बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बाढीले गाडीसहित बगाउँदा बेपत्ता चालकको शव चितवनमा भेटियो

बाढीले गाडीसहित बगाउँदा बेपत्ता चालकको शव चितवनमा भेटियो


  • ढोरपाटन सम्वाददाता
  • साउन ११ २०७८, सोमबार

पर्वत, ११ साउन– पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित सुन्दरे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मध्ये एक जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–१२ घर भएका ३५ वर्षिय इन्द्र चौधरीको शव चितवनको माडी नगरपालिका–१ मा रहेको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने नारायणी नदी किनारमा गत साउन दुई गते भेटिएको हो ।
सुन्दरे खोलामा गत असार २२ गते राती करिब १० बजेको समयमा अचानक आएको बाढीले मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा काम गरिरहेको लामा कन्स्ट्रक्सनमा कार्यरत दुई जनालाई कम्पनीको गाडी सहित बगाएर बेपत्ता पारेको थियो । बेपत्ता हुनेमा चालक चौधरी र इन्जिनियर राजाराम आचार्य रहेका थिए । आचार्यको अवस्था भने अझैसम्म पनि अज्ञात रहेको डिएसपी बुढाथोकीले जानकारी दिए ।
बाढीले मान्छे सहितको गाडी बगाएको थाहा पाएपछि सुरक्षाकर्मीले २२ गते रातीबाटै गाडी बेपत्ताहरूको खोजी थालेका थिए । गाडी २३ असारमा मोदी खोलामा भेटिएको थियो । बेपत्ता रहेका दुवै जना गाडीमा रहेको हुनसक्ने भनी तान्ने प्रयास गर्दा नसकेपछि सुरक्षाकर्मीले गरेको जाँचमा उनीहरू गाडीमा नरहेको पाइएको थियो ।
उक्त बाढीले खोलाको नजिकै छाप्रा बनाएर गरिएका केही पसलहरू समेत बगाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->