शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ नगरपालिकाको आ.व.२०७८/०७९ को वजेट तथा कार्यक्रम (पूर्ण पाठ)

बागलुङ नगरपालिकाको आ.व.२०७८/०७९ को वजेट तथा कार्यक्रम (पूर्ण पाठ)


  • ढोरपाटन सम्वाददाता
  • असार ११ २०७८, शुक्रबार

बागलुङ नगरपालिकाको नवौं नगरसभामा नगर उपप्रमुख सुरेन्द्र खड्काद्धारा प्रस्तुत बजेट तथा कार्यक्रमको पूर्णपाठ ।

सम्मानीत सभाका अध्यक्ष महोदय,
मुलुकमा आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासवाट बञ्चित भएको वर्ग, तह र समुदायलाई राष्ट्र विकासको मूलधारमा ल्याउनका लागि अवलम्वन गरिएका राष्ट्रिय तथा स्थानीय नीतिमा आधारित रहि सहस्राव्दी विकास लक्ष्य, राष्ट्रिय लक्ष्य अनुरुपका उपलव्धी हाँसिल गर्दै बागलुङ नगरको समग्र विकास समृद्धिका लागि नतिजा मूलक परिणाम निकाल्ने दिशामा हाम्रा नीति कार्यक्रम र बजेट लक्षित हुनेछन् भन्ने व्यहोरा सम्मानित सभा समक्ष राख्न चाहन्छु ।
आगामी आ.व. २०७८।०७९ का लागि नेपालको सविंधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र समय, समयमा नेपाल सरकारवाट जारी गरिएका नियम, कानून र निर्देशिका तथा कार्यविधि वमोजिमका प्रकृयालाई अवलम्बन गरी नगर प्रमुखज्यूवाट सम्मानित सभासमक्ष प्रस्तुत भै पारित भएका स्थानीय नीति तथा कार्यक्रमलाई मुख्य आधार वनाई सहभागिता मुलक ढंगले वजेट तथा कार्यक्रम तर्जुमा गर्ने अधिकतम प्रयास गरिएको छ । यस गरिमामय सभामा नगर प्रमुखज्यूद्धारा मिति २०७८ साल आषाढ ९ मा सम्मानित नगर सभा समक्ष प्रस्तुत नीति तथा कार्यक्रमहरुले निर्दिष्ट गरेका लक्ष र उद्धेश्यवाट प्राप्त मार्ग दर्शन, सहस्राब्दीविकास लक्ष्य र दीगो विकासका लक्ष्य, क्षेत्रगत राष्ट्रिय नीतिहरु एवं योजना तर्जुमाका क्रममा विभिन्न तहबाट प्राप्त हुन आएका सुझावहरु, विगत तथा चालु आ.व. का नीति तथा कार्यक्रम कार्यान्वयनवाट प्राप्त उपलव्धीहरु समेतका आधारमा आगामी आ.व.२०७८।०७९ का लागि प्रस्तुत बजेट तथा कार्यक्रम तयार गरिएको छ । यस नीति, कार्यक्रम तथा बजेटको कार्यान्वयनबाट नगरपालिकाले परिलक्षित गरेका उद्देश्यहरु हासिल गर्नुका साथै राष्ट्रिय विकासका लक्ष्य हासिल गर्न समेत टेवा पुग्न जाने विश्वास लिएको छु ।
स्थानीय श्रोत साधनको परिचालनलाई प्रभावकारी बनाउन करको दायरा फराकिलो पार्ने, सम्पत्ति कर, वहाल कर व्यवसायकर जस्ता कर राजश्वलाई प्रमुख आधारको रुपमा लिई अन्य करहरुलाई बस्तुगत बिश्लेषणका आधारमा समेटदै र परिमार्जन गर्दै जाने, कर प्रशासनलाई सूचना प्रबिधिमा आधारित र कर असुलि प्रकृयालाई सरल र करदातामैत्री बनाउदैं लगिने ब्यवस्था मिलाइने छ । आ.व. २०७८।०७९ का लागि करका दरहरु आर्थिक विधेयक २०७८ मा प्रस्ताव गरिएको छ ।
हाम्रा विकासका कार्ययोजना र बिकासमा नगरबासीको अपनत्व कायम हुनु पर्दछ भन्ने मान्यताका साथ नगरबासीको उच्च सहभागितामा आधारित स्थानीय स्रोतसाधन तथा सिप र प्रबिधिको अधिकतम उपयोगमा आधारित बिकास योजनामा जोडदिंदै सम्पन्न योजनाको मर्मत संभारको जिम्मा स्थानीय उपभोक्तालाई दिने ब्यवस्थालाई संस्थागत गर्दै स्थानीय टोल विकास संस्थालाई सक्षम बनाउन आवश्यक ब्यवस्था मिलाइने छ ।
चालु आ.ब. को अन्त्यतिर आईपुग्दा अनुमान गरे वमोजिमको आय नहुने अवस्था आई योजना तथा कार्यक्रम कार्यान्वयनमा मात्र होईन वजेट खर्च मिलानमा समेत असहजता उत्पन्न हुने अवस्थालाई निरुत्साहित गर्ने प्रयास गरि आय प्रक्षेपणलाई यथार्थपरक वनाउन अधिकतम प्रयास गरिएको छ । संघ तथा प्रदेश सरकारवाट प्राप्त विशेष अनुदान तथा समपुरक अनुदान ढिलोगरी प्राप्त हुने र कार्यान्वयन प्रकृया लामो तथा स्थानीय सहभागिताको अंश अधिक भएका कारण कार्यान्वयनमा असहजता उत्पन्न भएको अवस्था समेतलाई मध्य नजर गरी प्राप्त श्रोत र साधनलाई अधिकतम उपयोगमा ल्याउन आवश्यक पहल गरी सबै योजनाहरुको कार्यान्वयनको कार्ययोजना बनाई समयमै योजना संपन्न गर्ने तर्फ आवश्यक ब्यवस्था मिलाइने छ ।
सम्मानीत सभाका अध्यक्ष महोदय,
-आगामी आ.व. २०७८।०७९ को कार्यक्रम तथा वजेट प्रस्तुत गर्नु भन्दा पहिले गत आ.व. २०७६÷०७७ को यथार्थ आय व्यय एवं चालु आ.व. २०७७÷०७८ को संशोधित आय व्यय सम्बन्धी संक्षिप्त विवरण प्रस्तुत गर्न चाहन्छु ।
आय तर्फ
