बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कालीगण्डकी डाइभर्सन रोक्न माग गर्दै सर्वोच्चमा रिट

कालीगण्डकी डाइभर्सन रोक्न माग गर्दै सर्वोच्चमा रिट


  • ढोरपाटन संवाददाता
  • असार १६ २०७८, बुधबार

पोखरा, १६ असार – केन्द्र सरकारले अगाडि बढाएको कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा रोक लगाउन माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरू सन्तोष भण्डारी, रामबहादुर शाही र तुलसीराम पोखरेलले दायर गरेको रिटको पेसी बिहीबारका लागि तोकिएको छ ।
कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले असार १२ गते बुटवलमा उद्घाटन गरेका थिए । त्यसपछि उक्त योजनाबारे बहस सुरु भएको छ ।
आयोजना कार्यान्वयमा लगेमा कालीगण्डकी र नारायणी नदी जलाधार क्षेत्रमा व्यापक रूपमा नकरात्मक प्रभाव पर्ने रिट निवेदनमा उल्लेख छ । त्यस्तै, कालीगण्डकी हिन्दु धर्मावलम्बीहरूकोमा आस्थाको केन्द्र रहेको र यो परियोजनाले धार्मिक आस्थामाथि पनि प्रहार गरेको रिट निवेदनमा भनिएको छ ।
यो परियोजनाले प्राकृतिक स्रोतमा पनि ठूलो प्रभाव पार्ने रिट निवेदकको भनाइ छ । ‘नदीको प्राकृतिक बहावमा छेडछाड गर्नाले सुक्खा, बाढी पहिरो, माछा, गोहि ,जलचर, जिवहरू नास हुनुका साथै विश्वको दुर्लभ मानिने शालीग्राम र कालीनदी जुन जल आथमन गर्नाले मुक्ति एवं मोक्ष प्राप्त हुन्छ त्यस्तो नदीको प्राकृतिक दोहन जस्तो विभिन्न प्रकारका प्राकृतिक आपतहरू आउने गरी आयोजना निर्माण गर्नुका साथै तटीय क्षेत्रको ढुंगा, गिटि, बालुवा, उत्खनन् गरिँदा त्यसले पानीका स्रोतहरू सुक्ने, भू-क्षय बढ्ने र समग्र पर्यावरणमा गम्भीर असर पर्ने स्पष्ट देखिन्छ,’ रिट निवेदनमा भनिएको छ, ‘गण्डकीको जल एवं स्रोत र साधन देश तथा विदेशमा बेच्ने क्रियाकलापहरूले हामी गण्डकीबेसी र यहाँका स्थायीबासीहरू पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरदेखी त्रिवेणी सम्मका लाखौं जनता र अन्य प्राकृतिक जीवहरूमा प्रत्यक्ष प्रभाव पार्ने र हाम्रो वैदिक सनातन एवं वैष्णव परम्पराका आस्था मूल्य र मान्यताका मेरुदण्ड माथी खलल पुर्‍याएको छ ।’ कालीगण्डकीमा शालीग्राम पाइन्छ ।
रिट निवेदकहरूले निवेदनको टुंगो नलागेसम्म उक्त कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाबाट हुने सम्पूर्ण काम कारबाही नगर्नु नगराउनु भनी माग गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->