बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पिताको स्मृतिमा पहिरो पीडितलाई राहत

पिताको स्मृतिमा पहिरो पीडितलाई राहत


  • साजन नेपाली
  • साउन ९ २०७८, शनिबार

पर्वत, ९ साउन– आफ्ना पिताको स्मृतिमा पर्वतको एक परिवारले पहिरो पीडितका लागि खाद्यान्न राहत उपलव्ध गराएको छ । पर्वतको जलजला गाउँपालिका वडा नं. ७ घाखेतका स्वर्गिय चक्र बहादुर केसिको स्मृतिमा परिवारले पीडितलाई राहत वितरण गरेको हो ।
धर्मपत्नी चन्द्र कुमारी क्षेत्री, छोरा आनन्द केसी, बुहारी पार्वती केसी, छोरी विष्णु केसी, कोपिला केसी, नातिनी देबी रेग्मी, नाती गणेश केसी र कमल आचार्यले पीडित परिवारका लागि खाद्यान्न उपलव्ध गराएका हुन् ।
निरन्तर वर्षापछिको पहिरोका कारण घरबास क्षति भएका एकसय परिवारको लागि दुई लाख रुपैया बराबरको राहत उपलव्ध गराईएको परिवारले जनाएको छ । प्रत्येक परिवारका लागि एक बोरा चामल, १ किलो दाल, १ किलो नुन र १ पोका तेल सहयोग गरेका वडा सदस्य पुर्ण बहादुर परियारले बताए ।
वडा कार्यालयको समन्वयमा छोरी लक्ष्मी केसी र ज्वाई खेम बहादुर क्षेत्रीले पीडितलाई राहत वितरण गरेका थिए । आफ्नो जन्मगाउँमा भएका बाढी–पहिरो पीडितलाई सहयोग गर्नुपर्छ भनेर बुबाको स्मृतिमा राहत वितरण गरेको छोरी लक्ष्मी केसिले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->