– गत आ.व.२०७६÷०७७ मा आन्तरिक कर दस्तुर तथा अन्य राजश्व, वैंक मौजदात समेत तर्पm रु ७,४४,३२,७६८।४३ (सात करोड चवालीस लाख वत्तिस हजार सातसय अठसठ्ठी रुपैया त्रिचालिस पैसा ) आय भएको छ ।
-संघीय सरकारकाट प्राप्त राजश्व वाँडफाँडवाट रु ७,७६,७३,९०३।७९ (सात करोड छहत्तर लाख त्रिहत्तर हजार नौसय तिन रुपैया उनासी पैसा ), प्रदेश सरकारवाट प्राप्त राजश्व वाँडफाँडवाट रु २,३७,६७,३५५।८० (दुई करोड सैतिस लाख सतसठ्ठी हजार तिनसय पचपन्न रुपैया असी पैसा), गरी राजश्व वाँडफाँडवाट रु १०,१४,४१,२५९।५९ ( दश करोड चौध लाख एकचालिस हजार दुई सय उनान्साठी रुपैया ) उनान्साठी पैसा आय भएको छ ।
– संघीय सरकार वित्तिय अनुदानवाट प्राप्त रु १६,४७,०००००।– (सोह करोड सतचालिस लाख रुपैया), प्रदेश सरकार वित्तिय अनुदानवाट प्राप्त १,४४,३२,०००।– (एक करोड चवालिस लाख वत्तिस हजार रुपैया) गरी वित्तिय हस्तान्तरण तर्प: रु १७,९१,३२,०००।– ( सत्र करोड एकानव्वे लाख वत्तिस हजारस रुपैया) आय भएको छ ।
– संघीय सरकारवाट प्राप्त सशर्त अनुदान तर्पm रु ४१,२८,७२,४००।–( एकचालिस करोड अठ्ठाईस लाख वहत्तर हजार चार सय रुपैया ) आय भएको छ ।
– विषयगत निकायवाट प्राप्त अन्तर सरकारी अख्तिायारी सामाजिक सुरक्षा समेत तर्पm रु २३,६५,४९,१६१।५३ ( तेईस करोड पैसठ्ठी लाख उनान्पचास हजार एकसय एकसठ्ठी रुपैया त्रिपन्न पैसा ) आय भएको छ ।
– वागलुङ वसपार्क निर्माणका लागि नगर विकास कोषको ऋृणवाट रु १,२८,८१,६५५।– (एक करोड अठ्ठाईस लाख एकासी हजार छ सय पचपन्न रुपैया) आय भएको छ ।
-विभिन्न कोष खाताहरु धरौटी र औद्योगिक ग्राम निर्माण समेत तर्पm रु ६,२५,८१,५८९।९१ (छ करोड पच्चिस लाख एकासी हजार पाँचसय उनानव्वे रुपैया एकानव्वे पैसा ) आय भएको छ ।
– नगरका विभिन्न सडक मर्मत सुधारका लागि सडक वोर्ड तर्पm रु ६१,६७,९६९।– (एकसठ्ठी लाख सतसठ्ठी हजार नौसय उनान्सत्तरी रुपैया ) मात्र आय भएको छ ।
– उल्लेखित कार्यक्रमका शिर्षकहरुको आधारमा आ.व. २०७६।०७७ मा जम्मा रु १०,८,६०,५८,८०३।४६ (एक अरव आठ करोड साठी लाख अन्ठाउन्न हजार आठसय तिन रुपैया छयालिस पैसा मात्र ) यथार्थ आय भएको व्यहोरा सम्मानीत सभासमक्ष प्रस्तुत गर्दछु ।
व्यय तर्फ
-गत आर्थिक वर्ष २०७६।०७७ मा गरिएको क्षेत्रगत विनियोजनका आधारमा कार्यालय सञ्चालनको प्रशासनिक चालु तथा पुंजिगत खर्च तर्पm रु ९,४६,८०,१९०।– (नौ करोड छयालिस लाख असी हजार एकसय नव्वे रुपैया),
– सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका विपद व्यवस्थापन वातावरण तथा जलवायु कानुन तथा न्याय श्रम तथा रोजगारी शासन प्रणाली र योजना तर्जुमा र कार्यान्वयन समेतका सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रमा रु १,२३,२६,४५५।–(एक करोड तेईस लाख छव्विस हजार चारसय पचपन्न रुपैया)
– पुर्वाधार विकास तर्पmका सडक भवन शहरी विकास नविकरणीय उर्जा समेतमा रु १४,९८,७४,१७२।– (चौध करोड अन्ठानव्वे लाख चौहत्तर हजार एकसय वहत्तर रुपैया)
– सामाजिक विकास तर्पmका शिक्षा स्वास्थ्य खानेपानी, भाषा तथा संस्कृति लैंिगक समावेशिकरण युवा तथा खेलकुद सामाजिक सुरक्षा समेतमा रु ५९,०५,०८,३५९।– (उनान्साठी करोड पाँच लाख आठ हजार तिन उनान्साठी रुपैया)
– आर्थिक विकास तर्पmका कृषि तथा पशु पञ्छि, उद्योग, पर्यटन, सहकारी र सिञ्चाई समेतमा रु २,४४,४०,७८६।– (दुई करोड चौवालिस लाख चालिस हजार सातसय छयासी रुपैया)
– शहरी शासकीय क्षमता विकास, सशर्त अनुदान र समानीकरण अनुदान र सामाजिक सुरक्षा समेतको तर्पmको सर्वसञ्चित कोषमा फिर्ता गरिएको रु ४,८७,१४,२४५।( (चार करोड सतासी लाख चौध हजार दुईसय पैचालिस रुपैया)
-यसरी गत आ.व. २०७६।०७७ मा जम्मा रु ८७,१८,२९,९६३।– (सतासी करोड अठार लाख उनान्तीस हजार नौसय त्रिसठ्ठी रुपैया) यथार्थ खर्च भएको छ ।
-सम्मानीत सभाका अध्यक्ष महोदय,
अव म चालु आ.व. २०७७÷२०७८ का लागि संशोधित आय व्यय विवरण संक्षेपमा प्रस्तुत गर्न चाहन्छु ।
आय र व्यय
– आन्तरिक कर दस्तुरवाट रु. ५,३५,५०,०००।– ( पाँच करोड पैतिस लाख पचास हजार रुपैया), स्थानीय सञ्चित कोष वैंक मौजदात तर्पm रु ५,५९,८५,६३४।– ( पाँच करोड उनान्साठी लाख पचासी हजार छ सय चौतिस रुपैया), आन्तरिक श्रोत अन्य अनुदान तर्फ रु ९२,००,०००।– ( वयानव्वे लाख रुपैया) समेत गरी आन्तरकि राजश्व तर्फ रु ११,८९,३५,६३४।–( एघार करोड उनानव्वे लाख पैतिस हजार छ सय चौतिस रुपैया),
