बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

किस्ता तिर्न नसक्दा माइक्रोबस फिर्ता

किस्ता तिर्न नसक्दा माइक्रोबस फिर्ता


  • ढोरपाटन सम्वाददाता
  • साउन १ २०७८, शुक्रबार

बागलुङ, १ साउन– कोरोना महामारी र निषेधाज्ञाका कारण सार्वजनिक यातायात सञ्चालन नभएपछि बैंकको किस्ता र बीमा रकम तिर्न नसकेको भन्दै बागलुङको एक बैंकले माइक्रोबस फिर्ता लगेको छ ।
सांग्रिला बैंक लिमिटेड बागलुङ शाखाले रामकृष्ण शर्माको नाममा रहेको बा ४ ख १५१८ नम्बरको माइक्रोबस फिर्ता लगेको हो । ३ वर्षअघि उक्त बैंकको ४६ लाख रुपैयाँ ऋणमा रामकृष्ण शर्मामा उक्त माइक्रोबस किनिएको थियो । किस्ता तिर्न नसकेपछि फिर्ता भएको बताइएको छ ।
गत वर्षको चैत ८ गतेदेखिनै सार्वजनिक यातायात सञ्चालन हुन सकेको थिएन । धौलागिरि गण्डकी यातायात प्रालिमा दर्ता भएको माइक्रोबस काठमाडौं बागलुङका लागि सञ्चालित थियो । उक्त बस काठेखोला गाउँपालिका–७ का व्यवसायी क्षेत्रबहादुर कार्कीले चलाउँदै आएका थिए ।
सांग्रिला बैंकका प्रबन्धक श्रीजय श्रेष्ठले भने निषेधाज्ञाको समयको किस्ता नतिरेकोले फिर्ता नल्याएको बताए । ‘चैत अघिको किस्ता तिर्न बाँकी थियो, बीमा नतिरेको तथा बिलबुक नविकरण नभएको पाएपछि फिर्ता ल्याउनु परेको हो’, उनले भने, ‘यात्रीको सुरक्षाको समेत ग्यारेन्टी नभएपछि यो कदम चालेका हौं ।’ उनका अनुसार ८५ हजारका किस्ता रकम घटाएर ६५ हजार बनाएको समेत बताए ।
यता, व्यवसायीले सवारी चलाउन नसकेकोले किस्ता तिर्न नसकेको दाबी गर्दै आएका छन् । ‘यो विषय गम्भीर हो, भोलिका दिनमा सबै सार्वजनिक यातायात समातिन सक्छन्’, धौलागिरि गण्डकी यातायात प्रालिका अध्यक्ष उमेश केसीले भने, ‘म पनि कुरा गर्छु, व्यवसायी मर्का पर्ने कुरा राम्रो भएन ।’
बैंकर्स एसोसिएसनका अध्यक्ष दीपक शर्माले भने निषेधाज्ञाको समयमा किस्ता तिर्न ताकेता गर्ने नीति नभएको बताए । ‘पुरानो किस्ता भए थाहा भएन, निषेधाज्ञाको समयमा भने दबाब दिन मिल्दैन’, उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->