बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बन्ने भए मुस्ताङको घाँसामा स्वास्थ्यकेन्द्र र टुकुचेमा एकेडेमी भवन

बन्ने भए मुस्ताङको घाँसामा स्वास्थ्यकेन्द्र र टुकुचेमा एकेडेमी भवन


  • आदित्य रसाइली
  • असार १७ २०७८, बिहिबार

मुस्ताङ, १७ असार – जिल्लाको थासाङ गाउँपालिकाले घाँसामा आधारभूत स्वास्थ्यकेन्द्र भवन निर्माण गर्न लागेको छ । गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले बुधवार एक कार्यक्रमका विच थासाङ-४ घाँसामा आधारभूत स्वास्थ्यकेन्द्र भवनको शिलन्यास गरेका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवाकेन्द्र भवन निर्माण तथा सेवा संञ्चालन कार्यविधि २०७५ अनुसार टाईप “ बि’ अन्तर्गत सो आधारभूत स्वास्थ्यकेन्द्र भवन निर्माण हुने अध्यक्ष शेरचनले वताए ।
शेरचनले यो आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणपछि थासाङका सबै वडाहरुमा स्वास्थ्य सेवाको पहुँच सवै नागरीकमा पुग्ने बताए ।
आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले देशभरका सवै स्थानीय तहका वडाहरुमा स्वास्थ्य सेवाको पहुँच नपुगेकाले पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन गरेको छ । स्वास्थ्य मन्त्रालयको ४० प्रतिशत र स्थानीय तहको ६० प्रतिशत साझेदारीमा भवन निर्माण गरिनेछ ।
मन्त्रालयले दोश्रो किस्ता २० लाख पठाएको र सो बजेटमा पालिकाको ६० प्रतिशत साझेदारी रहने गरी भवन निर्माण प्रक्रिया अघि बढाईएको थासाङका प्रमुख प्रशासकीय अधिकृत सन्तोष खत्रीले जानकारी दिए । गत वर्ष सो भवन निर्माणका लागि बिनियोजन भएको पहिलो किस्ता बजेट १८ लाख रुपैयाँ फ्रिज भएको थियो ।
मन्त्रालय र पालिकाको साझेदारीमा रु. १ करोड ५३ लाख लागत रहेपनि निर्माण कम्पनीसंग भ्याटसहित ९७ लाखमा सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत खत्रीले बताए । मन्त्रालयको प्राप्त बजेट २० लाख र पालिकाको ८० लाखले आधारभूत स्वास्थ्यकेन्द्र भवन निर्माण हुने खत्रीले वताए ।
भवन निर्माणको ठेक्का महादेव निर्माण सेवाले लिएको छ । सम्झौता अवधि १२ महिना तोकिएको छ । स्वास्थ्य केन्द्रको भवनको संरचना एकतले ६ कोठाको छ ।
म्याग्दी र मुस्ताङको सीमानामा पर्ने घाँसामा हालसम्म स्वास्थ्यको पहुँच नहुँदा स्थानीय तथा मुस्ताङ आउजाउ गर्ने पर्यटकलाई स्वास्थ्य सेवा प्राप्त गर्न समस्या पर्दै आईरहेको थियो । थासाङको ५ वडाहरु मध्ये ४ वडामा स्वास्थ्य केन्द्र संञ्चालन भएपनि घाँसामा स्वास्थ्य केन्द्र स्थापना भएको थिएन । गाउँपालिकाले कोभिड माहमारीमा दुई जना स्वास्थ्यकर्मीलाई करारमा लिएर त्यहाँबाट अस्थायी रुपमा स्वास्थ्य सेवा प्रदान गर्दैआईरहेको छ ।
टुकुचेमा योगेन्द्र माविको शैक्षिक एकेडेमिक भवन शिलन्यास

यसैविच, नमूना विद्यालयको रुपमा सूचिकृत थासाङ गाउँपालिका-१ टुकुचेमा योगेन्द्र माविको शैक्षिक एकेडेमिक भवनको पनि गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले बुधबारै शिलन्यास गरेका छन् । भवन शिलन्यासपछि वोल्दै अध्यक्ष शेरचनले नमूना विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधारका लागि राज्यले लगानी गरेको र यहाँको शैक्षिक विकासका लागि सरोकारवालाको पनि उत्तिकै सहयोग आवश्यक रहेको बताए । उनले हिमाली जिल्लाको शैक्षिक विकासले मात्र यहाका स्थानीयको भविष्य उज्जल हुने भएकाले जनशक्ति निर्माण र शिक्षाको अवसरबाट टाढा जान नपर्ने वताए।
संघीय सरकार अन्तर्गत शिक्षा विज्ञान तथा प्राविधि मन्त्रालयको बहुवर्षिय गुरुयोजना अन्तर्गत योगेन्द्र माविको एकेडेमिक भवन निर्माण हुन लागेको प्रमुख प्रशासकीय अधिकृत खत्रीले वताए ।
एकेडेमिक भवन निर्माणका लागि चालु आवमा संघीय सरकारबाट शशर्तको १ करोड ५० लाख र आर्थिक वर्ष २०७८—०७९ का लागि विद्यालयको शैक्षिक छात्राबास भवन निर्माणका लागि १ करोड बजेट बिनियोजन भएको छ ।
भौतिक पूर्वाधार तथा शैक्षिक सुधार कार्यक्रम अन्तर्गत संघीय सरकारले यो विद्यालयलाई बहुवर्षिय गुरुयोजना अन्तर्गत पूर्वाधार निर्माणका लागि बर्सेनि बजेट उपलब्ध गराउदै जानेछ । संघीय सरकारले क्रमागत रुपमा १५ करोडको विभिन्न पूर्वाधार निर्माण गर्दै जानेछ ।
जसअन्तर्गत नमूना विद्यालयका लागि आवश्यक भौतिक तथा शैक्षिक सुधार कार्यक्रमका लागि एकेडेमिक भवन ,छात्राबास भवन ,खेल र्मदान ,ई लाइबेरी संरचना निर्माण लगायत काम हुनेछन् भने शैक्षिक सुधार अन्तर्गत विद्यालयमा ल्याब स्तरोन्नति,शैक्षिक गुणस्तर सुधार तथा व्यवस्थापन ,कम्यूटर ल्याब स्तरोन्नति ,शिक्षक तालिम लगायतका शेक्षिक पूर्वाधारका कार्यक्रम संञ्चालन हुनेछ ।
भवनको निर्माण लागत १ करोड ५० लाख रहेपनि बोलपत्र मार्फत ठेक्का हुदाँ १ करोड ७ लाखमा सम्झौता भएको छ । २ तले एकेडेमिक भवन निर्माणको जिम्मा शसी निर्माण सेवाले लिएको प्रमुख प्रशासकीय अधिकृत खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->