– संघीय सरकारकाट प्राप्त राजश्व वाँडफाँडवाट रु १०,२६,००,०००।– (दश करोड छव्विस लाख रुपैया), प्रदेश सरकारवाट प्राप्त राजश्व वाँडफाँडवाट ३,३०,००,०००।– (तिन करोड तिस लाख रुपैया), नगरको विभाज्य कोषवाट रु २६,९५,००० ( छव्विस लाख पञ्चानव्वे हजार रुपैया ) समेत गरी संघ, प्रदेश सरकार र स्थानीय विभाज्य कोषवाट प्राप्त हुने राजश्व वाँडफाँड तर्पm रु १३,८२,९५,०००।– ( तेह« करोड वयासी लाख पञ्चानव्वे हजार रुपैया),
-प्रदेश सरकारवाट प्राप्त हुने वित्तिय हस्तान्तरणवाट २,१३,००,०००।– (दुई करोड तेह« लाख रुपैया )संघीय सरकारवाट प्राप्त वित्तिय हस्तान्तरणवाट रु ७१,८०,९४,०००।– (एकहत्तर करोड असी लाख चौरानव्वे हजार रुपैया) गरी वित्तिय हस्तान्तरण तर्फ रु ७३,९३,९४,०००।– (त्रिहत्तर करोड त्रियानव्वे लाख चौरानव्वे हजार रुपैया)
-वागलुङ नगरपालिका वडा नंं ४ मा वागलुङ वसपार्क निर्माणका लागि नगर विकास कोषको ऋृणवाट रु ४,६१,५३,८५०।–(चार करोड एकसठ्ठी लाख त्रिपन्न हजार आठसय पचास रुपैया) र अनुदानवाट रु ३८,४६,१५०।– (अठ्तिस लाख छयालिस हजार एक सय पचास रुपैया) समेत रु ५,००,०००,००।–।– (पाँच करोड रुपैया) संशोधित आय अनुमान गरिएको छ ।
– उल्लेखित आयका शिर्षकका आधारमा चालु आ.व. २०७७।०७८ का लागि जम्मा रु १,००,००,२२,४१६।– (एक अरव वाईस हजार चारसय सोह« रुपैया) को संशोधित आय अनुमान गरी सोहि वमोजिमको क्षेत्रगत संशोधित व्यय अनुमान वमोजिम व्यय हुने गरी प्रस्ताव गरेकोछु । संशोधित आयको शिर्षकगत विवरण अनुसूची १ मा प्रस्ताव गरिएको छ ।
सम्मानीत सभाका अध्यक्ष महोदय,
अव म आगामी आ.व. २०७८।०७९ का लागि गरिएको अनुमानित आयका आधारमा नगरको समग्र लगानीलाई आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, सुशासन तथा अन्र्तसम्बन्धित क्षेत्र, कार्यालय सञ्चालन, रोजगार प्रवर्धन कार्यक्रम समेतका क्षेत्रमा विभाजन गरी क्षेत्रगत नीति तथा कार्यक्रमका आधारमा आ.व. २०७८।०७९ का लागि अनुमानीत आय व्ययको विवरण संंक्षेपमा प्रस्तुत गर्न चाहन्छु ।
आय तर्फ
– आन्तरिक कर दस्तुरवाट रु. ७,५३,३४,०००।– ( सात करोड त्रिपन्न लाख चौति हजार रुपैया), स्थानीय सञ्चित कोष वैंक मौजदात तर्पm रु ५००,००,०००।– ( पाच करोड रुपैया), आन्तरिक श्रोत अन्य अनुदान तर्पm रु ९२,००,०००।– ( वयानव्वे लाख रुपैया) समेत गरी आन्तरकि राजश्व तर्पm रु १३,४५,३४,०००।–( तेह्र करोड पैचालिस लाख चौतिस हजार रुपैया),
– संघीय सरकारकाट प्राप्त राजश्व वाँडफाँडवाट रु १०,४०,२१,०००।– (दश करोड चालिस लाख एक्काईस हजार रुपैया), प्रदेश सरकारवाट प्राप्त राजश्व वाँडफाँड तर्पm घरजग्गा रजिष्ट्रेशन दस्तुर, सवारी साधन कर, ढुंगा गिटी वालुवा दहत्तर वहत्तर, मनोरञ्जन कर र विज्ञापन कर समेत गरी ३,९७,२०,०००।– (तिन करोड सन्तानव्वे लाख वीस हजार रुपैया), समेत गरी संघ तथा प्रदेश सरकारवाट प्राप्तहुने राजश्व वाँडफाँड तर्पm रु १४,३७,४१,०००।– (चौध करोड सैतिस लाख एकचालिस हजार रुपैया ), आय अनुमान गरिएको छ ।
– संघीय सरकारवाट वित्तिय हस्तान्तरणवाट प्राप्त समानीकरण अनुदान तर्पm रु १७,३८००,०००।– ( सत्र करोड अठतिस लाख रुपैया ) सशर्त अनुदान तर्पm रु ५३,३०,००,०००।– ( त्रिपन्न करोड तिस लाख रुपैया ) विशेष अनुदान तर्पm रु २,३३,००,०००।– ( दुई करोड तेत्तिस लाख रुपैया ) समपुरक अनुदान तर्पm रु १,७१,००,०००।– ( एक करोड एकहत्तर लाख रुपैया ) गरी जम्मा रु ७४,७२,००,०००।– ( चौहत्तर करोड वहत्तर लाख रुपैया ) प्रदेश सरकारवाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान तर्पm रु २,१५,००,०००।– ( दुई करोड पन्ध्र लाख रुपैया ) गरी संघीय तथा प्रदेश सरकारवाट प्राप्त वित्तिय हस्तान्तरण जम्मा रु ७६,८७,००,०००।– ( छहत्तर करोड सतासी लाख रुपैया ) आय अनुमान गरिएको छ ।
– उल्लेखित आयका शिर्षकका आधारमा आगामी आ.व. २०७८।०७९ का लागि जम्मा रु १,०५,६८,३०,०००।– (एक अरव पाँच करोड अठसठ्ठी लाख तिस हजार रुपैया) को आय अनुमान गरी सोहि वमोजिमको श्रोतगत आय अनुमान प्रस्ताव गरेको छु । आयको शिर्षकगत विवरण अनुसूची १ मा प्रस्ताव गरिएको छ ।

