बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

किसानका घर घरमै पुगेर प्रोत्साहन

किसानका घर घरमै पुगेर प्रोत्साहन


  • साजन परियार
  • असार १८ २०७८, शुक्रबार

(वारीबेनी) पर्वत, १८ असार– पर्वतमा तरकारी उत्पादक किसानले प्रोत्साहन रकम पाएका छन् । कृषि ज्ञान केन्द्र पर्वतले क्षेत्रफलमा आधारित तरकारी उत्पादक किसानलाई नगद प्रोत्साहन रकम उपलव्ध गराएको हो ।
जिल्लाभर व्यवसायिक तरकारी उत्पादन गर्ने कृषकलाई प्रोत्साहन स्वरुप घरमै पुगेर नगद रकम उपलब्ध गरको कृषि ज्ञान केन्द्र पर्वतका कार्यलय प्रमुख मनिता थापाले बताइन् ।
खुल्ला ठाउँमा कम्तिमा दुई रोपनी जमिनमा तरकारी खेती गर्ने किसानले प्रतिरोपनी ३ हजारका दरले प्रोत्साहन रकम पाएका छन् । कृषिका संरचना निर्माण गरेर कम्तीमा २ सय वर्गफिटमा व्यवसायिक तरकारी खेती गर्ने कृषकलाई प्रतिएक सय वर्ग मिटरमा ३ हजार रुपैयाँका दरले रकम उपलव्ध गराएको थापाले बताईन् ।
केन्द्रले जिल्लाभर १ सय २४ जना कृषकलाई प्रोत्साहन उपलव्ध गराईएको हो । तरकारी उत्पादन राम्रो हुने जलजला गाउँपालिकामा मात्रा ७८ जना किसानलाई प्रोत्साहन स्वरुप नगद उपलब्ध गराएको छ । गाउँपालिकाभित्र पनि सबैभन्दा धेरै वडा नं. ७ धाईरिङका ५४ जना व्यवसायिक तरकारी उत्पादक किसानले प्रोत्साहन रकम पाएका छन् । ज्ञान केन्द्रले सार्वजनिक सूचनामार्फत किसानलाई कार्यक्रममा सहभागि हुन आग्रह गरेको थियो ।
प्रोत्साहनको कार्यक्रमले कृषकहरुलाई थप उत्पादन गर्न तथा व्यवसायिकतातर्फ उन्मुख हुन हौसला प्रदान गर्ने थापाले बताईन् । पर्वतमा सञ्चालन भएको यो कार्यक्रम गण्डकी प्रदेशकै प्रदेशमा पहिलो कार्यक्रम हो । किसानलाई प्रोत्साहनसँगै प्रणालीलाई आधुनिक प्रतिस्पर्धात्मक बनाउनु पर्ने जलजला गाउँपालिका वडा नं. ७ का अध्यक्ष टुंगनाथ शर्माले बताए । ज्ञान केन्द्रले किसानका उत्पादन भण्डारणको व्यवस्था समेत गर्नुपर्ने उनको तर्क थियो ।
घर घरमै पुगेर दिईएको प्रोत्साहन रकमले किसान खुसी भएका छन् । ‘पहिला कागज मिलाएर खान्थे रे भन्ने सुनेको, अहिले त सर म्याडमहरु घरमै आएर हामीलाई हौसला दिनुभो’ किसान काशीराम आचर्यले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->