पोखरा/टिभीएस मोटर कम्पनीले मंगलबार पोखरामा बिएस–भिआइ कम्प्लायन्सको टिभीएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल इन्जेक्शन(आरटीएफआई) सार्वजनिक गरेको छ । टिभिएसको आधिकारिक बिक्रेता बतास ब्रदर्स प्राइभेट लिमिटेडको शोरूममा स्कुटर सार्वजनिक गरियो । टीभीएस नेपालका ब्रान्ड एम्बेसेडर प्रदीप खड्का र स्वस्तिमा खड्काले ती स्कुटर सार्वजनिक गरे ।
कम्पनीका अनुसार एफआई प्लेटफार्मका दुई संस्करणहरु रमाइलो रेसिङ यात्राका लागि डिजाइन गरिएको हो । बतास ब्रदर्स प्राइभेट लिमिटेडका उपमहाप्रबन्धक राजेश रानाभाटले अनुसार आरटी–फाईको पोखरा र वरपरका क्षेत्रका युवा ग्राहकहरुको लागि टिभिएस १२५ एनटर्क पहिलो रोजाइ बन्ने बताए बिक्री प्रबन्धक सन्तोष पोखरेलका अनुसार
टिभिएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर हो र यो उद्योगको पहिलो प्रविधि, अतुलनीय शैली र उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ । यस लन्चको साथ, टिभिएस एनटर्क १२५ पाँच भेरिएन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन र सुपरस्क्वाड एडिसनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यी स्कुटरहर विभिन्न रंगमा उपलब्ध छन् ।





