बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भिमादको ५८ करोड ५६ लाख बजेट सार्वजनिक

भिमादको ५८ करोड ५६ लाख बजेट सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • साउन १६ २०७८, शनिबार

तनहुँ, १६ साउन– भिमाद नगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ । शुक्रबार कार्यक्रम गर्दै नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।
नवौँ नगरसभाले चालु वर्षका लागि ५८ करोड ५६ लाख ८ हजार रुपैयाँको बजेट ल्याएको उपप्रमुख शारदा खनालले जानकारी दिइन् । उनका अनुसार चालुतर्फ ३७ करोड ४ लाख १० हजार ८ सय ७० रुपैयाँ र पुँजीगततर्फ २१ करोड ५१ लाख ९७ हजार १ सय ३० रुपैयाँ विनियोजन गरिएको छ । चालुमा ६३.३ प्रतिशत र पुँजीगतमा ३६.७ प्रतिशत विनियोजन गरिएको हो ।
सामाजिक विकास शीर्षकमा नगरले आधा बढी बजेट छुट्यार्ईएको छ । ३० करोड १ लाख २० हजार रुपैयाँ सामाजिक विकासका लागि विनियोजन भएको छ । त्यसपछिको ठुलो रकम पुर्वाधार विकास शिर्षकमा १६ करोड ३२ लाख रुपैयाँ विनियोजन गरेको सार्वजनिकिकरण समरोहमा बजेट प्रस्तुत गर्दै उपप्रमुख खनालले जानकारी गराइन् ।कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ८ करोड २० लाखरुपैयाँ र आर्थिक बिकासतर्फ ३ करोड ४५ लाख ७७ हजार १ सय ३० रुपैयाँ विनियोजन भएको छ ।
आम्दानीतर्फ सघीय सरकारबाट समानिकरण अनुदानमा ११ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने खनालले बताईन् । सशर्त चालु अनुदान २४ करोड २४ लाख रुपैयाँ, सशर्त पुँजीगत अनुदान २ करोड २९ लाख रुपैयाँ, विशेष अनुदान ४२ लाख रुपैयाँ र संघिय सरकारबाट राजस्व बाँडफाँडमा ८ करोड ४१ लाख ८७ हजार रुपैयाँ प्राप्त हुने जनाईएको छ । यसरी संघीय सरकारबाट मात्रै ४७ करोड ३२ लाख ८७ हजार रपैयाँ आम्दानीको अनुमान छ ।
गण्डकी प्रदेश सरकारको वित्तिय समानीकरण अनुदान १ करोड ३८ लाख ४२ हजार रुपैयाँ, समपुरक अनुदान १ करोड रुपैयाँ, प्रदेश राजस्व बाँडफाँडबाट १ करोड ५० लाख ७९ हजार रुपैयाँ प्राप्त हुनेछ । घर जग्गा रजिष्ट्रेशनबाट ४० लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । यस्तै, भिमादले २ करोड ५० लाख रुपैयाँ मात्र आन्तरिक स्रोतबाट आम्दानी हुने प्रक्षेपण गरेको छ । गत आर्थिक बर्षमा खर्च नभएको ४ करोड १४ लाख रुपैयाँ पनि यहीँ आर्थिक बर्षमा उपयोग गरिनेछ ।
निती तथा कार्यक्रम र बजेट सार्वजनिक कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पुर्व आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले अझै पनि संघियताको प्रारम्भिक अवस्थामा रहेको बताए । स्थानिय तहमा कर्मचारी फेरबदल भईरहदाँ विकासले स्थायित्व प्राप्त गर्न नसकेको उनको भनाई छ । नेकपा एमालेका स्थायी कमिटि सदस्य समेत रहेका गुरुङले भने, ‘स्थिर प्रशासनिक संयन्त्र नभएसम्म बजेट खर्च हुन नसक्ने समस्या रहन्छ ।’ उनले विकास निरन्तर भईरहने प्रकृया रहेको जनाए ।
संविधान सभा सदस्य टुकराज सिग्देलले संघियता ७० बर्षे संघर्षले पाएको प्रतिफल भएको उल्लेख गरे । उनले भने, ‘हजुरबुवा पुस्ताले लडेको लडाईको प्रतिफल नाती पुस्ताले पाएको छ । यसैलाई जोगाउन जनताले अनुभुती गर्नेगरी विकास गर्न आवश्यक छ ।’
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले प्राकृतिक स्रोत दोहनको बिषयमा भिमादमा प्रश्न उठ्ने गरेकाले ध्यान दिन सुझाव दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->