बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बाढीमा बगेर मोदीमा पुगेको हाइलक्समा भेटीएनन ईञ्जिनियर र चालक

बाढीमा बगेर मोदीमा पुगेको हाइलक्समा भेटीएनन ईञ्जिनियर र चालक


  • ढोरपाटन संवाददाता
  • असार २३ २०७८, बुधबार

पर्वत, २३ असार– गएरातीको बाढीमा परी गाडी सहित बगेका मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड हेरिरहेका निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका दुई जना कर्मचारीको अवस्था अझैसम्म पनि अज्ञात नै रहेको छ ।
मङ्गलवार राती साढे १० बजेको समयमा पर्वतको कुश्मा नगरपालिका–८ चुवाको दोबिल्लामा रहेको सुन्दरे खोलामा आएको बाढीले प्रदेश ३–०१–०२३–३६४२ नम्बरको हाइलक्स गाडी बगाएको थियो । रातीबाट नै सुरक्षाकर्मीले गाडी र बेपत्ता दुई जना साइड म्यानेजर राजाराम आचार्य र चालक इन्द्र चौधरीको खोजी गरेको थियो ।
लामो समयसम्म पनि उनीहरूको बारेमा थाहा नभएको बेलामा बुधवार दिउसो घटनास्थलबाट करिब सात सय मिटर तल गाडीको केही भाग देखिएको थियो । गाडीसँगै बगेका उनीहरू त्यही गाडीमै हुन सक्ने अनुमानको आधारमा निकै मिहिनेत गरेर खोलाको बिचमा रहको गाडीलाई सुरक्षाकर्मीले तान्ने प्रयास गरेको भए पनि उनीहरू त्यसमा नभएको थाहा भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलले मोदी खोलाको बिचमा अड्किएको गाडीमा जसोतसो साङ्लो लगाएर तान्ने प्रयास गरिएको र केही भाग सरेपछि बेपत्ता दुई जना गाडीमा नभएको थाहा भएको बताए ।
उनीहरू गाडीमा नरहेको थाहा भएपछि गाडीको मालिक तथा बेपत्ता दुई जनालाई कामदारका रूपमा राखेको लामा कन्स्ट्रक्सनले गाडी तान्न दुःख नगर्न बरु उनीहरू बगेर कतै पुगेको हुन सक्ने अनुमान सहित खोजी गर्न भनेपछि गाडीलाई मोदी खालामै छाडेर बेपत्ता दुई जनाको खोजी तीव्र पारिएको इन्स्पेक्टर पौडेलको भनाई छ ।
‘हामीले मिहिनेतका साथ गाडीको खाजी ग¥यौँ, घटना भएको करिब १० घण्टापछि खोलामा गाडी देखियो । हामीले गाडी तान्दा तान्दा केही भाग उक्किएर आयो तर गाडी तान्न सकिएन। अनि गाडीमा बेपत्ता दुई जना नरहेको थाहा भयो’ उनले भने, ‘लामा कन्स्ट्रक्सनले गाडी तान्नमा दुःख गर्नुभन्दा नदीमा बगेकाहरूको खोजीमा मिहिनेत गर्ने भनिएपछि हामीले त्यही गरिरहेका छौँ ।’
गाडीभित्रै रहेको अवस्था आचार्य र चौधरी बगेका तथा ढोका लक गरेको भए उनीहरू गाडीभित्रै हुन सक्ने अनुमानको आधारमा गाडी तान्नको लागि बागलुङ स्थित विपत् व्यवस्थापन गुल्मको टोली नै पर्वत आएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->