बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ढोरपाटनको नगरसभा सकियो, बजेट पारित

ढोरपाटनको नगरसभा सकियो, बजेट पारित

पत्रकार आचार्य ढोरपाटनमा सम्मानित


  • ढोरपाटन संवाददाता
  • असार २० २०७८, आइतबार

बागलुङ, २० असार– ढोरपाटन नगरपालिकाको नवौं नगरसभा आईतबार सकिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्दै नगरसभा सकिएको हो । असार १० गते नगरप्रमुख देव कुमार नेपाली उपप्रमुख करमती पुनले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट पारित भएको हो ।
बजेटमा आवश्यक छलफलपछि परिमार्जनसहित पारित गरिएको हो । ढोरपाटन नगरपालिकाले ४४ करोड ६५ लाख १० हजार रुपैयाँको बजेट आगामी आर्थिक बर्षमा कार्यान्वयन गर्ने भएको छ । नगरले शिक्षा क्षेत्रमा ३ करोड ९५ लाख ६५ हजार रुपैयाँ खर्चिने भएको छ ।
समपुरक अनुदानमा ५० लाख र वडागत योजनाका लागि ९ वटा वडामा २५ लाख रुपैयाँका दरले २ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख पुनले जानकारी दिईन् । नगरसभामा वडा अध्यक्ष तथा सदस्यहरुले वजेट वडामा कम जानुको कारण र समयमा नगरका विषयगत समितिका बैठकहरु नबस्नुका कारणबारे जिज्ञासा राखेका थिए ।
पत्रकार आचार्य ढोरपाटनमा सम्मानित


नगरपालिकाले पर्यटन प्रबद्र्धन र सुशासन कायम गर्नको लागि सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाल टेलिभिजनका बागलुङ संवाददाता किरण आचार्यलाई सम्मान गरेको छ । कला, साहित्य, पर्यटन र नगरको समग्र बिषयका समाचार सम्प्रेषण गरेर नगरको विकासमा योगदान पु¥याएको नगरप्रमुख देवकुमार नेपालीले बताए ।
१८ वर्षदेखि सदरमुकाम बागलुङ बजारबाट पत्रकारिता गर्दै आएका आचार्यले ढोरपाटनलाई प्राथमिकतामा राखेर समाचारहरु सम्प्रेसण गर्दै आएका थिए । उनलाई नगद २० हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
सम्मान ग्रहण गर्दै आचार्यले थप जिम्मेबारी बोध भएको बताए । बागलुङका बडिगाड, बरेङ गाउँपालिका, गलकोट र बागलुङ नगरपालिकाले घोषणा गरेको पत्रकारिता पुरस्कार तथा सम्मानका कार्यक्रम कार्यान्वयनमा नल्याएको भएपनि ढोरपाटनले भने घोषणा नै नगरी नगरको बिकासमा योगदान गर्ने पत्रकारलाई सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->