बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

निशेधाज्ञा खुकुलो, ५० प्रतिशत क्षमतामा होटल पनि खुल्ने

निशेधाज्ञा खुकुलो, ५० प्रतिशत क्षमतामा होटल पनि खुल्ने


  • ढोरपाटन सम्वाददाता
  • साउन १४ २०७८, बिहिबार

बागलुङ, १४ साउन– जिल्ला प्रशासन कार्यालय बागलुङले अर्को सूचना नभएसम्मका लागि तोकिएका सेवा संचालन हुने गरी निशेधाज्ञा बढाएको छ ।
बिहिबार दिउँसो बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसिसिएमसीको बैठकले सिफारिस गरेअनुसार ५० प्रतिशत क्षमतामा होटल संचालन गर्न पाउने व्यवस्था गरेको हो । यसअघि भएका निर्णयमा होटल संचालन छुट थिएन ।
त्यस्तै, लामो तथा छोटो दुरीका सार्वजनिक यातायात पनि स्वास्थ्य मापदण्ड पालना गरेर संचालन गर्ने सरकारी निर्णयलाई निरन्तरता दिएको छ । विश्वविद्यालय र उच्च माबिका परीक्षा संचालन मापदण्ड पु¥याएर गर्न पाउने व्यवस्था भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिए ।
बागलुङमा कोरोनाका संक्रमित भने घट्न सकेका छैनन् । बिहिबार दिउँसो सम्मको तथ्यांक अनुसार जिल्लाभर ३ सय ४४ जना सक्रिय संक्रमित छन् । तीमध्ये बागलुङ नगरपालिकाभित्र मात्रै १ सय ७९ जना छन् । संक्रमण यथास्थानमा रहेकोले स्वास्थ्य मापदण्ड पालनामा भने कडाई गरिनुपर्ने बैठकमा छलफल भएको थियो ।
व्यवस्था अनुसार, बिहान दूध, तरकारी, किराना लगायतका पसल संचालन हुनेछन् भने दिउँसो हार्डवयर, फेन्सी जस्ता व्यवसाय संचालन हुन्छन् । साँझ ६ बजेपछि व्यवसाय बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->