बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सार्वजनिक बस चलाउने तयारीमा पृथ्वी

सार्वजनिक बस चलाउने तयारीमा पृथ्वी


  • ढोरपाटन संवाददाता
  • असार २८ २०७८, सोमबार
फाईल तस्विर

पोखरा, २९ असार– पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले सार्वजनिक यातायात खोल्ने निर्णय नगरिए निषेधाज्ञामै बस सेवा संचालन गर्ने घोषणा गरेको छ । समितिले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष योगेन्द्रबहादुर केसीले सरकारले यातायात क्षेत्रलाई व्यवस्था गरेको बताउँदै व्यवसायी र मजदुरको रोजीरोटीका लागि बाध्य भएर ३० गतेबाट बस सेवा सञ्चालन गर्ने जनाएका हुन् ।
कम्पनीले तोकिएको मितिबाट टिकट बुकिङ काउन्टर खोल्ने र मागका आधारमा गाडी सञ्चालन गर्ने अध्यक्ष केसीको भनाइ छ । कम्पनीका अध्यक्ष केसीले गाडी सञ्चालन गर्दै गर्दा प्रशासनले रोकेको खण्डमा जहाँ रोकेको हो त्यहीँको प्रशासनसँग समन्वय गरेर गाडीलाई गन्तव्यसम्म पु¥याइने दावी समेत गरे । अध्यक्ष केसीले गाडी सञ्चालन गर्दा प्रशासनले गिरफ्तारी गरे आफूहरु गिरफ्तारी दिनपनि तयार रहेको घोषणा गरे । उनले
उनले सरकारले यात्रायात मजदुरलाई खोपका लागि माग गरेपछि वास्ता नगरेको जिकिर गरे । बैंक, वित्तीय संस्थाले दैनिक रुपमा व्यवसायीहरुलाई आतंकित बनाइरहेको बताउदै बिमा कम्पनीले समेत लडकडाउनको अवधिमा छुट नदिएको गुनासो सुनाए ।
निषेधाज्ञाका बीच निजी सवारी साधनलाई सञ्चालन गर्न दिने तर लामा दूरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न नदिने राज्यको नीति नै पूर्वाग्रहपूर्ण रहेको बताउँदै उनले सुरक्षाको मापदण्ड पूरा गर्दै गाडी संचालन गरिने प्रतिवद्धता पनि व्यक्त गरे कम्पनीले बस चढ्ने यात्रुलाई सेनिटाइजरको ब्यबस्था गरिने बताएको छ भने बसमा चढ्दा मास्क अनिवार्य गर्ने तर मास्क यात्रु आफैले लिएर आउनुपर्ने नभएर १० रुपैयाँमा खरिद गर्नेगरी बसमै उपलब्ध गराउने एवं हरेक दिन बसलाई निसंक्रमण गर्ने जानकारी दिए ।
कम्पनीका पूर्व अध्यक्ष ऐनकुमार साहीले बाध्यतावश कोरोनाका बीच गाडी सञ्चालन गर्ने अप्रिय निर्णय लिनुपरेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->