बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

स्तरोन्नती सकेर सेनाले बुझायो करिडोर

स्तरोन्नती सकेर सेनाले बुझायो करिडोर

बागलुङको बलेवा बिमानस्थलदेखि गुल्मीको हर्मिचौरसम्मको सडक कालिगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको हो ।


  • ढोरपाटन सम्वाददाता
  • असार २६ २०७८, शनिबार

बागलुङ, २६ असार– दश मिटर चौडाको काम सकेर कालिगण्डकी करिडोर मालढुंगा–रिडीखण्ड सडक विभाग कालिगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण भएको छ । नेपाली सेनाले स्तरोन्नती गरेको मालढुंगा–रिडी खण्ड सडक विभाग करिडोर आयोजना पाल्पालाई हस्तान्तरण गरेको हो । यसअघि स्तरोन्नती गरेर हस्तान्तरण गर्न बाँकी रहेको ३४.५ किलोमिटर सडक हस्तान्तरण भएको नेपाली सेनाका प्रमुख यञ्जिनियर रेश्मीराज भट्टराईले बताए ।
बागलुङको बलेवा बिमानस्थलदेखि गुल्मीको हर्मिचौरसम्मको सडक कालिगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको हो । नेपाली सेनाले ट्रयाक खुलाएको सडक १० मिटर चौडा गर्ने जिम्मेबारी पाएको थियो ।
यो खण्ड हस्तान्तरण भएसँगै सेनाले स्तरोन्नतीको काम सकेको जनाएको छ । उक्त खण्डको एक समारोहका बीच नेपाली सेनाका प्राविधिक सह–सेनानी शालिग्राम नेपालले सडक विभाग, कालिगण्डकी करिडोर आयोजनाका इञ्जिनियर नवराज बास्तोलालाई हस्तान्त्रण गरे । रिडी मालढुंगा ७८ किलोमिटर सडक खण्डको स्तरोन्नतीको काम गरेको सेनाको निर्माण कार्यदलले यसअघि मालढुंगा–बलेवा बिमानस्थल खण्ड हस्तान्तरण गरिसकेको थियो भने गुल्मी खण्डको २७ किलोमिटर सडकसमेत हस्तान्तरण भैसकेको थियो ।
एक अर्ब ८६ करोड रुपैयाँ खर्चेर सेनाले करिडोर स्तरोन्नती गरेको हो । बागलुङ–गुल्मी खण्डको २०७० सालमा सेनाले जिम्मेबारी लिएर काम गरेको थियो । २०७४÷०७५ मा ट्रयाक खोल्ने काम सकिएपछि यो आयोजनाले स्तरोन्नतीको लागि २०७५ मा जिम्मा लिएको थियो । सकारले दिएको जिम्मेबारी तोकिएकै समयमा सम्पन्न गरेर हस्तान्तरण गरेको सेनाका प्रमुख इञ्जिनियर रेश्मीराज भट्टराईले बताए ।
यो खण्डमा पाँच वटा बेलिब्रिजसहितका संरचना बनेका छन् । सडक विभाग, कालिगण्डकी करिडोर आयोजनाको जिम्मामा आएको सडकलाई तत्काल वातावरणीय परीक्षण गरेर बिस्तृत परियोजना प्रस्ताव (डिपीआर) तयार गरिने आयोजना प्रमुख सुबोध कुमार देवकोटाले बताए । ‘तीन महिनामा डीपिआर हुन्छ, बाँकी तीन महिनामा आईई गरेर सक्छौं’ देवकोटाले भने ‘कलोपत्रेको लागि योजना माग गरेर फाईल स्वीकृत हुने बेलासम्म सबै काम सकिन्छ ।’ एक करोड रुपैयाँ बजेट आगामी आर्थिक वर्षमा डीपिआर र आईईको लागि विनियोजन भएको देवकोटाले बताए ।
देवकोटाले तीस महिनामा यो सडक कालोपत्रे गरेर सकिने दाबी गरे । ‘काम गर्न क्रियाशिलता, निरन्तरता र सक्रियता चाहिन्छ, त्यो हामीमा छ’ देवकोटाले भने ‘हामी समयमा काम गर्न निरन्तर लाग्छौं ।’ सडक हस्तान्तरण भएसँगै अब कालोपत्रेको काम सुरु हुनेमा स्थानीयमा आशावादी छन् । स्तरोन्नतीपछि हस्तान्तरण गरेको सेनाको निर्माण कार्यदलले हर्मिचौरमा रहेको क्याम्पले आउँदो असोजसम्म सडकमा हुने क्षतिको मर्मत गर्ने जिम्मेबारी समेत लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->