बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

योजना आयोगको उपाध्यक्षमा पौडेल, सदस्यहरुमा फुयाँल र गुरुङ

योजना आयोगको उपाध्यक्षमा पौडेल, सदस्यहरुमा फुयाँल र गुरुङ

फुयाल र गुरुङ तीन महिना नपुग्दै योजना आयोगमा कमब्याक


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०७८, मंगलबार

काठमाडौं, १२ साउन – सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा. विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।

आयोगको सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर गुरुङलाई नियुक्त गरिएको छ ।

डा. पौडेल कांग्रेस तथा फुयाँल र गुरुङ माओवादी केन्द्रको सिफारिसमा आयोगमा नियुक्त भएका हुन् ।

राष्ट्रिय योजना आयोगको सदस्यबाट बाहिरिएको तीन महिना नपुग्दै डा. रामकुमार फुयाल र दिलबहादुर गुरुङ तीन महिना नपुग्दै कमब्याक भएका छन् ।

वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएर पदमुक्त भएसँगै योजना आयोगका पदाधिकारी पनि पदमुक्त भएका थिए । त्यस लगत्तै ओली सरकारले अरुलाई निरन्तरता दिए पनि माओवादी कोटाबाट सदस्य बनेका फुयाल र गुरुङले निरन्तरता पाएका थिएनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->