बागलुङ, ११ असार– बागलुङको निसीखोला गाउँपालिकाले आगामि आर्थिक बर्षदेखि आफ्नै पाठ्यक्रम सञ्चालन गर्ने नीति अघि सारेको छ । बिहिबार आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै गाउँपालिकाले शैक्षिक क्षेत्रमा सुधारको नीति लिएको हो । अध्यक्ष तारानाथ पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफ्नै भाषाको पुस्तकल र पाठ्यक्रम तयार गरेर पठनपाठन गराईने उल्ले छ ।
आठौँ गाउँसभामा उपाध्यक्ष शोभा कुमारी कार्कीले ४४ करोड ८४ लाख, २३ हजार रुपैयाँको बजेट प्रस्तुत गरिन् । बजेटले नीति तथा कार्यक्रममा समाबेश कार्यक्रमहरुलाईनै प्राथमिकताका साथ सम्बोधन गरेको छ । गाउँपालिका शैक्षिक गुरुयोजना निर्माण गरिने नीति गाउँपालिकाले लिएको छ । ‘पालिका अध्यक्ष सँग बालबालिका’ कार्यक्रम, विभिन्न सचेतना कार्यक्रम, युवा रोजगार, कृषिसमेत प्राथमिकतामा परेका छन् । पालिकाले कोभिड १९ लाई नियन्त्रण गर्नलाई मुख्य प्राथमिकतामा राखेको छ । कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरुलाई प्रोहोत्सान भत्ता तथा महिला स्वास्थ्य स्वयम सेवीकालाई प्रोत्साहन गर्ने कार्यक्रम छ ।





