बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा वृद्धि

लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा वृद्धि


  • ढोरपाटन सम्वाददाता
  • असार ३० २०७८, बुधबार

काठमाडौं, ३० असार– अन्तरप्रदेश सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा वृद्धि भएको छ । यातायात मजदुरको पारिश्रमिक, पेट्रोलियम पदार्थको मूल्य लगायतका पक्षहरूलाई ध्यानमा राख्दै यातायात व्यवस्था विभागले मूल्य समायोजन गरेको हो ।
दुई यो सोभन्दा बढी प्रदेशहरु भएर सञ्चालन हुने सार्वजनिक सवारीहरूको भाडा वृद्धि गर्न गत २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भाडा समायोजनका लागि स्वीकृति दिएको थियो । त्यस अनुसार २९ असारमा यातायात व्यवस्था विभागले मूल्य बढाएको हो ।
विभागद्वारा बुधबार जारी विज्ञप्तिमा यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा बढेको छ । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा बढाएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->