
- तमानखोला गाउँपालिकाको बोङ्गादोभान स्वास्थ्य चौकीमा स्थापना गरिएको एक्सरे सेवालाई थप ब्यबस्थित गरिनेछ ।
- आवश्यकतामा आधारित स्वास्थ्य योजना, समयमै सहि सूचनाको प्रवाह र स्थानीय सूचनाको अधिकताम प्रयोगका लागि स्वास्थ्य व्यवस्थपान सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा ईन्टरनेट सेवा विस्तार तथा स्वास्थयकर्मीलाई आवश्यक तालिमको व्यवस्था गरिनेछ ।
- स्वास्थ्य संस्थाहरुको नियमित अनुगमन तथा सुपरीवेक्षण कार्यलाई थप प्रभावकारी गराइनेछ ।
- स्वास्थ्य वीमा कार्यक्रमलाई प्रसार प्रसार गरी थप प्रभावकारी बनाइने छ जसका लागि वीमा अभिकर्ता र स्वास्थ्य संस्थाका वीमा समन्वयकर्ताहरुलाईसक्रिय रुपमा परिचालन गरिने छ ।साथै स्तरोन्नतीका लागि प्रस्तावित बोङ्गादोभान स्वास्थ्य चौकीलाई स्वास्थ्य वीमा कार्यक्रमको पहिलो सम्पर्क विन्दु कायम गर्न स्वास्थ्य वीमा बोर्डसँग आवश्यक समन्वय गरिनेछ ।
- विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (Covid-19) संगसंगै स्वास्थ्य ब्यवहारमा आएको परिवर्तनलाई दिर्घकालिन बनाउन अवसरको रुपमा स्वस्थ नागरिक, स्वस्थ घर, स्वस्थ गाउ जस्ता अभियानहरु संचालन गरिनेछ । साथै वडा तथा टोलस्तरमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
- स्थानीय स्तरमा हुने विशेष मेला तथा महोत्सवहरुमा स्वास्थ्य शिक्षा प्रबर्धन तथा प्राथमिक उपचार डेक्स संचालन गरिनेछ ।
- स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य शिक्षा कर्नरको स्थापना तथा ब्यवस्थापन गरिनेछ ।
- किशोर किशोरीहरु संग स्वास्थ्यकर्मीहरुको अन्तरक्रिया नियमित गर्ने कार्यको लागि सम्पूर्ण स्वास्थ्य संस्थाहरुलाई किशोर किशोरी मैत्रि संस्था वनाउन आवश्यक कार्यक्रम सञ्चालन गरिने छ ।
- माध्यामिक शिक्षामा प्रजनन स्वास्थ्यका विषयहरुको तथा बाल तथा छिटो विवाहले पार्ने असर बारेमा कक्षा संचालन गरिनेछ ।
- स्वास्थ्यका महत्वपुर्ण दिवसहरु म.स्वा.से. दिवस, एड्स दिवस, विश्व स्वास्थ्य दिवस, क्षयरोग दिवस, धुम्रपान विरुद्दको दिवस, रक्तचाप दिवस, मधुमेह दिवस लाई अवसरको रुपमा लिई सर्वसाधारणहरुमा जनचेतनातथा दिवसहरुको मुल र्ममको बारेमा जानकारी गराइनेछ ।
- सुर्ति तथा मदिराजन्य पदार्थको नियमन ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन गरिने छ, साथै यसका लागि वजार अनुगमनलाइ नियमित र प्रभावकारी गरिने छ ।
- आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने निशुल्क औषधिहरुको उपलब्धतालाई सुनिश्चित गरिने छ । यसका लागि संघ, प्रदेश तथा अन्य निकायसंग समन्वय गरीनेछ ।
- स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक सामाग्रीहरु उपलब्धतालाई सुनिश्चित गरिने छ ।
- यौन रोगहरुकोबारेमा जाकारीका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ साथै संक्रमितहरुको उपचार, परामर्श तथा जिविकोपार्जनका लागि गैरसरकारी संघ संस्थाहरुसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।
- विद्यालय स्तरमा किशोर किशोरी तथा यौन शिक्षा कार्यक्रम संचालन गरिनेछ ।
- तथ्यमा आधारित योजना बनाउन तथा यस गाउँपालिका भित्र अध्ययन तथा अनुसन्धान कार्यमा प्रोत्साहन गर्नका लागि कुनै पनि विषयमा स्नातक वा सो भन्दा माथि अध्ययन गरिरहेका विद्यार्थीहरुलाई“तमानखोला गाउँपालिका अध्यक्ष फिलोसिप कार्यक्रम“ सञ्चालन गरिनेछ ।
- स्वास्थ्य क्षेत्र एक वहुआयामिक क्षेत्र भएको हुदा हरेक विषयगत नीतिहरुमा स्वास्थ्यका लक्ष्यहरु हासिल हुनसक्ने नीतिहरु अवलम्बन गरिने छ ।
- खानेपानी तथा सरसफाई
- एक घर एक धाराको कार्यक्रमलाई निरन्तरता दिइ नेवासँगको सहलगानीमा विस्पोल, सन्तर, हिजा र भयरवङ्गा खानेपानी आयोजना तथा गोर्खा वेलफेयर सँगको सहकार्यमाखोलेस्वाङ र श्रीवाङ खानेपानी आयोजनाहरु निर्माण तथा संचालन गरिनेछ ।साथै खानेपानीबाट वञ्चित नागरिकहरुलाई एक घर एक धाराको अभियान यथाशीघ्र सम्पन्न गर्न संघ, प्रदेश लगायत अन्य संघ संस्थासँग समन्वय, सहकार्य र सहलगानी गरिनेछ ।
- निर्मित खानेपानी आयोजनाहरुको मर्मत तथा स्तरोन्नती गरी थप व्यवस्थित बनाईनेछ ।
- खानेपानी मुहान शुदृढीकरण तथा मुहानको संकलन केन्द्रको सुरक्षा गरी खानेपानीको गुणस्तर कायम तथा सुधार गरिनेछ ।
- समुदाय स्तरमा वितरण गरिएको खानेपानीको गुणस्तर मापन गरिनेछ र शुद्धिकरणको लागि आवश्यक व्यवस्था साथै सचेतनामुलक क्रियाकलापहरु संचालन गरिनेछ ।
- फोहोरमैला व्यवस्थापन तथा गुणस्तर सुधारका लागि आवश्यक पर्ने उपकरण तथा सामाग्रीहरुको उपलब्धतालाई सुनिश्चित गरिनेछ ।
- समूदायबाटनिस्कनेफोहोरमैलाउचितब्यवस्थापनकोलागिसमूदायस्तरकोअन्तरक्रियाकार्यक्रमहरुसञ्चालनगरिनेछरटोलस्तरमाफोहोरमैलाब्यवस्थापनकोलागिआवश्यकजलाउनेखाल्डो (Incinirator) तथाटीनकोजम्मागर्नेभाडोकोब्यवस्थागरिनेछ।
- समावेशीकरण, गरिबी निवारण तथा कला संस्कृति
- महिला, दलित, जनजाती,अपाङ्ग,बालबालिका, युवा लगायतका लक्षित वर्गको सशक्तिकरणका लागि क्षमता अभिवृद्धिका कार्यक्रमहरु संचालन गरिनेछ ।
- ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- तमानखोला गाउँपालिकाभित्र छुवाछुत तथा सामिजिक विभेदलाई पूर्ण रुपमा अन्त्य गर्न आवश्यक कार्यक्रम संचालन गरिनेछ ।
- बालममैत्री स्थानीय शासनलाई कार्यान्वयन गर्दै अघि बढिनेछ ।
- तमानखोला गाउँपालिका भित्रको स्थानीय भाषा तथा संस्कृतिको संरक्षण तथा विकास गर्नका लागि आवश्यक कार्यक्रम संचालन गरिनेछ ।
- तमानखोला गाउँपालिका भित्र रहेका अनाथ तथा असहाय बालबालिकाहरुको पालनपोषण तथा निMशुल्क शिक्षादिक्षाको लागि तमानमा एक गाउँपालिका स्तरिय बालगृह संचालन गरिनेछ ।
- महिला हिंसा तथा बालबिवाहको अन्त्य गर्न आवश्यक कार्यक्रम संचालन गरिनेछ ।
- किशोर, किशोरी तथा हिंसा पिडितहरुको लागि सचेतना कार्यक्रम संचालन गरिनेछ ।
- विपन्न नागरिक औषधी उपचार सहायतालाई निरन्तरता दिइनेछ ।
