शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पर्यटन व्यवसायीलाई खोप सुरु, मन्त्री शर्मा पुगे केन्द्रमा

पर्यटन व्यवसायीलाई खोप सुरु, मन्त्री शर्मा पुगे केन्द्रमा

कोही निराश नबनौं, उच्च मनोबल गराऔं : पर्यटन मन्त्री शर्मा


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०७८, बिहिबार

पोखरा/पर्यटन व्यवसायीलाई लक्षित गरेर विहिवारदेखि पोखरामा कोभिड विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले नेपाल पर्यटन बोर्ड पोखराको परिसरमा पर्यटन व्यवसायीलाई खोप कार्ड हस्तान्तरण गर्दै सो अभियानको सुरुवात गरे ।
मन्त्री शर्माले खोप कार्ड हस्तान्तरण गर्दै पर्यटन व्यवसायी र मजदुरलाई औपचारिक रुपमा कोभिड विरुद्धको खोप अभियान सुरुवात गरेको जानकारी दिए ।
प्रदेश राजनधानीबाट सुरु गरिएको खोप अभियान अन्य जिल्लामा पनि लगत्तै सुरु गर्ने जानकारी गराउँदै मन्त्री शर्माले खोपको कारणले कोही पनि निराश नबनि, उच्च मनोबलका साथ आआफ्नो पेशा व्यवसाय र सेवामा जुट्न सवैलाई अनुरोध गरे ।
पर्यटन व्यवसायीहरुले धेरै अगाडी देखिबाट खोपको माग गर्दै आएकोमा वर्तमान सरकारले माग अनुसार सम्बोधन सुरुवात गरेको बताउँदै कानुन मन्त्री थापाले व्यवसायीहरुको मागलाई सम्बोधन गर्दै जाने बताए ।
मन्त्रीद्वय शर्मा र थापाले पोखरा पर्यटन परिषदको संयोजनमा निर्धारण गरिएका पाँच वटै खोप केन्द्रको निरीक्षण गर्दै व्यवसायीहरुले राम्रो व्यवस्थापन गरेकोमा प्रशंसा गरे । पहिलो सुरुवाती चरणमा थोरै मात्रमा भएपनि सम्बोधन भएको र गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेर खोप अभियानलाई निरन्तरता दिने बताए ।

नेपाल पर्यटन बोर्डमा टान, पश्चिमाञ्चल क्षेत्रिय संघ, एन.एम.ए, ओटेफ र टेवान, माउन्ट कैलाशमा रेवान पोखरा र नेपाल हवाई खेलकुद संस्था, होटल बाराहीमा पश्चिमाञ्चल होटल संघ र पोखरा पर्यटन परिषद, बोम¥याङ्ग रेष्टुरेन्टमा नाट्टा गण्डकी प्रदेश, एगा पोखरा, टेसा पोखरा, एनटिभि ए र द विच रिसोर्टमा भिटोफ, मनि चेन्जर, स्पा, डुङ्गा एशोसिएसन, टुरिष्ट बुक सप, सिटी टुर गाईड, अखिल मजदुर संघ, युनिट्राभ र फेवा पर्यटन विकास समिति, थान्का एण्ड प्रिन्टिङ, नेशनल टुर गाईड लगायतलाई खोप लगाउने व्यवस्था मिलाईएको परिषदका कावा अध्यक्ष पोम नारायण श्रेष्ठले बताए ।
पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराईले आन्तरिक पर्यटन प्रबद्र्धनका लागि खोप अभियानलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा रेवान पोखराका पूर्व अध्यक्ष चौ बहादुर गुरुङ, पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष भरतराज पराजुली, टान गण्डकीकी महासचिव कमला गिरीले पोखरालाई सुरक्षित गन्तव्यको रुपमा घोषणा गर्न माग गरे ।
पोखरा पर्यटन परिषद मार्फत २ हजार पाँच सय खोप वितरण भएको हो भने उद्योग वाणिज्य संघ र अन्य व्यवसायीक संघ संस्थाहरुले भोलीबाट क्रमशः खोप कार्यक्रम सुरु गर्ने स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->