सम्मानीत सभाका अध्यक्ष महोदय,
आ.व. २०७८।०७९ का लागि गरिएको अनुमानित आयका आधारमा नगरको समग्र लगानीलाई आर्थिक विकास, सामाजिक विकास, भौतिक पुर्वाधार विकास, सुशासन तथा अन्तर्रसम्वन्धित क्षेत्र, विपद व्यवस्थापन, सामाजिक सुरक्षा र कार्यालय सञ्चालन समेतका क्षेत्रमा विभाजन गरी क्षेत्रगत नीति तथा कार्यक्रमका आधारमा क्षेत्रगत विनियोजनको व्यवस्था मिलाईएको छ ।

सभाध्यक्ष महोदय,
आगामी आ.व. २०७८।०७९ को लागि कुल अनुमानीत आय रु १,०५,६८,३०,०००।– (एक अरव पाँच करोड अठसठ्ठी लाख तिस हजार रुपैया) को आय अनुमान र र व्यय अनुमान सम्मानित सभा समक्ष प्रस्तुत गरेकोछु । आ.व.२०७८।०७९ मा पुजिगत व्यय अनुमान र चालुखर्च तर्फको व्यय अनुमान क्रमशः अनुसूची २ मा प्रस्तुत गरेको छु ।
आर्थिक विकास तर्फ
कृषि
-कृषि वाली तथा वागवानी विकास कार्यक्रम का लागि सशर्त कार्यक्रम समेत तर्पm ८६,००,०००।– , ( छयासी लाख रुपैया ) , प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम र कृषि विकास रणनीतिक कार्यक्रम समेतका लागि सशर्त कार्यक्रम तर्फ रु ४८,००,०००।– (अठचालिस लाख रुपैया ) र निशर्त कार्यक्रम तर्पm रायडाँडा विशेष कार्यक्रम सहित रु २५,००,०००।– ( पच्चिस लाख रुपैया ) गरी कृषित तर्फ रु १,५९,००,०००।– ( एक करोड उनान्साठी लाख रुपैया ) विनियोजनको व्यवस्था गरिएको छ ।
पशु विकास
-पशु विकास कार्यक्रमका लागि सशर्त कार्यक्रम समेत रु.४४,००,०००।–(चौवालिस लाख रुपैया) र निशर्त कार्यक्रम तर्फ रु २५,००,०००।– ( पच्चिस लाख रुपैया ) गरी पशु विकास तर्फ रु ६९,००,०००।– ( उनान्सत्तरी लाख रुपैया) विनियोजनको व्यवस्था गरिएको छ ।
सहकारी
– स्थानीय सहकारी संस्थाहरुको नियमन तथा प्रर्वधन समेतका लागि रु १०,००,०००।– ( दश लाख रुपैया ) विनियोजन गरिएको छ ।
पर्यटन
-पर्यटन पुर्वाधार विकासका लागि सशर्त अनुदान कार्यक्रम तर्पm भैरवस्थान, पञ्चकोट, मदन आश्रीत पार्क सुधार मा रु ३०,००,०००।– ( तिस लाख रुपैया ) , वीरेन्द्र ऐश्वर्य पार्क पुन संरचना र भकुण्डे पर्यटन प्रवर्धन समेतका लागि निशर्त कार्यक्रम तर्पm पर्यटन प्रवर्धनका लागि रु ८०,००,०००।– (असि लाख रुपैया ) गरी १,१०,००,०००।– (एक करोड दश लाख रुपैया ) बिनियोजन गरिएको छ ।

उद्यम विकास तथा रोजगार प्रवर्धन
– आर्थिक वर्ष २०७५।०७६ देखि लागु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सशर्त अनुदान तर्पm रु ५३,००,०००।– ( त्रिपन्न लाख रुपैया)
– युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाका लागि सशर्त कार्यक्रम तर्पm रु रु ५२,००,०००।– (वाउन्न लाख रुपैया )
-चालु आ.व. देखि सञ्चालनमा ल्याईएको उद्यम विकास कार्यक्रमका लागि सशर्त अनुदान तर्पm रु ३३,००,०००।– ( तेत्तिस लाख रुपैया ) विनियोजन गरिएको छ । उद्यम विकास सम्बन्धी रणनैतिक योजना अद्यावधिकका लागि नगरपालिका निशर्त कार्यक्रम तर्पm रु ३,००,०००।– (तिन लाख रुपैया) ,
-उद्यम विकास तथा रोजगार प्रर्वधन तर्फ रु १,४१,००,००० (एक करोड एकचालिस लाख रुपैया ) समेत गरि आर्थिक विकास तर्फ सर्शत र निर्शत कार्यक्रम समेतवाट रु ४,८९,००,००० (चार करोड उनानब्बे लाख रुपैया ) बिनियोजनको व्यवस्था गरिएको छ ।