- भूमी सम्बन्धि समस्या समाधान आयोगसँगको सहकार्यमा यस गाउँपालिका भित्र रहेका भूमीहिन तथा अव्यवस्थित वसोवासीहरुको उचित व्यवस्थापन गरिनेछ ।
- आर्थिक विकास
- कृषि तथा पशुपालन
- परम्परागतबाट आधुनिक, निर्वाहमुखीबाट व्यावसायिक कृषि प्रणाली स्थापनाका लागि कृषिको उत्पादन, व्यवस्थापन एवं बजारीकरण गरिनेछ ।
- गाउँपालिकाभित्र प्रत्येक टोलमा कृषि उत्पादन समूह निर्माणमा विशेष जोड दिइनेछ
- कृषिजन्य वस्तुहरुमा रसायनिक मल एवम् विषादीलाई निरुत्साहित गर्दै कृषि उत्पादनका लागि जैविक विषादीको प्रयोगलाई प्रोत्साहन गर्दै दिगो कृषि प्रणालीलाई अघि बढाइनेछ ।
- कृषिमा यान्त्रिकिकरणलाई प्रवर्द्धन गर्दै कृषियन्त्रहरु अनुदानको कार्यक्रम संचालन गरिनेछ ।
- कृषि वीमाको बारेमा जनताहरुलाई शुसुचित गर्न अभिमुखिकरणका कार्यक्रमहरु संचालन गरिनेछ ।
- व्यावसायिक तरकारी खेती प्रबर्द्धन गर्न प्लाष्टिक तथा फलामे टनेल वितरण कार्यक्रम सञ्चालन गरिनेछ ।
- कृषि उत्पादनलाई बढावा दिन मौसमी तथा बेमौसमी खेतीसम्बन्धी तालिम सन्चालन गरिनेछ ।
- व्यावसायिक कृषि प्रवर्द्धनका लागि अनुदानमा उन्नत बिउ तथा बिरुवा वितरण गरिनेछ
- कृषकहरुलाई गुणस्तरीय सेवा दिन कृषि तथा पशु प्राविधिकहरुलाई विभिन्न क्षमता अभिवृद्धि तालिमहरुमा सहभागि गराइनेछ ।
- गरिबीको रेखामुनि रहेका किसानहरुलाई सहुलियतपूर्ण कर्जाका लागि आवश्यक सहजीकरण गरिनेछ ।
- सबै वडामा माटो परिक्षण शिविर संचालन गरिनेछ ।
- पशुरोगको परिक्षण तथा समस्याहरुको निदान गर्नका लागि भेटनरी प्रयोगशाला व्यवस्थापन गरिनेछ ।
- व्यावसायिक उत्पादनलाई बढावा दिन हिँउदे भुई तथा डाले घाँसको बीउ खरिद् तथा वितरण गरिनेछ ।
- पशुपक्षिंमा हुने परिजीवी संक्रमणलाई नियन्त्रण गर्न आन्तरिक तथा बाह्य परजीवि नियन्त्रण कार्यक्रम सञ्चालन गरिनेछ ।
- उन्नत जातको पशु र सुधारिएको गोठलाई प्रोत्साहन कार्यक्रम संचालन गरिनेछ ।
- पशुपंक्षि पालक किसानहरुलाई आवश्यकता अनुसार स्थलगत अभिमुखिकरण कार्यक्रम संचालन गरिनेछ ।
- अण्डामा आत्मनिर्भर बनाउनका निम्ति अनुदानमा लेयर्स कुखुरा वितरण कार्यक्रम सञ्चालन गरनेछ ।
- किसानहरुलाई सुविधा पुर्याउन औषधी खरिद् तथा वितरण गरिनेछ ।
- घुम्ति भेडा/बाख्रापालक कृषकहरुलाई पाल तथा सोलार सेट वितरण कार्यक्रम संचालन गरिनेछ ।
- उन्नत जातको बाख्रा पालनका लागि नश्ल बोका खरिद तथा वितरण गरिनेछ ।
- अपाङ्गता भएका तथा एकल महिलाहरुको आयआर्जन बृद्धी गर्न कुखुराका चल्ला वितरण कार्यक्रम संचालन गरिनेछ ।
- व्यावसायिक तथा सामूहिक कृषि तथा पशुपालन गर्न चाहने कृषकहरूको लागि आवश्यकता अनुसार जग्गा चक्लाबन्दी गर्ने व्यवस्था मिलाई सामूहिक खेती गर्ने कृषकहरुलाई आवश्यक सहयोग, सहजिकरण र प्रोत्साहन गरिनेछ ।
- सहकारी
- सहकारी संस्थाको दर्ता, नविकरण तथा नियमन कार्यलाई व्यवस्थित गरिनेछ ।
- कानून विपरित संचालनमा रहेका संस्थाहरुको दर्ता खरेज गरिनेछ ।
- प्रत्येक परिवारलाई आ-आफ्नो आय अनुसार सहकारीमा अनिवार्य बचतको लागि अभिप्रेरित गरिने छ ।
- गाउँपालिका भित्रका सहकारी संस्थाको तथ्याङ्क संकलन गरी अभिलेखिकरण गरिनेछ ।
- सहकारी संस्थाका सदस्यहरुका लागि सहकारी शिक्षा तालिम प्रदान गरिनेछ ।
- गाउँपालिकाको सहकारी शाखालाई थप व्यवस्थित बनाईनेछ ।
- घरेलु तथा लघुउद्यम
- कोभिड-१९ का कारण रोजगारी गुमाएका बेरोजगारहरुका लागि उद्यमशीलता विकास तथा स्वरोजगारी सिर्जना गर्ने कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
- गाउँपालिकाभित्र रहेका घरेलु तथा लघु उद्यम उद्योगहरुको तथ्याङ्क संकलन गरि उद्योगहरुको प्रवर्द्धन तथा विकासमा जोड दिइनेछ ।
- युवा तथा महिला स्वरोजगारका लागि सीप विकासको तालिम दिइ घरेलु तथा लघुउद्यम संचालन गर्न प्रोत्साहन गरिनेछ ।
- कृषिमा आधारित उद्योग स्थापना र संचालनमा प्रोत्साहित गरिनेछ ।
- पर्यटन
- तमानखोला गाउँपालिका भित्र रहेका ऐतिहासिक तथा पर्यटकीय महत्वका क्षेत्रहरुको संरक्षण तथा सम्बर्धन गरी पर्यटन क्षेत्रको रुपमा विकास गरिनेछ । सोले सहिदपार्क निर्माणको कामलाई निरन्तरता दिइनेछ ।
- प्रत्येक वडामा होमस्टे निर्माण तथा व्यवस्थापन अनुदान कार्यक्रमको सुरुवात गरिनेछ ।
- पर्यटन पदमार्गको लागि सूचनाबोर्ड निर्माण तथा बाटो निर्देशन कार्यक्रम संचालन गरिनेछ ।
- पर्यटकीय ठाउँहरुको प्रचारप्रसारका लागि पर्यटन गोष्ठी संचालन गरिनेछ ।
- रोजगार प्रवर्द्धन तथा गरिबी न्यूनिकरण
- युवा, महिला तथा कोभिड-19 का कारण रोजगार गुमाएकाहरुका लागि व्यावसायिक तथा उद्यम सहुलियत ऋण व्यवस्थापन कार्यक्रम सञ्चालन गरिनेछ ।
- गरिबी निवारणका लागि संघीय एवं प्रदेश सरकारसँग समन्वय गरी कार्यक्रमहरु संचालन गरिनेछ ।
- रोजगार सेवा केन्द्रबाट बेरोजगारहरुको तथ्याङ्क संकलन तथा अभिलेखिकरण गरी न्युनतम १०० दिनको रोजगारी सुनिश्चितता गरिनेछ ।
- कृषि तथा पशुपालन
- पुर्वाधार विकास
- सडक तथा यातायात
- गाउँपालिकाभित्र सडक र यातायातको विकास तथा व्यवस्थापनका लागि सडक तथा यातायात गुरुयोजना निर्माण गरिनेछ ।
- वस्तीबाट वडा तथा गाउँपालिका केन्द्र जोड्ने अधुरा सडकहरुलाई विशेष प्राथमिकताका साथ निर्माण गरिनेछ ।
- संघ तथा प्रदेश सरकारको सहलगानीमा बुर्तिवाङ देखि बोङ्गादोभान गाउँपालिका केन्द्र जोड्ने सडकलाई कालोपत्रे गर्ने योजनालाई विशेष प्राथमिकता दिइनेछ ।
- बोङ्गादोभान बोङ्खानी ढोरपाटन सडक निर्माण तथा स्तरोन्नतीलाई निरन्तरता दिइनेछ
- गाउँपालिका भित्रका सम्पुर्ण सडकहरुलाई बाह्रै महिना संचालन योग्य बनाउन वार्षिक मर्मत संभार योजना बनाई कार्यान्वयन गरिनेछ ।
- गाउँपालिका भित्र आवश्यक स्थानमा मोटरेबल पुल निर्माणको संभाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरि निर्माण गर्नका लागि संघीय तथा प्रदेश सरकारसँगको समन्वय र सहकार्य गरिनेछ ।
- गाउँपालिकाका सडकहरु निर्माण गर्दा वातावरणमैत्री प्रविधि अवलम्बन गरिनेछ ।
- आवास तथा भवन
- सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत छनौट भएका ९७ घरको खरको छाना विस्थापित गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- संघीय तथा प्रदेश सरकारसँगको समन्वयमा विपद्का कारण घरबार बिहिन भएका नागरिकहरुको पुनर्स्थापना र पुनर्निर्माण कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरनेछ ।
- वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरुको निर्माणाधिन भवनहरुको निर्माण कार्यलाई निरन्तरता दिइनेछ । कार्यालय भवन निर्माणका लागि जग्गा व्यवस्थापन नभएका वडा कार्यालयहरुको भवन निर्माणका लागि जग्गा व्यवस्थापनको लागि विशेष पहल गरिनेछ ।
- सामुदायिक भवनहरुई व्यवस्थित बनाई आवश्यक स्थानहरुमा थप सामुदायिक भवनहरू निर्माण गरिनेछ ।
- गाउँपालिकाको प्राशासनिक भवन निर्माणलाई निरन्तरता दिइनेछ ।
- उर्जा
- गाउँ क्षेत्रका पुराना काठका पोललाई विस्थापित गरी फलामे पोलहरु जडान गरिनेछ ।
- लघु जलविद्युतको भरपर्दो व्यवस्था नभएका समुदाय तथा क्षेत्रमा वैकल्पिक उर्जाको व्यवस्था गरिनेछ ।
- तमानखोला गाउँपालिका भित्रका लघु जलविद्युत आयोजनाको मर्मत तथा स्तरोन्नती गरि थप व्यवस्थित गर्दै लगिनेछ ।
- गाउँपालिकामा केन्द्रिय प्रसारण लाईन विस्तारका लागि विशेष पहल गरिनेछ ।
- सडक तथा यातायात
- वन वातावरण तथा विपद् व्यवस्थापन
- वन, वातावरण, वन्यजन्तु भू-संरक्षण
- नदि किनार, नदि उकास, सार्वजनिक खालि जग्गा, पाखा तथा सडक किनारमा वृक्षारोपण गरिनेछ ।
- जलवायु परिवर्तन अनुकुलन कार्यक्रमहरु संचालनमा विशेष प्राथमिकता दिइनेछ ।
- जडिबुटीको पहिचान र उपयोगका बारेमा जानकारीमुलक कार्यक्रम संचालन गरिनेछ
- लामो समयदेखि भोगाधिकार गरिरहेका जग्गाहरुलाई करको दायरामा ल्याईनेछ ।
- प्राकृतिक स्रोतको जथाभावि दोहन गर्ने कार्यलाई रोक लगाइनेछ ।
- विपद् व्यवस्थापन
- विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापन कोषमा आवश्यक बजेट विनियोजन गरिनेछ ।
- गाउँपालिका भित्रका विपद् जोखिम क्षेत्रको नक्शाङ्कन तथा वस्तीहरुको पहिचान गरिनेछ ।
- गाउँपालिका भित्रका खोलानालाका कारण गाउँबासीले भोग्नु परेका समस्याहरुलाई न्युनीकरण गर्न आवश्यक कार्यक्रमहरु संचालन गरिनेछ ।
- विपद् जोखिम न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रमहरु संचालन गरिनेछ ।
- विपद् व्यवस्थापनका लागि उद्धार तथा राहत सामाग्रीको व्यवस्थापन गरिनेछ ।
- वन, वातावरण, वन्यजन्तु भू-संरक्षण
- संस्थागत विकास सेवा प्रवाह र सुशासन
- संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारबीच सहकार्य सह अस्तित्व र समन्वयको सिद्धान्तलाई अवलम्बन गरिनेछ ।
- गाउँपालिकाको सेवा प्रवाहलाई छिटो, छरितो, सरल, सहज, पारदर्शी, गुणस्तरीय र सूचना प्रविधिमैत्री बनाइनेछ ।
- गाउँपालिकामा डिजिटल नागरिक वडापत्र तथा वडा कार्यालयहरुमा नागरिक वडापत्र सुझाव पेटिका सूचना पाटीको व्यवस्थापनलाड्ढ थप व्यवस्थित गरिनेछ ।
- न्यायिक समितिको कार्यसम्पादनलाई थप सुदृढीकरण गरिनेछ र प्रत्येक वडामा स्थापना भएका मेलमिलाप केन्द्रलाई थप क्रियाशील बनाई सुदृढीकरण गरिनेछ ।
- न्यायिक समितिका सदस्यहरु तथा मेलमिलापकर्ताको लागि समयानुकुल क्षमता अभिवृद्धी तालिम संचालन गरिनेछ ।
- राजश्व संकलनलाई प्रविधिमैत्री बनाई समसामयिक सुधार गरिनेछ ।
- गाउँपालिकाबाट सम्पादन गरिने कार्य मितव्ययी, प्रभावकारी, नियमित र कार्यदक्षतापुर्ण ढंगबाट सम्पादन गर्न आन्तरिक नियन्त्रण प्रणाली तयार गरी कार्यान्वयन गरिनेछ ।
- सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा सुशासन प्रवर्द्धन गर्न अन्तरपालिका अनुभव आदानप्रदान तथा अवलोकन भ्रमणको कार्यक्रम संचालन गरिनेछ ।
- नेपाल सरकारसँग एकरुपता हुने गरि गाउँपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकहरुको तलब वृद्धि समायोजन गरिनेछ ।
- कोभिड-19 को संक्रमण जोखिमको अवस्थामा अग्रपङ्तीमा रही काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको कामको मूल्याङ्कन गरी उचित प्रोत्साहन गरिनेछ ।
- कर्मचारीको सेवा सुविधा र सुरक्षणको लागि कर्मचारी कल्याण कोषलाई निरन्तरता दिई आवश्यक रकमको व्यवस्था गरिनेछ ।
- कर्मचारी तथा जनप्रतिनिधिहरुलाई समयानुकुल क्षमता अभिवृद्धि कार्यक्रमहरु संचालन गरिनेछ ।
- सरकारी, गैरसरकारी, सामुदायिक संघ संस्था तथा निजी क्षेत्रसँग आवश्यक समन्वय र साझेदारी गरिनेछ ।
- गाउँपालिका भित्रका आफ्नो क्षेत्राधिकारको सार्वजनिक सम्पत्तिहरुको रेखदेख तथा मर्मत संभारको आवश्यक प्रबन्ध मिलाइनेछ ।
- गाउँपालिकामा भएका निर्णयहरु विद्युतीय माध्यमबाट अभिलेखिकरण गरी सार्वजनिक गर्ने नीति लिइनेछ ।
- उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कारको व्यवस्था गरिनेछ ।
- महालेखा परीक्षकको कार्यालयबाट औँल्याइएका सबै प्रकारका बेरुजु फछ्यौट कार्यलाई प्रभावकारी रुपमा अगाडी बढाइनेछ ।
- गाउँपालिकाको वेबसाइट अद्यावद्यिक गरी समयमै सूचना तथा आवश्यक दस्ताबेजहरु प्रकाशन गरिनेछ ।
- गाउँपालिकाले गरेका हरेक कार्यक्रमहरुको बारेमा समयमै सूचना तथा जानकारी दिन रेडियो कार्यक्रम संचालन गरिनेछ ।
- सार्वजनिक सुनुवाई कार्यक्रमलाई थप व्यवस्थित तथा सबैको चासो एवं गुनासो संवोधन हुने गरी समयमै संचालन गरिनेछ ।
गाउँसभा सदस्यज्यूहरु
- तमानखोला गाउँपालिकाको सामाजिक-आर्थिक उपलब्धिहरुलाई संरक्षण गर्दै थप उन्नत बनाउने, कोभिड-19 महाकारीको रोकथाम तथा नियन्त्रण गर्ने र महामारीबाट प्रभावित सामाजिक-आर्थिक क्षेत्रलाई पुनर्जीवन दिई विकास निर्माणलाई तिब्रता दिने अठोटका साथ आर्थिक वर्ष 2078/079 को नीति तथा कार्यक्रम प्रस्ताव गरिएको छ ।
- प्रस्तावित नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट महामारीको असर न्यून गर्दै आर्थिक-सामाजिक क्षेत्र थप गतिशील हुनेछ, पारस्परिक सम्मान र अवसरसहित सामाजिक न्याय कायम हुनेछ,“सुखी र समान: समुन्नत तमान“को गाउँपालिकाको दिर्घकालिन सोच पूरा गर्न योगदान पुग्नेछ ।
