शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पर्वतारोहीलाई पुनर्ताजगी तालिम

पर्वतारोहीलाई पुनर्ताजगी तालिम


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०७८, शनिबार

पोखरा/ पर्वतारोही तथा चट्टान आरोहीलाई नेपाल पर्वतारोहण संघ (एनएमए) गण्डकी प्रदेश समितिले पुनर्ताजगी तालीम प्रदान गरेको छ । पोखराको खहरेमा रहेको विस स्पोटर््स इन्डोर हबमा २ दिनसम्म बोल्डरिङ तथा वाल क्लाइम्बिङ तालिम भएको हो ।

बिहीबार र शुक्रबार भएको तालीममा गत माघमा मुस्ताङको धम्पुस पिक (६,०१२ मी) आरोहण गरेका र तनहुँको विमलनगरमा रक क्लाइबिङमा भाग लिएका गरी १५ सहभागी थिए । सहभागीलाई अन्तर्राष्ट्रिय मान्यताप्राप्त माउन्टेन गाइड प्रशिक्षक प्रेम गुरुङ र सहायक प्रशिक्षक राम गुरुङले अप्ठ्यारा पहाड, खोँच र हिमालमा अपनाउनुपर्ने सुरक्षा सतर्कताका बारेमा तालीम दिएका थिए । तालीम स्थलमा रहेको कृत्रिम पर्खालमा डोरी बिना चढ्ने, डोरीको सहायताबाट झर्ने, आरोहणका क्रममा अप्ठ्यारोमा फसेकाको उद्धार गर्ने लगायत विधि प्रशिक्षकले सिकाए ।

शुक्रबार सहभागीलाई प्रमाणपत्र वितरण गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटकलाई सुरक्षित महसुस गराउन र पर्वतारोही स्वयंको सुरक्षामा तालीम लाभदायी हुने बताए । एनएमए गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले सैद्धान्तिक मात्र नभइ व्यवहारिक रुपमा समेत सिपयुक्त बनाउन तालीम आयोजना गरेको बताए । उनले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयभित्रै कृत्रिम पर्खाल बनाएर व्यवस्थित बनाए पर्वतारोहणको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न सकिने उल्लेख गरे ।

एनएमए गण्डकीका सचिव सुदीप गौतमले हिमाल चढ्न आउने पर्यटक जस्तोसुकै महामारीमा पनि आउने भएकोले पर्वतीय पर्यटनलाई जोड दिनुपर्ने बताए ।
बिहीबार उद्घाटनका अवसरमा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले आन्तरिक पर्यटक भित्र्याउँने अभियानमा एनएमएसँग सहकार्य गर्ने बताए । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले पर्वतीय पर्यटन प्रवद्र्धन र जनशक्ति उत्पादनमा हातेमाले गर्न तषर रहेको बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->