पोखरा, १० साउन – अवैध रुपमा मध्यरातमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ५५ वटा गाडीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।
पोखरा-१९ पुरनचौरस्थित ढोडेनीघाटमा गयराित अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दैगर्दा नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुबास हमालका अनुसार नियन्त्रणमा लिइएकामध्ये २२ वटा टिप्पर, १७ वटा मिनी टिप्पर र १६ वटा ट्याक्टर छन् ।
‘बर्खायाममा पनि अवैध रुपमा नदीजन्य पदार्थ ढुंगा, बालुवा उत्खनन् भइराखेको छ भन्ने सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘आवश्यक कारबाहीको लागि पोखरा महानगरपालिकाको कार्यालय कास्कीमा पठाइएको छ ।’