- यो नीति तथा कार्यक्रम कार्यान्वयनमा गाउँ कार्यपालिकालाई सबैबाट सक्रिय सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु ।
- अन्त्यमा गाउँपालिकाको समग्र विकासमा योगदान गर्ने राजनीतिक दल, राष्ट्रसेवक, निजी, सहकारी र सामुदायिक क्षेत्र, श्रमिक वर्ग, नागरिक समाज, आम सञ्चार जगत् लगायत सम्पूर्ण आमा बुवा, दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
धन्यवाद् ।
तमानखोला गाउँपालिकाको दशौँ गाउँसभामा पेश भएको आर्थिक वर्ष २०७८/079 को बजेट तथा कार्यक्रम
सम्मानित सभाका
सभाध्यक्ष महोदय,
सभाका सदस्यज्यूहरु
- सवैमा नमस्कार तथा स्वागत सहित विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को दोस्रो लहरका कारण सिर्जित विषम् परिस्थितिका बीचमा नागरिकको जीवनरक्षा गर्दै विकास निर्माणलाई अगाडी बढाउने तथा गाउँपालिकाको सामाजिक आर्थिक विकासमा अगाडी बढ्ने टेवा पुर्याउने दृढ विश्वासका साथ तमानखोला गाउँपालिकाको तर्फबाट म यस गाउँसभा समक्ष आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न उपस्थित भएको छु ।
- बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडी संघिय लोकतान्त्रिक गणत्रन्त्रात्मक शासन व्यवस्था स्थापना र सस्थागत गर्दा साहादत प्राप्त गर्नुहुने सम्मानित प्रथम शहिद स्व.क्या. लखन थापा लगाएत सबै परिवर्तनमा ज्यान गुमाउने शहिदहरु प्रति सम्मान तथा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाल र नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न गराउन र समाज परिवर्तनमा अग्रणी नेतृत्वदायी भूमिका निभाउनुभएका शिखर पुरष वि.पि. कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ र नेपालको संविधान निर्माण गर्न र जारी गर्न सफल नेता शुसिल कोइराला प्रति आदर पूर्वक सम्मानका साथ स्मरण गर्न चाहन्छु।नेपालको राजनितिक स्वतन्त्रता, लोकतन्त्र र परिवर्तनको क्रममा विभिन्न जनआन्दोलन, सशस्त्र संघर्ष र जनयुद्धमा वलिदानी, ज्यान गुमाएकाहरु प्रति सम्मान तथा स्मरण गर्न चाहन्छु, वेपत्ता परिवार, पिडित नागरिक प्रति गहिरो सम्मान व्यक्त गर्दछु। साथै सशस्त्र द्बन्दको समयमा सरकार पक्षवाट मारिएका तमानखोला गा.पा. वडा नं. ३ तमानका दुर्गा बहादुर बुढा, प्रेम बहादुर घर्ति, ओमकार बुढा र तमानखोला गा.पा. वडा नं. २ का गंगा बहादुर पुन प्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछु ।मिति २०७७ साल साउन १३ गते तमानखोला गाउँपालिका वडा नं. २ खोलेस्वाङमा पहिरोबाट ज्यान गुमाउने २ जना व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।
- विश्वव्यापी रुपमा देखा परेको कोभिड-१९ ले देशभरीका नागरिकहरुको दैनिक जनजीवनमा प्रतिकुल असर पारिरहेको छ । महामारीको चपेटामा परेर यस गाउँपालिकाका पनि २ जना नागरिकहरुले ज्यान गुमाइसकेका छन् । यस महामारीका कारण ज्यान गुमाएका सबै नागरिकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै कोरोनाबाट संक्रमित सबैजनालाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यसका साथै कोरोना महामारीका विरुद्ध अग्रपङ्तिमा रही सेवारत सबै स्वास्थ्यकर्मी तथा यस अभियानमा खटीएका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, स्वास्थ्य सुरक्षासँग सम्बन्धित स्वास्थ्य सामग्री तथा मानवीय सहयोग गर्ने सहयोगी संघ संस्था र नागरिकहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।साथै विश्वभरी फेलिएको कोभिड-19बाट बच्न सम्पूर्ण नागरिकहरुलाई पूर्णरुपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न हार्दिक अनुरोध गर्दछु ।
- यो बजेट तर्जुमा गर्दा नेपालको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली, संविधानमा उल्लेखित राज्यका निर्देशित सिद्धान्त तथा नीतिहरु, नेपाल सरकार, गण्डकी प्रदेश सरकार र तमानखोला गाउँपालिकाका कानुन, दिगो विकासका लक्ष्य, गाउँपालिकाको नीति तथा कार्यक्रम र गाउँ कार्यपालिकाको सर्वसम्मतिको निर्णयलाई आधार मानेको छु।
- आगामी आर्थिक वर्षको व्ययको अनुमान गर्दा आर्थिक मितव्ययिता, कार्यान्वयन योग्यता, विकासको आवश्यकता, नागरिकको अपेक्षालाई प्राथमिकता दिएकी छु ।यो बजेट तर्जुमा गर्दा स्थानीय स्रोत र साधनको परिचालन गरी शिक्षा, स्वास्थ्य र उत्पादन तथा रोजगारी अभिबृद्धी गर्ने योजना र कार्यक्रममा केन्द्रित भएको छु ।
सभाध्यक्ष्य महोदय
सभाका सदस्यज्यूहरु
अब म चालु आर्थिक वर्ष 2077/078 को आय व्ययको यथार्थ स्थिति तथा उपलब्धीहरु प्रस्तुत गर्न चाहन्छु ।
- यस पालिकाको चालु आ.ब.को जेठ मसान्तसम्मको प्रगति विवरण छुट्टै तयार गरी पेश गरेको छु ।चालु आ.ब.को जेठ मसान्त सम्म विभिन्न स्रोतहरुबाट कुल रु. २४ करोड ४६ लाख ३९ हजार २ सय ८० र पैसा २५ मात्र प्राप्त भएको छ ।जेठ मसान्त सम्मको अवधिमा कुल विनियोजनको 50.30 प्रतिशत बजेट खर्च भएको छ । वित्तिय प्रगति कम भए पनि अधिकांश योजनाहरु सम्झौता भई काम भैरहेको र चालुतर्फका क्षेत्रगत कार्यक्रमहरुपनि अधिकांश सम्पन्न भै भुक्तानीको क्रममा रहेको हुँदा भौतिक प्रगतिको अवस्था सन्तोषजनक रहेको छ ।
सभाध्यक्ष महोदय
सभाका सदस्यज्यूहरु
- अब म आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटका सोच, लक्ष्य, उद्देश्य तथा र अपेक्षित उपलब्धिहरु प्रस्तुत गर्दछु ।
- सोच: सुखी र समान: समुन्नत तमान
- लक्ष्य: स्रोत साधनको परिचालन एवम् समन्यायिक वितरणद्धारा जनताको सामाजिक, आर्थिकस्तरमा वृद्धी गर्दै सुखी, समतामुलक र सुशासनयुक्त समुन्नत तमानखोला गाउँपालिका निर्माण गर्ने ।
- उद्देश्यहरु:
- विश्वव्यापी रूपमा देखा परेको कोभिड-१९ को महामारीबाट गाउँपालिकाका नागरिकहरूको जीवन रक्षा गरी जनजीवनलाई सामान्यीकरण गर्नु ।
- गुणस्तरिय शिक्षाका लागि शिक्षण संस्थाहरुको आधुनिकीकरण भौतिक पुर्वाधार र सुविधाको सवलिकरण गर्ने ।
- आर्थिक तथा सामाजिक रुपमा पछि परेका वर्गको शिक्षामा पहुँच सुनिश्चित गर्ने ।
- सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराई स्वास्थ्य र पोषण सम्बन्धी सचेतना उपलब्ध गराउने ।
- गाउँपालिकामा ५ शैयाको अस्पताल निर्माण गर्ने र पालिका भित्रका स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गर्ने ।
- कृषि तथा पशुपालनको व्यावसायिकतामा जोड दिदै उत्पादकत्व बृद्धि गर्ने ।
- लक्षित समूहलाई सामाजिक सुरक्षा र संरक्षणको छातामा ल्याउनु ।
- सडकको निर्माण, मर्मत र स्तरोन्नती गरी यातायातको सहज पहुँच पुर्याउनु ।
- सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउँदै सेवा प्रवाहको गुणस्तर अभिवृद्धी गर्नु ।
- अपेक्षित उपलब्धिहरु
- प्रस्तावित बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनबाट महामारीको असर न्यून गर्दै आय तथा रोजगारीको अवसर सृजना हुनेछ, आर्थिक-सामाजिक क्षेत्र थप गतिशील हुनेछ, पारस्परिक सम्मान र अवसरसहित सामाजिक न्याय कायम हुनेछ, “सुखी र समानM समुन्नत तमान“ को गाउँपालिकाको दिर्घकालिन सोच पूरा गर्न योगदान पुग्नेछ भन्ने विश्वास लिएको छु ।
सभाध्यक्ष महोदय
सभाका सदस्यज्यूहरु
अब म आ.ब. २०७८/०७९ को क्षेत्रगत बजेट तथा कार्यक्रम प्रस्तुत गर्दछु ।
कोभिड-19 रोकथाम तथा नियन्त्रण र स्वास्थ्य प्रणालीमा सुधार
- कोभिड-19 को महामारीका कारण पुरै विश्व नै आक्रान्त बनिरहेको बेला यसबाट हाम्रो देश र हाम्रो पालिका पनि पूर्णरुपमा प्रभावित छ ।महामारीको रोकथाम तथा नियन्त्रण गर्नु र आफ्नो पालिकभित्रका नागरिकहरुलाई सहज र शुलभ स्वास्थ्य सेवा पुर्याउन गाउँपालिकाको दायित्वलाई मनन गर्दै कोभिड-19 रोकथाम तथा नियन्त्रण र समग्र स्वास्थ्य प्रणालीमा सूधार ल्याउनको लागि स्वास्थ्य तर्फ कुल रु. १ करोड २६ लाख १६ हजार ६ सय 50 विनियोजन गरेको छु ।
- . कोभिड-19 को रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापन कोषबाट खर्च हुनेगरी रु ३० लाख विनियोजन गरेको छु ।
- . संघ तथा प्रदेश सरकारसँगको सहकार्य तथा समन्वयमा तमानखोला गाउँपालिका अन्तर्गत बोङ्गादोभान स्वास्थ्य चौकीमा संचालित कोभिड-१९ अस्पताललाई निरन्तरता तथा व्यवस्थित गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
- . संघीय तथा प्रदेश सरकारसँग समन्वय गरी तमानखोला गाउँपालिकाका सम्पूर्ण नागरिकको स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै यथाशीघ्र कोभिड-19 विरुद्धको खोप लगाउन आवश्यक व्यवस्था मिलाउनेछु ।
- . संघीय सरकारको लगानीमा गाउँपालिकाभित्र निर्माण हुन लागेको ५ शैयाको तमानखोला आधारभुत अस्पताल निर्माण सहजिकरणका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
- . स्वास्थ्य चौकीहरुमा फार्मेसी सेवा सञ्चालन गरी अत्यावश्यक औषधीहरुको सहज उपलब्धतालाई सुनिश्चित गर्ने उद्देश्यका साथ “अध्यक्ष फार्मेसी कार्यक्रम“ अन्तर्गत बोङ्गादोभान स्वास्थ्य चौकीमा फार्मेसी सेवा संचालन गर्नका लागि रु. १० लाख विनियोजन गरेको छु ।
- . रोगहरुको पहिचान तथा निदानमा सहजिकरणका निम्ती स्वास्थ्य चौकीहरुमा एक्स रे तथा ल्याव सेवा व्यवस्थापन तथा संचालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।वोङ्गादोभान स्वास्थ्य चौकीमा ल्याव एनालाइजर मेसिन खरिद् तथा व्यवस्थापनका लागि रु.1 लाख ५० हजार विनियोजन गरेको छु ।
- . “उपाध्यक्ष सुत्केरी घरभेट कार्यक्रम” लाई निरन्तरता दिनका निम्ती आवश्यक बजेट विनियोजन गरेकी छु ।
- . प्रदेश तथा संघीय सरकारसँगको साझेदारीमा शिशु, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति र गर्भवतीको पोषण स्थितिमा सुधार ल्याउन “बहुक्षेत्रीय पोषण कार्यक्रम“को निरन्तरताका लागि आवश्यक बजेट विनियोजन गरेकी छु ।
- . नसर्ने रोगको प्रकोपको न्यूनिकरणका लागि स्वास्थ्य प्रवर्द्धनात्मक सेवामा विशेष जोड दिइनेछ साथै यसको लागि निदानात्मक र उपचारात्मक सेवालाई विस्तारका लागि बजेटको व्यवस्था गरेको छु ।
- . पूर्ण खोप सुनिश्चितता गाउँपालिकाको अवस्थालाई कायम गर्दै हरेक वडाहरुमा खोपको अवस्थाको नियमित अनुगमन तथा समिक्षा साथै वैशाख महिना र वैशाख २४ गतेलाई पूर्ण खोप दिवस मनाउनको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
- . सुत्केरी महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी भएवापत रु. १००० प्रोत्साहन भत्ताको व्यवस्थालाई निरन्तरता दिनका लागि बजेटको व्यवस्था गरेको छु ।
- . महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई स्वास्थ्यका सम्पूर्ण कार्यक्रमहरुमा स्वास्थ्य संस्था र समुदायको काम साथै जनचेतना फैलाउने कार्यमा उत्प्रेरित गर्न नेपाल सरकार र प्रदेश सरकारले उपलब्ध गराउने प्रोत्साहन भत्तामा रु १००० थप गर्नका लागि बजेटको व्यवस्था गरेको छु ।
- . “स्वास्थ्य वीमा कार्यक्रम” लाई थप प्रभावकारी बनाउन र स्वास्थ्य वीमा कार्यक्रमलाई सबैको पहुँचमा पुर्याउनको निम्ति गरिव तथा विपन्न परिवारको नि:शुल्क स्वास्थ्य वीमा गरिदिनको लागि आजश्यक बजेट विनियोजन गरेको छु ।
- . विद्यालयहरुमा किशोर किशोरीहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य साथै बाल तथा छिटो विवाहका कारण हुने असरहरुबारे सचेतना कार्यक्रम संचालन गर्न बजेट विनियोजन गरेको छु ।
- . कुनै पनि विषयमा स्नातक वा सोभन्दा माथि अध्ययन गरिरहेका विद्यार्थीलाई यस पालिका भित्र अध्ययन तथा अनुसन्धान गर्न प्रोत्साहन स्वरुप “तमानखोला गाउँपालिका अध्यक्ष फिलोसिप कार्यक्रम“ संचालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
शिक्षा युवा तथा खेलकुद
- .सामाजिक विकासको मेरुदण्डको रुपमा रहेको शिक्षाको विकास तथा प्रोत्साहनको लागि कुल रु. २ करोड ४5 लाख ४८ हजार ५ सय विनियोजन गरेको छु
- . कोभिड-१९ को विषम परिस्थितिको बेला पनि शैक्षिक गतिमा क्षती नपुगोस् भन्ने अभिप्रायले वैकल्पिक माध्यमबाट सिकाई सहजीकरण गरी विद्यार्थीको सिकाइलाई निरन्तरता दिनका लागि रु. ३ लाख विनियोजन गरेको छु ।
