पोखरा, १४ साउन– उत्पादक र उपभोक्तालाई एउटै थलोमा जोड्ने लक्ष्यका साथ पोखरा १७ बिरौटामा सञ्चालन गरिएको किसान बजारमा कोल्ड रुम स्थापना गरिएको छ ।
पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित कृषि बजारमा कृषकले उत्पादन गरेका कृषि उपजको संरक्षण एवम् बजारीकरणमा सहयोग पु¥याउने उदेश्यका साथ कोल्ड रुम स्थापना गरि सञ्चालनमा ल्याइएको हो ।
तीन टन क्षमता रहेको सो कोल्ड रुम फलपूmल तथा तरकारी मूल्य श्रृखला विकास आयोजनाद्धारा चार लाख ८० हजारको रुपैयाको लागतमा स्थापना गरिएको किसान बजार निर्माण तथा सञ्चालक समितिका अध्यक्ष चुडामणि बरालले जानकारी दिए ।
पोखरा १७ का वडाध्यक्ष तिर्थराज अधिकारीले बुधबार नवनिर्मित कोल्ड रुमको उद्घाटन गर्दै बजारमा स्थापना गरिएको कोल्ड रुमबाट कृषकले भरपूर फाइदा लिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उत्कृष्ट कृषकहरुलाई सम्मान गर्नुका साथै प्रोत्साहन स्वरुप महानगरको तर्पmवाट ६० हजार रुपैया बरावरको चेक समेत हस्तान्तरण गरिएको थियो पोखरा महानगरपालिकाद्धारा ११ लाख रुपैयाको लागतमा उक्त कृषि बजारको निर्माण गरि गत बर्षदेखि सञ्चालनमा आएको हो ।