सामाजिक विकास तर्फ
शिक्षा
– शिक्षा विकास तथा व्यवस्थापनका लागि सशर्त तर्पmका विभिन्न कार्यक्रमहरुका लागि रु ३८,२९,००,०००।. अठतिस करोड उनान्तीस लाख रुपैया) र नगरपालिका निशर्त कार्यक्रम तर्पm वाल विकास केन्द्रका सहजकर्ताको पारीश्रमिक सहित रु १,२२,२४,०००।– ( एक करोड वाईस लाख चौविस हजार रुपैया ) गरी शिक्षा विकास व्यवस्थापन र सञ्चालन तर्पm रु ३९,५१,२४,०००। –उनान्चालिस करोड एकाउन्न लाख चौविसहजार रुौपैया ) विनियोजनको व्यवस्था मिलाईएको छ । गत आ.व.२०७६।०७७ देखि नगरका ५ वटा विद्यालयहरुमा सञ्चालन गरिएको स्कुल नर्सिङ कार्यक्रमलाई निरन्तरता दिईएको छ ।
– वागलुङ नगरपालिका क्षेत्र भित्र कार्यरत प्रारम्भिक वालविकास केन्द्रका सहज कर्तालाई नेपाल सरकारले घोषणा गरेको मसिक पारीश्रमिकमा रु ७,०००।– थप गरी मासिक रु १५,०००।– कायम गरएको छ ।
स्वास्थ्य सेवा
-जन स्वास्थ्य सेवा तर्फका परिवार कल्याण कार्यक्रम, महामारी रोग नियन्त्रण कार्यक्रम, सामाजिक सुरक्षा सेवा कार्यक्रम प्राथमिक स्वास्थ्य सेवा लगायतका विभिन्न कार्यक्रमका लागि सशर्त तर्पm रु ५,५१,००,०००।– ( पाँच करोड एकाउन्न लाख रुपैया)
– नगरपालिका निशर्त कार्यक्रम तर्पm विश्वभरी पैmलिएको प्राणघातक रोग कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोकथाम नियन्त्रण तथा व्यवस्थापन कार्यक्रमका लागि रु ८६,००,०००।– ( छयासी लाख रुपैया) शहरी स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य ईकाई सञ्चालन र व्यवस्थापनका लागि ४०,००,०००। (चालिस लाख रुपैया ) र पैयुपाटामा नगर अस्पताल सञ्चालनका लागि १०,००,०००। ( दश लाख रुपैया ) समेत गरी जनस्वास्थ्यका विभिन्न कार्यक्रम लागि रु १,७४,,६५,०००।– (एक करोड चौहत्तर लाख पैसठ्ठी हजार रुपैया) विनियोजनको व्यवस्था मिलाईएको छ ।
– आगामी आ.व.२०७८।०७९ मा स्वास्थ्य चौकीको मौजुदा भवनवाट पैयुपाटामा नगर अस्पताल सञ्चालनको व्यवस्था मिलाईने छ ।
-नगरको वलेवा आयुर्वेद चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समेतका लागि सशर्त अनुदान कार्यक्रम तर्फ रु ३३,००,०००।– (तेत्तिस लाख रुपैया) र निशर्त कार्यक्रम तर्पm रु १,,५०,०००। – ( एक लाख पचास हजार रुपैया ) गरी ३४,५०,०००। ( चौतिस लाख पचास हजार रुपैया ) विनियोजन रएको छ ।
– यसरी उल्लेखित क्षेत्रसमेत गरी जनस्वास्थ्य कार्यक्रम तर्पm ७,५८,६५,०००।– ( सात करोड अन्ठाउन्न लाख पैसठ्ठी हजार रुपैया ) विनियोजनको व्यवस्था मिलाईएको छ ।
युवा तथा खेलकुद विकास
– संघीय तथा प्रदेश सरकारसंगको सह लगानीका लागि समपुरक कोषतर्फ १,७१,००,०००। (एक करोड एकहत्तर लाख रुपैया ) मा नगरपालिकाको समपुरक कार्यक्रमवाट रु १,७१,००,०००।– ) (एक करोड एकहत्तर लाख रुपैया ) थप गरी वाँगेचौर खेलमैदान निर्माणका लागि रु ३,४२,००,०००।– (तिन करोड वयालिस लाख रुपैया) विनियोजनको व्यवस्था मिलाईएको छ ।
– युवा तथा खेलकुद विकासका लागि निशर्त कार्यक्रम तर्फ मेयर कप कार्यक्रम, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, विभिन्न खेलकुद मैदान सुधार विस्तार समेतका लागि रु ९३, ५०,०००।– (त्रियानव्वे लाख पचास हजार रुपैया) र राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि सशर्त अनुदान कार्यक्रम तर्पm रु १,००,०००।– ( एकलाख रुपैया ) समेत गरी ९४,५०,०००। ( चौरानव्वे लाख पचास हजार रुपैया ) विनियोजनको व्यवस्था मिलाईएको छ ।
– यसरी युवा तथा खेलकुद विकासका लागि रु ४,३६,५०,०००।– ( चार करोड छत्तिस लाख पचास हजार रुपैया ) विनियोजनको व्यवस्था मिलाईएको छ ।
लैंगिक समानता तथा सामाजिक समावेशिकरण
– अल्पकालिन महिला सेवा केन्द्र सञ्चालनका लागि समेत सशर्त कार्यक्रम तर्फ  रु ६,००,०००।– ( छ लाख रुपैया)
– निशर्त कार्यक्रम तर्पm महिला जनजाती जनजाती जेष्ठ नागरिक फरक क्षमता भएका समेतका लक्षित वर्ग कार्यक्रमका लागि रु १७,००,०००।– (सत्र लाख रुपैया ) र भगत सर्वजित प्रतिष्ठान का लागि रु १०,००,०००।–( दश लाख रुपैया) र दलित विशेष कार्यक्रमका लागि रु २०,००,००० ( विस लाख रुपैया ) गरी लैंिगक समानता तथाा तथा सामाजिक समावेशिकरण तर्पm रु ४७,००,०००।– (सतचालिस लाख रुपैया) विनियोजन गरिएको छ ।
– राष्ट्रिय परिचय पत्र वितरण तथा पञ्जिकरण व्यवस्थापनका लागि सशर्त अनुदान कार्यक्रम तर्फ रु २१,००,०००।– ( एक्काईस लाख रुपैया ) विनियोजनको व्यवस्था गरिएको छ ।
– यसरी लैंिगक समानता तथा सामाजिक समावेशिकरण तर्फ ७४,००,०००। – ( चौहत्तर लाख रुपैया ) विनियोजन गरिएको छ ।
सुरक्षित आप्रवाशन परियोजना
– गत आ.व. २०७६।०७७ वागलुङ नगर क्षेत्रमा वैदेशिक रोजगारी खासगरी खाडी मुलुक र मलेशिया जस्ता देशमा रोजगारीमा गएका नागरिकहरुलाई वैदेशिक रोजगारी सम्बन्धी सूचना तथा जानकारीहरु उपलव्ध गराउने, ठगिमा परेका, अलपत्र तथा वेपत्ता भएकाहरुका लागि उद्धार सम्बन्धी कार्यहरु गर्ने, वैदेशिक रोजगारीवाट प्राप्त आयलाई सदुपयोग गर्नका लागि वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, ठगि अलपत्र वेपत्ता अवस्थामा रहेका घरपरिवारलाई मनो सामाजिक परामर्श उपलव्ध गराउने र अवस्था तथा आवश्यकता अनुसार कानूनी सहायता उपलव्त्र गराउने जस्ता कार्यहरु समेत गर्नेगरी सशर्त अनुदान तर्फ रोजगार प्रवर्धन कार्यक्रमका लागि सशर्त अनुदान तर्पm रु ६१,००,०००।– ( एकसठी लाख रुपैया ) र सुरक्षित आप्रवाशन परियोजना सहकार्यका लागि निशर्त कार्यक्रम तर्फ रु ३,००,०००।– (तिन लाख रुपैया) गरी कुल ६४,००,०००।– ( चौसठ्ठी लाख रुपैया ) विनियोजनको व्यवस्था गरिएको छ ।
भाषा साहित्य कला र संस्कृति
– भाषा साहित्य कला संस्कृति संरक्षण तथा प्रवर्धनका लागि सशर्त अनुदान कार्यक्रम तर्फ भैरवस्थान संसारकोट र सिद्धि विनायक मन्दिर समेतका लगि रु ३०,००,०००। ( तिस लाख रुपैया ) र भाषा साहित्य र कला संस्कृति संरक्षण र सम्वर्धन का लागि निशर्त कार्यक्रम तर्फ रु ५,००,०००। ( पाँच लाख रुपैया ( गरी भाषा साहित्य कला र संस्कृति तर्फ रु ३५,००,०००। – (पैतिस लाख रुपैया ) विनियोजन गरिएको छ ।
ग्रामिण तथा नविकरणीय
– राष्ट्रिय ग्रामिण तथा नविकरणीय उर्जा कार्यक्रमका लागि सशर्त अनुदान तर्फ रु ८,००,०००।– (आठलाख रुपैया) विनियोजनको व्यवस्था गरिएको छ ।
सुरक्षित आवास व्यवस्थापन कार्यक्रम
– जनता सुरक्षित आवास व्यवस्थापन कार्यक्रमका लागि सशर्त अनुदान तर्फ रु ३१,००,०००।–( एकतिस लाख रुपैया ) विनियोजन गरिएको छ ।

