काठमाडौं / नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा विदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा एक प्रतिशत थप ब्याज दिइने उल्लेख छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ च्यानबाट पठाएर बचत गरेमा थप ब्याज दिने व्यवस्था रहेको उल्लेख छ ।
बैंकिङ च्यानलबाट आएको रेमिट्यान्स रकम बैंक तथा वित्त संस्थामा राखेमा थप एक प्रतिशत ब्याजदर दिने व्यवस्था गर्ने गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।





