बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार

सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार


  • ढोरपाटन संवाददाता
  • असार १२ २०७८, शनिबार

बागलुङ, १२ असार– मुस्ताङको नेपाल चीन व्यापारिक नाका कोरालामा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सकिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको व्यापार पूर्वाधार विकास निकाय नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको बताए ।
उक्त प्रतिवेदन अनुसार दुई चरणमा निर्माण सम्पन्न गर्ने प्रस्ताव गरिएको बन्दरगाहको कुल लागत एक अर्ब ५० करोड ९२ लाख ९३ हजार रुपैयाँ रहेको छ । समुन्द्री सतहबाट ४ हजार ६ सय ६० मिटर उचाइमा बन्ने सुक्खा बन्दरगाहभित्र भन्सार प्रशासन सहितका २६ वटा भित्री पूर्वाधार हुने भएको छ ।
पहिलो चरणको पूर्वाधार निर्माण सन् २०२२ देखि सुरु गरेर सन् २०२५ सम्म सम्पन्न गर्ने र दोस्रो चरणको विस्तार भने २०४९ सम्म सम्पन्न गर्ने समितिले जनाएको छ । ‘सम्भाव्यता अध्ययन सकिएको जानकारी दिदै कार्यकारी निर्देशक गजुरेलले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र विस्तृत परियोजना प्रतिवेदन नयाँ आर्थिक वर्षमा सम्पन्न गर्ने बताए ।
अध्ययन प्रतिवेदन अनुसार कोराला नाकाको सुक्खा बन्दरगाह ४ सय ७१ रोपनीमा फैलिने भएको छ । भन्सार पास तथा भन्सार पूर्वाधार, प्रशासन क्षेत्र, कन्टेनर यार्ड, सुरक्षा बेस, पार्किङ, क्वारेन्टिन कार्यालय र पेट्रोल पम्पसहितको पूर्वाधार उक्त बन्दरगाहमा रहने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->