पोखरा, २७ असार– गण्डकी प्रदेश चेम्बर अफ कमर्सको पहिलो अधिवशेनले किसान सुनारको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा श्रीबहादुर गुरुङ, महासचिवमा देवराज शर्मा र सचिवमा विष्णुकुमार श्रेष्ठ निर्वाचित भएका छन् भने कोषाध्यक्षमा तेजेन्द्र पौडेल चयन भएको निर्वाचन समितिले जनाएको छ ।
कार्य समितिका सदस्यहरुमा विजय हिराचन, भरतबहादुर रकाल, महेन्द्र मोहन भट्टराई, ज्ञानु अधिकारी, टीका गुरुङ, प्रकाश न्यौपाने, गंगा श्रेष्ठ, तारानाथ ढुङ्गाना विष्णुकुमारी गुरुङ, युवराज खतिवडा र अरुण गिरी चयन भएका छन् ।