खानेपानी
– दायित्व श्रृजना भएका खानेपानी योजना सहितनगरका विभिन्न खानेपानी आयोजना का लागि निशर्त कार्यक्रम तर्फ रु ५८,५०,०००।– (अन्ठाउन्न लाख पचास हजार रुपैया) विनियोजन गरिएको छ ।
– यसरी आ.व. २०७८।०७९ का लागि सामाजिक विकास तर्फ रु ५४,१६,८९,०००।– ( चवन्न करोड सोह्र लाख उनानव्वे हजार ) विनियोजनको व्यवस्था मिलाईएको छ ।
पुर्वाधार विकास तर्फ
सडक तथा नाली
– सडक वोर्डका योजना तथा कार्यक्रमका लागि सडक वोर्ड अनुदान तर्पm रु ९२,००,०००। ( वयानव्वे लाख रुपैया विनियोजन गरिएको छ भने यसका लागि स्थानीय सहभागिताको अंशका लागि स्थानीय समपुरक वाट रु ४१,००,०००। ( एकचालिस लाख रुपैया ) गरी सडक वोर्ड तर्पm रु १,३३,००,०००। (एक करोड तेत्तिस लाख रुपैया) विनियोजनको व्यवस्था गरिएको छ ।
– नगर विकासमा सडकको अधिकतम महत्व भएको तथ्यलाई आत्मसात गरी वडास्तरीय पुर्वाधार निर्माणको अतिरिक्त एक वडा एक सडक स्तरोन्नती सञ्चालन गर्ने गरी रु २,८०,००,०००।– ( दुई करोड असि लाख रुपैया )
-सवै वडाको केन्द्रसम्म पक्की सडक पु—याउने लक्ष लिईएकोमा श्रोत साधनको अभावका कारण पक्की सडक पु—याउन नसकिएका र संघ प्रदेश सरकारको रणनैतिक सडक क्षेत्रमा पनि नपरेका वडा नंं ९, १२,१३ र १४ का वडा कार्यालय सम्म पुग्ने पक्की सडक योजनालाई वहुवर्षिय योजनामा समावेश गर्ने गरी हालका लागि रु ९०,००,०००।– ( नव्वे लाख रुपैया ) विनियोजन गरिएको छ ।
– पुर्वाधारजन्य अन्य विभिन्न कार्यक्रम अन्तर्गत सडक चोक सुधारका लागि रु १०,००,०००।– (दस लाख रुपैया ) विनियोजन गरिएको छ ।
– जनसहभागितामा आधारित सडक निर्माण कार्यका लागि रु ५०,००,०००।– ( पचास लाख रुपैया ) विनियोजन गरिएको छ ।
– नगरका विभिन्न सडक स्तरोन्नती तर्पm ५,५३,००,०००। – ( पाँच करोड त्रिपन्न लाख रुपैया ) विनियोजन गरिएको छ ।
भवन तथा आवाश
– संघीय सरकारवाट प्राप्त हुने विशेष अनुदान तर्फवाट वृद्धाश्रम निर्माण लागि रु १,२५,००,०००।– ( एक करोड पच्चिस लाख रुपैया ) र मुलपानी स्वास्थ्य चौकी भवन निर्माणका लागि रु १,०८,००,०००।– ( एक करोड आठ लाख रुपैया ) गरी २,३३,००,०००। ( दुई करोड तेत्तिस लाख रुपैया ) विनियोजन गरिएको छ ।
– वडा कार्यालय व्यवस्थित नभएका कारण कार्यसम्पादनमा कठिनाई भएको तथ्यलाई आत्मसात गरी ७ नंं वडा कार्यालयका लागि रु ३०,००,०००।– ( तिस लाख रुपैया) र मानव सेवा आश्रम भवन निर्माणका लागि रु १०,००,००० र अन्य भवन मर्मत सुधार तर्फ रु १०,००,०००।– (दस लाख रुपैया) गरी भवन आवाश तर्पm रु ५०,००,०००।– ( पचास लाख रुपैया) विनियोजन गरिएको छ ।
-भवन निर्माण तर्फ जम्मा रु २,८३,००,०००। – ( दुई करोड तेत्तिस लाख रुपैया ) विनियोजन गगरिएको छ

सिञ्चाई
-चालु आ.व. मा सञ्चालन गरिएको दम्क फाँट लिप्mिटङ सिञ्चाई आयोजना कार्यान्वयनमा रहेको छ भने आगामी आ.व.मा विभिन्न सिञ्चाई योजनाका लागि रु १५,००,०००।– ( पन्ध्र लाख रुपैया ) विनियोजन गरिएको छ
समपुरक कोष
– संघीय तथा प्रदेश सरकारसंगका सहलगानीका आयोजनाहरु, वांगेचौर खेलमैदान निर्माण, मालिका वन्यजन्तु पार्क निर्माण, सडक वोर्ड झोलुंगे पुल , भान्सा साँधखोला अल्छे सडक स्तरोन्नती तथा अन्य विभिन्न कार्यक्रम समेतका लागि रु ६,१५,००,०००।– ( छ करोड पन्ध्र लाख रुपैया) विनियोजन गरिएको छ ।
सशर्त तर्फका कार्यक्रमहरु
-शहरी शासकीय क्षमता विकास कार्यक्रमका लागि सशर्त अनुदान कार्यक्रम तर्पm २,५०,००,०००।– (दुई करोड पचास लाख रुपैया)
– गण्डकी प्रदेश सरकारवाट प्राप्त हुने सशर्त कार्यक्रम तर्फ पञ्चकोट संसारकोट पुर्वाधार विकास आयोजनाका लागि रु ५०,००,०००।– ( पचास लाख रुपैया )
-आ.व. २०७८।०७९ का लागि विभिन्न सशर्त कार्यक्रम तर्फ रु ३,००,००,०००। ( तिन करोड रुपैया ) विनियोजनको व्यवस्था गरिएको छ ।
मोटरेवल पुल
– स्थानीय स्तरका सडक पुल तथा सामुदायिक पहुँच सुधार कार्यक्रमका रिठेखोला, सिमलपाटा– आरुपाटा वडा नंं ९ र १० जोड्ने मोटरेवल पुल निर्माणका लागि सशर्त अनुदान तर्पm रु १,२०,००,०००।– ( एक करोड विस लाख रुपैया ) विनियोजन गरिएको छ ।
झोलुंगे पुल
ड्ड झोलुंगे पुल क्षेत्रगत कार्यक्रमका लागि वडा नंं ११ सर्लेङवाट जैमिनि कालापाताल जोड्ने, रिठेखोला झोलुंगे पुल र वा.न.पा. १० र काउले खोला झोलुंगे पुल वडा नंं ११ का लागि सशर्त अनुदान तर्पm रु ३३,००,०००।– ( तेत्तिस लाख रुपैया ) विनियोजन गरिएको छ ।

 

अन्य विभिन्न कार्यक्रम
– अन्य आकस्मिक योजना तथा कार्यक्रम तथा पुर्वाधारजन्य अन्य विभिन्न कार्यक्रमहरुका लागि २,३६,००,०००।– ( दुई करोड छत्तिस लाख रुपैया )
-आगामी आ.व.का लागि जिम्मेवारी सर्ने क्रमागत चालु तथा पुजिगत योजना तथा कार्यक्रमको भुक्तानीका लागि रु १,५०,००,०००।– (एक करोड पचास लाख रुपैया ) विनियोजन गरिएको छ ।
– यसरी आ.व. २०७८।०७९ का लागि पुर्वाधार विकास कार्यक्रम तर्पm रु २३,०५,००,०००। – ( तेईईस करोड पाँच लाख रुपैया ) विनियोजनको व्यवस्था गरिएको छ ।

