बागलुङ, २९ असार– कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङले दिप प्रज्वलन गरेर आफ्नो १४ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा बोल्दै समितिका अध्यक्ष रामचन्द्र शर्माले कोरोना भाइरसका कारण व्यवसायीहरु धराशयी बन्दै गएको भन्दै बन्द अवधिको भाडामा छुट गरिदिन आग्रह गरेका थिए ।
शर्माको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष दलबहादुर कार्की र संचालन सचिव प्रेमलाल गौतमले गरेका थिए । सो अवसरमा समितिका संस्थापक अध्यक्ष हरिलाल सुवेदी लगायतले बोलेका थिए ।
दिवसको अवसर पारेर समितिको टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर फेन्सी व्यवसायीलाई कोरोना भाइरसविरुद्वको खोपको प्राथमिकतामा राखिदिन अनुरोध समेत गरेको अध्यक्ष शर्माले जानकारी दिए ।