- . “विद्यार्थी प्रतिभा पहिचान खोजी र सम्मान” भन्ने मूल सिद्धान्तका साथ सुरुवात गरिएको गाउँपालिका अध्यक्ष कपलाई निरन्तरता दिनका लागि रु. २ लाख विनियोजन गरेको छु ।
- . परम्परागत सीपलाई आधुनिक सीपमा विकास गर्न, परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषि प्रणालीमा रुपान्तरण गर्ने ज्ञान सीपको विकास गर्न “एक विद्यार्थी एक सीप, एक विद्यालय एक उत्पादन” कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
- . “तमानखोला संस्कृति र सम्पदा हाम्रो सान हाम्रो पहिचान” भन्ने वाक्यलाई आत्मसाथ गर्दै गाउँपालिकाका संस्कृति, सम्पदा र ऐतिहासिक स्थललाई यत्रतत्र सर्वत्र परिचित गराई स्थानीय तथा राष्ट्रिय स्तरमा चिनाउन गाउँपालिका गान निर्माण गरिनेछ जसको लागि रु. १ लाख ५० हजार विनियोजन गरेको छु ।
- . शिक्षण पेशामा पालिका भित्रैबाट सक्षम र दक्ष्य जनशक्ति उत्पादन गरी पालिका अन्तर्गतका विद्यालयमा स्वीकृत शिक्षक दरबन्दीमा पालिका भित्रकै शिक्षकबाट पठनपाठन गर्न पाइयोस् भन्ने मूल लक्ष्यका साथ शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालनका लागि रु. २ लाख विनियोजन गरेको छु
- . शिक्षकको शिक्षण सिकाइलाई योजनावद्ध र प्रभावकारी बनाउन र विद्यार्थीको गृहकार्य नगर्ने परिपाटी हटाउन शिक्षकको लागि Lesson Plan Diary र विद्यार्थीका लागि Homework Diary को व्यवस्था गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
- .आधारभुत तथा माध्यामिक निशुल्क परिक्षा सञ्चालन, अन्तर विद्यालय केन्द्राध्यक्ष, उत्कृष्ट विद्यालय, उत्कृष्ट विषय शिक्षक, उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रमलाई निरन्तरता दिइ आवश्यक बजेट विनियोजन गरेको छु ।
- . एक विद्यालय एक पुस्तकालय निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको “अध्यक्ष पुस्तकालय कार्यक्रम” अन्तर्गत यस वर्ष श्री शान्ति मा.बि. खुंखानीमा पुस्तकालय स्थापनाका लागि बजेटको व्यवस्था गरेको छु ।
- . विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकका वास्तविक समस्या नजिकबाट बुझ्न र उनीहरुका समस्या समाधानका उपायको खोजी गर्न प्रत्येक विद्यालयमा “गाउँपालिका अध्यक्षसँग मेरो कुरा” कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
- . “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सञ्चालन गरिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई थप व्यवस्थित बनाई सञ्चालन गर्नको लागि आवश्यक थप बजेटको व्यवस्था गरेको छु ।
- . विद्यार्थीको पठन सीपको विकास, साहित्यिक सृजना अध्ययन र वाचन, शैक्षिक सामग्री निर्माण तथा प्रदर्शन का लागि पढाई मेला आयोजना गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
- .किशोर किशोरीमा देखापर्ने शारिरीक, मानसिक, संवेगात्मक, नैतिक समस्या समाधान गर्न उनीहरुका लागि “छात्रा छात्रका कुरा उपाध्यक्षसँग” कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
- . बालबालिका तथा किशोर किशोरीहरुलाई शारिरीक तथा मानसिक रुपमा स्वस्थ बनाईराख्न माध्यामिक तहका विद्यार्थीहरुका लागि योग तथा मनोपरामर्श कार्यक्रम संचालन गर्न रु. १ लाख विनियोजन गरेको छु ।
- . “प्रविधियुक्त शिक्षा, बालमैत्री शिक्षा, गुणस्तरिय शिक्षा, विद्यालयको भौतिक पूर्वाधार तमानखोला” भन्ने आदर्श वाक्यलाई आत्मसाथ गर्दै यसै आर्थिक वर्षदेखि विद्यालयलाई प्रविधियुक्त बनाउन प्रत्येक विद्यालयमा इन्टरनेटको पहुँच विस्तारका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
- . निशुल्क सहज र सर्वसुलभ शिक्षा प्रदान गर्नका लागि गाउँपालिका करार शिक्षकलाई निरन्तरता दिँदै शिक्षकहरुको प्रोत्साहन स्वरुप रु.२ हजार तलब भत्ता बृद्धि गरेको छु ।
- . “बालबालिकालाई झिकाऔ, टिकाऔ र सिकाऔ” भन्ने मूल वाक्यका साथ प्रारम्भिक बालविकासको अनुभव सहित कक्षा १ मा बालबालिकाको भर्ना अनिवार्य गर्न सञ्चालनमा रहेका बालविकास केन्द्रलाई निरन्तरता दिदै यसै वर्ष देखि थप १ वटा बालविकास केन्द्र स्थापना गर्नुका साथै नेपाल सरकारको बजेट बक्तव्यमा उल्लेख भएबमोजिम बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीहरुको लागि गाउँपालिकाको तर्फबाट रु ७ हजार थप तलबको गरेको छु ।
- . “विद्यालय विकास मेरो प्रतिवद्धता, सक्रिय सहभागीता र पारदर्शीता” भन्ने मूल वाक्यलाई आत्मसात गर्दै विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यलाई प्रभावकारी बानाउने यसै आर्थिक वर्षदेखि सम्पूर्ण विद्यालय प्रधानाध्यापकका लागि रु. ५ सय प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु ।
- बेरोजगार युवाहरुलाई मागमा आधारित सीपमूलक तालिमको व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
- गाउँपालिका खेलको रुपमा घोषित तारो खेल (आर्चरी) विकास तथा प्रवर्द्धनको लागि रु. १ लाख विनियोजन गरेको छु ।
- गाउँपालिकाभित्र खेलकुदको क्षेत्रको विकास तथा व्यवसायिकता विकासमा टेवा पुर्याउनका लागि तमानखोला खेलकुद विकास कोषको लागि रु ५ लाख विनियोजन गरेको छु ।
खानेपानी तथा सरसफाई:
- . एक घर एक धारा कार्यक्रममा निरन्तरता दिई नेवा संस्थासँगको सहलगानीमा विस्पोल, सन्तर, हिजा र भयरबङ्गा खानेपानी आयोजना तथा गोर्खा वेलफेयर सँगको सहकार्यमा खोलेस्वाङ तथा श्रीवाङ खानेपानी आयोजना संचालन गर्नका लागि गर्ने गरी कुल रु. १९ लाख विनियोजन गरेको छु ।
- . समुदाय स्तरमा फोहोरमैला व्यवस्थापन स्थलको व्यवस्थापन र व्यवस्थित प्रयोगको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
समावेशीकरण गरिबी निवारण तथा कला संस्कृति:
- . सामाजिक-आर्थिक रुपले पछाडी परेका वर्गको सशक्तिकरण र मुलप्रवाहिकरण तथा समाजमा रहेका कुरिथी,कुप्रथा,विभेद र घरेलु हिंसाको अन्त्य गरि समतामुलक सामाजिक न्याय र समानता कायम गर्नुका साथै गाउँपिलकाको भाषा तथा संस्कृतिको संरक्षण तथा विकासको लागि यस शीर्षकमा रु. ५७ लाख विनियोजन गरेको छु।