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र
– न्यायिक समिति तर्फका कानून तथा न्याय क्षेत्रसंग सम्बन्धित विभिन्न कार्यक्रमहरुका लागि ५,००,०००।– (पाँच लाख रुपैया )
-सामाजिक परिक्षण समेत शासन प्रणाली तर्फ रु १६,५०,०००।– ( सोह्र लाख पचास हजार रुपैया
-वातावरणीय प्रभाव मुल्यांकन तथा विपद प्रतिकार्य योजना निर्माण, योजना तर्जुमा कार्यान्वयन तथा उपभोक्ता अनुशिक्षण समेतका कार्यका लागि प्रशासकीय सुधार तर्पm रु २६,५०,०००।– ( छव्विस लाख पचास हजार रुपैया)
– विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यक्रम, वन तथा भु संरक्षण कार्यक्रम र नियमित फोहोरमैला व्यवस्थापन समेतका अन्य विभिन्न कार्यक्रम तर्फ रु १,३८,५०,०००। – ( एक करोड अठतिस लाख पचास हजार रुपैया ) को व्यवस्था गरिएको छ ।
– वडास्तरीय योजना तथा कार्यक्रमका लागि रु ७,३४,७५,०००। ( सात करोड चौतिस लाख पचहत्तर हजार रुपैया ) विनियोजन गरिएको छ ।
– नगरको फोहोरमैला व्यवस्थापन तथा सडक नाली सरसफाईका लागि रु ३३,००,०००।– (तेत्तिस लाख रुपैया) र विनियोजन गरिएको छ ।

चालु तथा प्रशासनिक खर्च
-नगरपालिका चालु खर्च १३,००,००,०००। – (तेह्र करोड रुपैया ) नगरपालिका पुंजिगत खर्च तर्फ रु १,११,००,०००। ( एक करोड एघार लाख रुपैया, ) वडा कार्यालय सञ्चालन खर्च रु ७०,००,०००। ( सत्तरी लाख रुपैया ) नगर विकास कोषको व्याज भुक्तानीका लागि रु ५०,००,०००।–( पचास लाख रुपैया ) नगर विकास कोषको साँवा भुक्तानीका लागि रु ५०,००,०००। ( पचास लाख रुपैया ) गरी कार्यालय सञ्चालन चालु तथा पुंिजगत र वित्तिय व्वस्थापन तर्फ गरी १५,८१,००,०००। ( पन्ध्र करोड एकासी लाख रुपैया ) खर्च हुनेगरी विनियोजनको व्यवस्था मिलाईएको छ । चालु खर्च तर्फको विवरण अनुसूची २ मा प्रस्ताव गरिएको छ ।

