
बागलुङ, २२ असार– पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड अबरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारामा पहिरो खस्दा लोकमार्ग अबरुद्ध भएको हो । हिजो राती बर्षासँगै आएको पहिरोले सडक अबरुद्ध भएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
सडक अबरुद्धहुँदा बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा सवारी सम्पर्क टुटेको छ । पहिरोले देशका बिभिन्न स्थानका लागि छुटेका सवारी साधन सहश्रधारामा अलपत्र परेका छन् । बिरामी लिएर पोखरा लगायत देशका ठुला अस्पतालमा हिँडेका एम्बुलेन्स समेत रोकिँदा समस्या भएको हवारीले बताए । बैकल्पिक मार्ग नभएका कारण सडकमा पहिरो खस्दा सधैं समस्या हुने गरेको छ । बर्षाको समयमा सहश्रधारामा हरेक बर्ष पहिरोले सडक अबरुद्ध गर्ने गरेको छ ।
अबरुद्ध सडक खुलाउने प्रयास भैरहेको पर्वत प्रहरीले जनाएको छ ।