- . महिला, दलित, जनजाती, अपाङ्ग बालबालिका लगायत लक्षित वर्गको सशक्तिकरण का लागि क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
- . तमानखोला गाउँपालिका भित्रको स्थानीय भाषा तथा संस्कृतिको संरक्षण र विकासका लागि सचेतना तथा खोजमुलक कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
- . तमानखोला गाउँपालिका भित्र रहेका अनाथ तथा असहाय बालबालिकाको पालनपोषण तथा निशुल्क शिक्षादिक्षाको लागि तमान गाउँमा एक बालगृह सञ्चालन गर्न तमानखोला विकास कोषबाट खर्च गर्ने गरी रु. ५ लाख विनियोजन गरेको छु ।
- . विपन्न नागरिक औषधी उपचार सहायतालाई निरन्तरता दिनको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
- . भूमी सम्बन्धि समस्या समाधान आयोगसँगको सहकार्यमा यस गाउँपालिका भित्र रहेका भूमीहिन तथा अव्यवस्थित वसोवासीहरुको उचित व्यवस्थापन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
कृषि तथा सहकारी
- . देशकै मूख्य पेशाको रुपमा रहेको कृषि यस गाउँपालिकाका नागरिकको पनि मुख्य पेशाको रुपमा रहेको छ । त्यसैले समग्रा गाउँपालिकाको आर्थिक विकासको लागि कृषिमा आधुनिकिरण र व्यावसायिकरण गरि उत्पादकत्व बृद्धि गर्न जरुरी छ । त्यसैले कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकिकरण र व्यावसायिकरण प्रवर्द्धन गर्नका लागि कुल रु. ६६ लाख २ हजार विनियोजन गरेको छु ।
- . कृषिमा यान्त्रिकीरण प्रवर्द्धनका लागि आधुनिक कृषि यन्त्रहरुको प्रयोगलाई प्रोत्साहन गर्न अनुदानको कार्यकम संचालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
- . बालि विकास कार्यक्रम मार्फत उन्नत जातको खेतीको विकासको लागि उन्नत वीउ, बिरुवा वितरण र व्यावसायिक खेती सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरेको छु ।
- . रासायनिक मल तथा रासायनिक विषादीको प्रयोगमा कमी ल्याई प्राङ्ग्रारिक खेतीलाई प्रवर्द्धन गर्नका लागि कृषकहरुलाई मलखाद व्यवस्थापन तथा जैविक विषादीको प्रयोग सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
- . विभिन्न अन्नवाली र नगदेवालीको सामुहिक तथा सहकारी खेतीमा जोड दिनका लागि नेपाल सरकार र प्रदेश सरकारसँगको सहकार्यमा पकेट तथा जोनका कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
- . भू-बनोट र संभाव्यताका आधारमा फलफुल खेतीको विकासका लागि स्याउ, ओखर, किवी, कागती को विरुवा वितरण र फलफुल खेती सम्बन्धी तालिम सञ्चालनका कार्यक्रमलाई प्राथमिकतामा राखेको छु ।
- . व्यावसायिक पशुपालन प्रवर्द्धनका लागि पशु नश्ल सुधार कार्यक्रम, भेडाबाख्रा पालन सम्बन्धी तालिम कार्यक्रम, घुम्ती भेडा/बाख्रापालक कृषकहरुका लागि पाल तथा सोलार सेट वितरण, व्यावसायिक कुखुरा पालनको लागि खोर सुधार कार्यक्रमलाई प्राथमिकतामा राखि आवश्यक बजेट विनयोजन गरेको छु ।
- . पशु स्वास्थ्य कार्यक्रम अन्तर्गत पशु उपचार तथा औषधी खरिद् तथा वितरण, खोप खरिद् र पशु स्वास्थ्य शिविरका लागि रु. ९ लाख विनियोजन गरेको छु ।
- . सहकारी संस्थाको दर्ता, नविकरण, नियमन, अनुगमन तथा संस्थागत क्षमता विकास गर्ने व्यवस्था मिलाएको छु । सहकारी सदस्यहरुको क्षमता अभिवृद्धिको लागि सहकारी शिक्षा तालिम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
पर्यटन:
- . तमानखोला गाउँपालिका भित्र रहेका ऐतिहासिक तथा पर्यटकीय महत्वका क्षेत्रहरुको संरक्षण तथा सम्बर्द्धन गरी पर्यटन क्षेत्रको रुपमा विकास गर्नको लागि बराहताल संरक्षण, सोले सहिदपार्क निर्माणको कामलाई प्राथमिकता दिएको छु ।
- . पर्यटन पदमार्गको लागि सूचनाबोर्ड निर्माण तथा बाटो निर्देशक सूचकको व्यवस्था, पर्यटकीय ठाउँहरुको प्रचारप्रसारका लागि पर्यटन गोष्ठी सञ्चालन गर्न साथै प्रत्येक वडामा होमस्टे निर्माण तथा व्यवस्थापन अनुदानको कार्यक्रमको सुरुवातको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
घरेलु तथा लघुउद्यम:
- . घरेलु तथा लघुउद्यम प्रवर्द्धनका लागि युवा तथा महिलाका लागि व्यवसायिक सीप विकास कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
- . कोभिड-१९ का कारण रोजगारी गुमाएका बेरोजगारहरूको लागि संघ र प्रदेशसँगको सहकार्यमा उद्यमशीलता विकास तथा स्वरोजगारी सिर्जना गर्ने कार्यक्रमका लागि आवश्यक बजेट छूट्टाएको छु
- युवा, महिला तथा कोभिड-19 का कारण रोजगार गुमाएकाहरुका लागि व्यावसायिक तथा उद्यम सहुलियत ऋण व्यवस्थापन गर्न रु. ५ लाख विनियोजन गरेको छु ।
सडक, पुल तथा पूर्वाधार निर्माण:
- . संघ र प्रदेश सँगको सहकार्यमा वुर्तिवाङदेखि वोङ्गादोभानसम्मको सडक कालोपत्रे गर्ने कार्यलाई विशेष प्राथमिकतामा राखेको छु ।
- . गाउँपालिका भित्रका सम्पूर्ण सडकहरुलाई मर्मत तथा स्तरोन्नती गरी बाह्रै महिना संचालन गर्न विशेष प्राथमिकतामा राखि बजेट विनियोजन गरेको छु ।
- . गाउँपालिका भित्रका आवश्यक र सम्भाव्य सबै स्थानमा झोलुङ्गे पुल निर्माण गर्न आवश्यक स्रोतको व्यवस्था गरेको छु ।
- . वस्तिबाट वडा तथा गाउँपालिका केन्द्र जोड्ने अधुरा सडकहरूलाई पुरा गर्न तथा भइरहेका सडकहरुको स्तरोन्नती गर्न आवश्यक बजेट विनयोजन गरेको छु ।
- . संघीय तथा प्रदेश सरकासँगको समन्वय र सहकार्यमा गाउँपालिका भित्रका मोटरेबल पुल निर्माण गर्न आवश्यक स्थानमा पुल निर्माणको संभाव्यता अध्ययन र विसतृत परियोजना प्रतिवेदन तयार गरि निर्माण गर्नका लागि आवश्यक बजेट विनयोजन गरेको छु ।
भवन तथा वस्ती विकास
- . गाउँपालिकाभित्रको प्रशासनिक कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउनको निम्ति गाउँपालिकाको प्रशासनिक भवन र वडा कार्यालयहरुको भवन निर्माणलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरेको छु ।
- . सामुदायिक भवनहरुलाई व्यवस्थित गर्न तथा आवश्यक स्थानमा नया भवनहरु निर्माण गर्न आवश्यक बजेट विनियोजन गरको छु ।
