बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वत–बागलुङ सडकखण्ड ६ दिनपछि एकतर्फी सुचारु

पर्वत–बागलुङ सडकखण्ड ६ दिनपछि एकतर्फी सुचारु


  • ढोरपाटन सम्वाददाता
  • असार २९ २०७८, मंगलबार

फाइल तस्बिर

पर्वत २९ असार– मध्यपहाडी लोकमार्गअन्तर्गत कुश्मा–बागलुङ सडकखण्ड मंगलबार साँझदेखि एकतर्फी रूपमा सुचारु भएको छ । ६ दिनपछि पहिरोमा रहेका ठुला ढुंगा बिष्फोटपछि हटाउने काम भएकाले एकतर्फी रुपमा सडक सुचारु भएको हो ।
विशाल ढुंगाहरू विस्फोटक पदार्थले फुटाएर ब्रेकर हान्न सकिने तथा डोजरले पेल्न सकिने बनाएपछि मंगलबार दिनभर पहिरो हटाउने काम गरेकाले एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिबराज बुढाथोकीले जानकारी दिए । एकतर्फी रूपमा सडक खुलाएपछि मालबहाक सवारीहरू पनि गन्तव्यतर्फ लागेका छन् ।
जिल्लाको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटको नयाँ पुलमा गत असार २४ गते सडकमाथिबाट आएको पहिरोका कारण बाटो अवरुद्ध अवस्थामा थियो । पहिरो हटाउन लामा कन्स्ट्रक्सनले ब्रेकर हानेर ढुङ्गा फुटाउन प्रयास गरेपनि असफल भएपछि जिल्ला प्रशासन कार्यालयमा भएको बैठकबाट नेपाली सेनालाई त्यसको जिम्मा दिने निर्णय भएको थियो । सोहीअनुसार नेपाली सेनाको पर्वतमा रहेको केवलजंग गुल्मले म्याग्दी पुगेर विस्फोटक पदार्थ ल्याएपछि सोमबार पहिरोस्थलमा विस्फोट गराई सडक एकतर्फी खुलाएको हो ।
दैनिक सयौँको संख्यामा सवारी गुड्ने पोखरा–बागलुङ अन्तर्गत कुश्मा–बागलुङ सडक अवरुद्ध भएपछि काम चलाऊ वैकल्पिक सडकका रूपमा अर्मादी–बगैँचाचोक–पाङ–सहस्रधारा जोडिने साँघुरो र कच्ची ग्रामीण सडक प्रयोग भएको थियो।उक्त सडकमा साना सवारीहरू गुडाउन सकिए पनि ठूला सवारीहरू गुड्न नसक्दा मालवाहक सवारीहरू भने बागलुङ, म्याग्दी र पर्वतमा नै थुनिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->