शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पोखरा आयो स्कोडा, कुशाकको बुकिङ खुल्ला

पोखरा आयो स्कोडा, कुशाकको बुकिङ खुल्ला


  • Dhorpatan News
  • साउन २८ २०७८, बिहिबार

पोखरा/जर्मनी प्रविधिको स्कोडा गाडी अब पोखरामै किन्न पाइने भएको छ । विश्वकै उत्कृष्ट कम्पनि मध्येको एक स्कोडाको शोरुम पोखरामा खुलेको छ । पोखराको नयाँबजारस्थित एसएसएलमोटर्स प्रालि स्कोडाको आधिकारी बिक्रेता हो ।
पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले बुधबार शोरुमको उद्घाटन गर्दै जर्मन प्रविधिको स्कोडा गाडी पोखरा क्षेत्रमा थप लोकप्रिय हुने विश्वास व्यक्त गरे ।मोटर्सले स्कोडा गाडीको बिक्री तथा बुकिङ सुरु गरिसकेको छ । डिलर सुरु गरेसँगै प्रालिले स्कोडाको बहुप्रतिक्षित एसयुभी कुशाकको बुकिङ पनि सुरु गरिसकेको निर्देशक सूर्यप्रसाद बरालले जानकारी दिए ।
एमएडब्ल्यु इन्टरप्राइजेज स्कोडा डिभिजनका डिलर मेनेजर विजय थापाले गाडीको फिचरको बारेमा जानकारी दिए । उनका अनुसार स्कोडाको कुशाक एसयूभी २ साता अघिमात्रै नेपाली बजारमा सार्वजनिक भएको हो । एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ ट्रिममा उपलब्ध हुने स्कोडा कुशाक सबै गरी ५ किसिमका स्कोडा किन्न सकिने बताए ।
रोबस्ट र मस्कुलर लुक रहने कुशाकले नेपाली एसयूभीप्रेमीको मन जित्ने कम्पनीको अपेक्षा छ । कुशाकको अगाडिको भागमा चौडा र अद्वितीय स्कोडा ग्रिल, डुअल हेलाइट सेटअप, एलईडी डिआरएल र फगल्याम्प छ । रुफ रेल र १७ इन्चको डाइमन्ड कट अलोय ह्विल छ । पछाडिको भागमा स्प्वाइलर, फक्स लिस्भर डिफ्युजर, र्याप–अराउन्ड एलडी टेललाइट छ ।
यसको इन्टेरियर चालकलाई सहज बनाउन राखिएको ‘सिम्प्ली क्लेभर’ फिचर भएको आधुनिकता र सुन्दरताको उत्कृष्ट संयोजन हुने थापाले बताए । ‘यसमा १०.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बायन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहितको सिक्स स्पिकर छ,’उनले भने,‘सुरक्षाका लागि यसमा ६ एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम छ ।’
इएससी सबै भेरिएन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो । साथै यसमा टायर प्रेसर मनिटरिङ र हिल होल्ड असिस्ट पनि हुनेछ । स्कोडा कुशाकमा १.० लिटरको सबैभन्दा बढी पुरस्कृत टीएसआई इन्जिन हुनेछ जसले ११५ बीएचपी र १७८ एनएम टर्क उत्पन्न गर्नेछ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो । टीएसआई इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । शोरुममा कुशाकसँगै र्यापिड गाडी पनि बिक्रीका लागि उपलब्ध छ ।
स्कोडा कुशाकको सुरुवाती भेरिएन्ट एक्टिभ म्यानुअल ट्रान्समिसनको मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । एम्बिसन म्यानुअल ट्रान्समिसनको मूल्य ५३ लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ । स्टाइल म्यानुअल ट्रान्समिसनको मूल्य ६० लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ६५ लाख ९० हजार रुपैयाँ तोकिएको छ । नेपालमा बुकिङ एक सय २३ गाडीमध्ये७५ गाडी बिक्री भएको छ । जसमध्ये पोखराबाट माात्रै ६ वटा गाडी बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->