- . स्वास्थ्य तथा शिक्षाका पुर्वाधारहरूलाई थप व्यवस्थित गर्न स्वास्थ्य संस्थाहरु र विद्यालयका भवन निर्माणको कामलाई निरन्तरता दिई आवश्यक बजेट विनियोजन गरेको छु ।
उर्जा
- . गाउँपालिका भित्र भएका काठका पोललाई विस्थापित गर्ने कार्यलाई विशेष प्राथमिकतामा राखेको छु ।
- . संघ र प्रदेशसँगको सम्न्वयमा गाउँपालिका भित्रका लघु जलविद्युत आयोजनाको मर्मत र स्तरोन्नती गरि थप व्यवस्थित र भरपर्दो बनाउनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
वन वातावरण र विपद् व्यवस्थापन
- . विपद् व्यवस्थापनका लागि विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरि रु. २५ लाख विनियोजन गरेको छु ।
- . नदि किनार र जोखिममा रहेका वस्तिहरुको संरक्षणका लागि आवश्यक बजेट विनियोजन गरेको छु
- . वन डिभिजनसँगको सहकार्यमा सार्वजनिक खालि जग्गा, पाखा तथा सडक किनारामा वृक्षारोपण गर्न रु. १ लाख विनियोजन गरेको छु ।
- . विपद् व्यवस्थापनमा आवश्यक उद्धार तथा राहत सामग्रीको व्यवस्थापनको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
संस्थागत सेवा प्रवाह र सुशासन
- . गाउँपालिकाको सेवालाई थप पारदर्शी र सेवाग्राहिमैत्री बनाउन गाउँपालिकामा डिजिटल नागरिक वडापत्र र वडा कार्यालयहरुमा नागरिक वडापत्र तथा सुझाब पेटिकाको व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
- . न्यायीक समितिको कार्यसम्पादनलाई थप सुदृढीकरण गर्न र प्रत्येक वडामा स्थापना भएका मेलमिलाप केन्द्रलाई थप क्रियाशील बनाउनका लागि आवश्यक बजेट छुट्टाएको छु ।
- . गाउँपालिकाले गरेका हरेक क्रियाकलापको बारेमा समयमै सूचना तथा जानकारी दिन रेडियो कार्यक्रम संचालन गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
- . पालिकाका योजना तथा कार्यक्रमको बारेमा जनताको गुनासो संवोधन गर्न सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्नका निम्ति रु ३ लाख विनियोजन गरेको छु ।
- . सेवा प्रावहलाई थप प्रभावकारी बनाउन तथा सुशासन प्रवर्द्धन गर्न अन्तरपालिका अनुभव आदान प्रदान तथा अवलोकनको लागि आवश्यक बजेट छुट्टाएको छु ।
- . नेपाल सरकारसँग एकरूपता हुने गरी गाउँपालिका तथा पालिका अन्तर्गत स्वास्थ्य संस्था र वडा कार्यालयहरुमा कार्यरत सम्पूर्ण करार स्वास्थ्यकर्मी, प्राविधिक कर्मचारी तथा कार्यालय सहयोगीहरुको तलबमानमा २०७८ साउन १ गतेदेखि लागु हुने गरी रु. २ हजार बृद्धि गरेको छु । साथै प्राथमिक स्वास्थ्य उपचार परामर्श केन्द्रहरुमा कार्यरत स्वास्थ्यकर्मिहरुको तलबमान बृद्धि गरि रु.१६ हजार पुर्याएको छु ।
- . कोभिड-19 को जोखिममा अग्रपङ्तिमा रही काम गर्ने कर्माचारीहरुलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
- कर्मचारी कल्याण कोषको लागि रु. १० लाख विनियोजन गरेको छु ।
- . कर्मचारी तथा जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि गरी सेवा प्रवाहलाई छिटो, छरितो र प्रविधिमैत्री बनाउन समयानुकु क्षमता विकास तालिम सञ्चालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
- . सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी बनाई गाउँपालिकालाई डिजिटल पालिकाको रूपमा विकास गर्न विद्युतीय सुशासन योजना तयार गर्न आवश्यक व्यवस्था मिलाएको छु ।
सभामुख महोदय
सभाका सदस्य ज्यूहरु
अब म क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आवश्यक पर्ने बजेट विनियोजन र स्रोत अनुमान प्रस्तुत गर्न चाहन्छु ।
- . आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा रु. २7 करोड ४० लाख ८१ हजार 1 सय 50 खर्च हुने अनुमान गरेको छु।
- आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान रू. ६ करोड ८६ लाख, राजश्व बाँडफाडबाट प्राप्त हुने रु. ५ करोड ६५ लाख, रोयल्टी रु. 1 लाख ७८ हजार ४ सय ९९, संघीय सशर्त अनुदान रु. ११ करोड ३६ लाख ६४ हजार, यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान ६८ लाख ६० हजार, प्रदेश सरकारको राजश्व बाडफाडबाट प्राप्त हुने रु. २१ लाख ४२ हजार, सशर्त अनुदान रु. ५० लाख र समपुरक अनुदान ५० लाख, पालिकाको आन्तरीक राजश्वबाट रु.25 लाख बेहोर्दा रु.1 करोड 3६ लाख 36 हजार 6 सय 51 न्यून हुनेछ । उक्त न्यून बजेट पूर्ति गर्न चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च भई बाँकी रहने अनुमानित नगद मौज्दात रु.१ करोड 3६ लाख 36 हजार ६ सय ५१ बाट उपयोग गरिनेछ ।
सभाध्यक्ष महोदय
गाउँसभाका सदस्य ज्यूहरु
अब म आर्थिक वर्ष 2078/079 को राजश्वको नीति प्रस्तुत गर्न चाहन्छु ।
- गाउँपालिकाको क्षेत्राधिकारभित्रका करका आधार फराकिलो पार्दै आन्तरिक राजश्व बृद्धि गर्न कर तथा गैरकर राजश्वको अधिकतम परिचालन गर्ने नीतिलाई अबलम्बन गरेको छु ।
- कर तथा गैरकर राजश्व संकलनलाई प्रभावकारी बनाउन कानुनी, संस्थागत सुधार तथा राजश्व प्रशासनमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गरिनेछ ।
- गाउँपालिका भित्रका सबै व्यावार व्यवसायलाई अनिवार्य करको दायरामा ल्याउन आवश्यक व्यवस्था गरेको छु ।
- गाउँपालिकाले सकंलन गर्ने भूमिकर, मनोरञ्जन कर, विज्ञापन कर लगायत आदि को दर र दायराको आवश्यक अध्ययन गरी राजश्व संकलनलाई थप प्रभावकारी बनाईनेछ ।
- राजश्व सम्बन्धमा व्यवस्था गर्न प्रस्ताव गरिएको आर्थिक विधेयक, 2078 यसैसाथ प्रस्तुत गरेको छु ।उक्त प्रस्ताव सम्बत् 2078 साल साउन १ गतेबाट लागू हुने व्यवस्था मिलाएको छु ।
सभाध्यक्ष महोदय
गाउँसभाका सदस्यज्यूहरु
- अन्तमा बजेट तर्जुमाका लागि मार्गदर्शन गर्नुहुने गाउँपालिका अध्यक्षज्यू, वडाध्यक्षज्यूहरु तथा सम्पूर्ण जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र, नागरिक समाज तथा पत्रकार जगतबाट प्राप्त सुझाव, सहयोग र सल्लाहप्रति हार्दिक आभार प्रकट गर्दछु । यस बजेटको सफल कार्यान्वयनमा नेपाल सरकार, प्रदेश सरकार, गाउँपालिका र सरोकारवालाको पर्याप्त सहयोग प्राप्त हुने विश्वास लिएको छु ।
धन्यवाद ।