सभाध्यक्ष महोदय,
उल्लेखित क्षेत्रगत विनियोजित शिर्षकगत व्ययका आधारमा आ.व. २०७८।०७९ का लागि कुल रु १,०५,६८,३००००।– (एक अरव पाँचकरोड अठसठ्ठी लाख तिस हजार रुपैया) को अनुमानीत आय र सोहि वमोजिम क्षेत्रगत व्ययको प्रस्ताव प्रस्तुत गरेको छु ।
सम्मानीत सभाका अध्यक्ष महोदय,
आगामी आ.व.२०७८।०७९ को वार्षिक नीति तथा कार्यक्रमले निर्देशित गरे वमोजिम यस वजेट तथा कार्यक्रममा समावेश गरिएका केहि महत्वपुर्ण पक्षलाई संक्षेपमा प्रस्तुत गर्न चाहन्छु ।
 कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोकथाम नियन्त्रण तथा व्यवस्थापन कार्यक्रमः हाल विश्वव्यापीरुपमा पैmलिएको कोरोना भाईरसको दोश्रो लहरले हामीलाई फेरी आक्रान्त वनाएको छ यसको रोकथाम नियन्त्रण तथा व्यवस्थापनका लागि स्वास्थ्यकर्मिहरु अन्य कर्मचारीहरु र जनप्रतिनिधिहरु समेतवाट अधिकतम प्रयाश गरिएको छ । अझै केहि समय यसको संक्रमण कायमै रहने सम्भावनालाई मध्यनजर गरी आगामी आ.व.मा समेत यसको व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखि वजेट विनियोजनको व्यवस्था गरिएको छ ।
 “गरिवसंग मेयर ऋृषिराम” कार्यक्रमः “गोविन्द अधिकारी व्यवसायिक शिक्षा छात्रवृत्ति कार्यक्रम” कृषि क्याम्पस सञ्चालन कार्यक्रमलाई आगामी आ.व.का लागि जिम्मेवारी सर्ने योजना तथा कार्यक्रममा समावेश गरी निरन्तरता दिईने छ ।
 नेपाल दलित आन्दोलनका अगुवा “भगत सर्वजित” विश्वकर्माको सम्मानमा भगत सर्वजित प्रतिष्ठान लाई व्यवस्थित गर्न आगामी आ.व.मा वजेट व्यवस्थापन गरिएको छ ।
 मालिका जुलोजिकल पार्क (प्राणी उद्यान) ः बागलुङ नगरपालिका वडा नं ५ र ७ मा अवस्थित मालिका वन क्षेत्रमा जुलोजिकल पार्क (प्राणि उद्यान) निर्माणको लागि गत आर्थिक वर्ष २०७६।०७७ मा विस्तृत परियोजना प्रतिवेदन गण्डकी प्रदेश सरकार समक्ष पेश गरिएकोमा प्रदेश सरकारवाट चालु आ.व.का लागि रु ५०,००,०००।– (पचासलाख रुपैया) वजेट विनियोजन भई कार्य भईरहेकोले आगामी वर्षमा समेत उक्त कार्यक्रमको निरन्तरता दिई प्रदेश सरकारवाट रकम विनियोजन हुनेमा विश्वास गरी उक्त परियोजनाको स्थानीय सहभागिताको अंश समपुरक कोषमा व्यवस्था गरिएको छ ।
 शहरी शासकीय क्षमता विकास कार्यक्रम ः नगरपालिकाको संस्थागत क्षमता विकास एवं शासकीय सुधार तथा नगरको पुर्वाधार विकासका लागि शहरी शासकीय क्षमता विकास कार्यक्रमलाई प्रभावकारी तवरले कार्यान्वयन गरिने छ ।
ड्ड वडा केन्द्र पहुँच मार्ग ः सवै वडाको केन्द्रसम्म पक्की सडक पु—याउने लक्ष लिईएकोमा श्रोत साधनको अभावका कारण पक्की सडक पु—याउन नसकिएका र संघ तथा प्रदेश सरकारको रणनैतिक सडक क्षेत्रमा पनि नपरेका वडा नंं ९, १२,१३ र १४ का वडा कार्यालय सम्म पुग्ने पक्की सडक योजनालाई वहुवर्षिय योजनामा समावेश गरी वडा केन्द्र पहुँच मार्ग निर्माणमा जोड दिईएको छ ।
 जल्किनी भैरवस्थान सडक निर्माण ः नगरको धार्मिक पर्यटकीय स्थान प्रशिद्ध काल भैरवस्थान सम्म यातायातको सहज पहुँचको व्यवस्था गर्ने उद्धेश्यले उक्त सडक निर्माणलाई उच्च प्राथमिकतामा राखि यस आ.व.मा सम्पन्न गर्नेगरी कार्य अगाडी वढाईएको सन्दर्भमा कोभिड र भिषण वर्षातका कारण यस वर्ष सम्पन्न हुन सक्ने अवस्था नदेखिएकोले म्याद थप तथा श्रोत सुनिश्तिताका लागि नेपाल सरकार अर्थ मन्त्रालयसंग समन्वय गरिने छ ।
 वृद्धाश्रम निर्माण ः संघीय सरकारवाट प्राप्त हुने विशेष अनुदानवाट नगरको वडा नं. ४ निरयमा भवन निर्माण कार्यको प्रकृया प्रारम्भ गरिएको छ उक्त कार्यलाई आगामी वर्ष सम्पन्न गर्नेगरी वजेट विनियोजन गरिएको छ ।
 कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाः कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना संचालन गर्न प्रधानमन्त्रि रोजगार प्रवर्धन कार्यक्रमका लागि वजेट व्यवस्था गरिएको छ । यसलाई प्रत्यक्ष ग्रामिण वेरोजगारी समस्यासंग आवद्ध गरिने छ ।
 विरशाली पन्त स्मृती साहित्य पुरस्कार ः बागलुङ नगरपालिकामा जन्मभई नेपाली साहित्य आकाशका उज्वल नक्षत्रका रुपमा रहनु भएका सर्जक स्वर्गिय विरशाली पन्तको स्मृति र सम्मानार्थ विरशाली पन्त साहित्य स्मृति पुरस्कार अक्षय कोषको व्यवस्था मिलाईएको छ । उक्त अक्षय कोषबाट प्राप्त व्याजबाट हरेक दुई दुई वर्षमा विरशाली पन्त स्मृति सहित्य पुरस्कारको व्यवस्था मिलाइने छ ।
 एकिकृत शहरी विकास योजना निर्माणः आ.व. २०७८।०७९ मा बागलुङ नगरको एकिकृत शहरी विकास योजना निर्माण गरिनेछ र सो को लागि आवश्यक वजेटको व्यवस्था मिलाईएको छ
 कर छुट ः आर्थिक ऐन बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थाहरुलाई कोरोना भाईरसको संक्रमणका कारण भएको लकडाउनले पारेको प्रभावलाई मध्यनजर गरी सो वाट प्रभावित करदातालाई आर्थिक ऐन २०७८ मा व्यवस्था भए वमोजिम छुट दिईने छ ।
 कृषि वजार केन्द्र ः कृषिजन्य स्थानीय उत्पादन प्राथमिकतामा राखि कृषिजन्य उत्पादनमा उत्पादक र उपभोक्ता वीचको खरिद विक्रि मुल्यको दुरी कमगर्ने उद्धेश्यले चालु आ.व.२०७६।०७७ देखि वागलुङ वजारमा कृषि वजार केन्द्र सञ्चालनमा ल्याईएको छ ।
 अनुगमन तथा मुल्यांकन ः आ.व. २०७८।०७९ का लागि आन्तरिक राजश्व तर्पm अनुमान गरिएको लक्ष्य प्राप्तीका लागि विभिन्न कर राजश्व तथा गैरकर राजश्व छल्ने प्रवृत्तिलाई निरुत्साहित गरी असुलिमा स्थलगत अनुगमन तथा प्रत्यक्ष अवलोकन गर्ने कार्यविधि अपनाईनेछ ।
 मर्मत सम्भार कोष ः निर्मित पुर्वाधारहरुको दिगो सञ्चालनको लागि मर्मत सम्भार कोष स्थापना गरी कार्यान्वयनमा ल्याईने छ ।
 नगरमा सञ्चालित सवै प्रकारका योजना तथा कार्यक्रमहरुको कार्यान्वयन गर्दा पुर्व सम्भाव्यता अध्ययन संझौता अनुगमन सार्वजनिक परिक्षण र अनुगमन मुल्यांकन गरी अन्तमा फरफारक गर्ने प्रकृया अवलम्वन गरी योजना कार्यान्वयन तथा अनुगमन प्रकृयालार्ई सरल छोटो र प्रभावकारी वनाईने छ ।
 सुशासन प्रवद्र्धनमा विशेष जोडः नगरपालिकाबाट नगरवासीहरुलाई उपलव्ध गराईने सेवा सुविधालाई चुस्त दुरुस्त, प्रभावकारी, पारदर्शी, सरल र सहज ढंगबाट उपलव्ध गराउने व्यवस्था मिलाई सुशासन प्रवद्र्धनमा विशेष जोड दिइनेछ ।
 आ.व. २०७८।०७९ का लागि आय व्यय विवरण, निर्दिष्ट गरिएका योजना तथा कार्यक्रम र विनियोजन गरिएको वजेट रकमको विस्तृत विवरण क्षेत्रगत व्यय अनुमान सम्वन्धी प्रस्ताव २०७८ मा प्रस्तुत गरिएको छ ।

सम्माननीत सभाका अध्यक्ष महोदय,
सीमित श्रोत र साधनवाट दिगो र ठोस उपलव्धि हाँसील होस भन्ने उद्धेश्यले आवश्यकताका
आधारमा वजेट रकम विनियोजन गर्ने प्रयास गरिएको छ । योजना तर्जुमा गर्नु मात्र महत्वपूर्ण विषय होईन, यसको लक्ष्य एवं उद्देश्य प्राप्तीका लागि प्रभावकारी कार्यान्वयन एवं अनुगमन, मूल्याकंन तथा यथार्थ उपलव्धीको नजिक पुग्न सक्नु महत्वपुर्ण कुरा हो । उपरोक्त वजेट नीति, तथा कार्यक्रम कार्यान्वयनमा सम्पूर्ण नगरवासीहरु एवं सम्बद्ध सवै पक्षहरुबाट सकारात्मक सहयोग, सल्लाह, सुझाव एवं सिर्जनात्मक आलोचना र पृष्ठपोषण प्राप्त हुने विश्वास लिएको छु ।
अन्त्यमा प्रस्तुत नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने चरणमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पु¥याउनु हुने नगर प्रमुखज्यू, वजेट तथा कार्यक्रम तर्जुमा समितिका सदस्यहरु, कार्यापालिकाका सदस्यहरु र प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत, लेखा अधिकृत र वजेट तथा कार्यक्रम तर्जुमामा प्रत्यक्ष वा अप्रत्यक्ष तवरले संलग्न भई सहयोग गर्नुहुने सवै जनप्रतिनिधिज्यूहरु र राष्ट्रसेवक कर्मचारीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
धन्यवाद ।

सुरेन्द्र खड्का
नगर उप प्रमुख
वागलुङ नगरपालिका वागलुङ
मिति २०७८ साल आषाढ १० गते विहिवार

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->