विभिन्न समयमा भएको राजनीतिक आन्दोलनले महिलाहरुमा जागरण ल्याएको छ । अहिले महिलाहरु आफ्नो पहिचान आफैं बनाउनसंघर्षरत छन् । महिलाहरुको पहिचानको संर्घष केवल अधिकार र राजनीतिक क्षेत्रमा मात्र होइन, आर्थिक क्षेत्रमा पनि जारी छ ।
राजनीतिक र सामाजिक क्षेत्रमा अझै पनि महिलाहरुले पुरुषसरह अधिकार पाउन सकेका छैनन् । उनीहरुले आफ्नो पकड स्थापित गर्न, आर्थिक समाजिक र राजनीतिकलगायतका क्षेत्र अन्तरसम्बन्धित हुन्छन् । आर्थिक क्षेत्रमा सफलता हासिल गरिसकेकाहरुले सामाजिक र राजनीतिक पहिचान बनाउन खोज्ने होड चलेको देखिन्छ ।
पोखरामा रहेर विभिन्न पेशा व्यवसायमा आफ्नो छुट्टाछुट्टै छाप छोड्न सफल भएका छन् महिलाहरु । व्यवसाय, समाजसेवा लगायतमा अब्बल देखिन्छन् । उनीहरुको संघर्ष र सफलता अन्य आम महिलाका लागि प्रेरणाको स्रोत समेत बन्न सक्छ ।
हामीले यहाँ केही प्रतिनिधि पात्रहरुको मात्रै चर्चा गर्न खोजेका छौं । जसले पर्यटन व्यवसाय र समाजसेवाको क्षेत्रमा आफ्नो छुट्टै हैसियत कायम गर्न सफल भएका छन् ।
सौन्दयकर्मीलाई संगठित गर्ने महिला : मीना गुरुङ
मिना गुरुङ धेरै पहिचान बनाएकी महिला हुन् । कास्की क्षेत्र नं २ (ख) बाट विजयी गण्डकी प्रदेश सभामा जानुअघि नै उनी ट्रेडयुनियनकर्मी हुन् । ब्युटिसियन पेशालाई पहिलो पटक व्यवस्थित, मर्यादित र संगठित गराउने काम उनले गरिन् ।
ब्युटिसियन पेशामा लागेका महिलाहरु संगठित गर्ने काम उनैले सुरु गरेको मान्न सकिन्छ । जहिल्यै पनि नयाँ काम गर्न अग्रसर उनी अहिले उद्यमी महिलाहरुको सशक्तिकरणमा जुटेकी छिन् ।सञ्चारकर्मी, गोरखा भूपूको परिवार (लाहुरेनी) सौन्दर्यकर्मी, ट्रेडयुनियनकर्मी हुँदै गण्डकी प्रदेश सभासदस्यको भूमिका निर्वाह गरिरहेकी छन् ।
जुझारु र सर्घर्षशील मीनाले विगतमा गोरखा भुपु सैनिक(परिवार) महिलाहरुले चलाएको आन्दोलनको नेतृत्व गर्दाउनको आर्थिक स्रोत मेत बन्द गराइएको थियो । ब्युटिसियनलाई एकीकृत गरेर उनले नेपाली सौन्दर्यचेतलाई अन्तर्राष्ट्रियस्तर चिनाउन सफल भइन् ।
पहिलो महिला ट्रेकर : लक्की क्षेत्री
नेपाली डाँडाकाँडा, तालतलैया र गारेटाहरुचिनाउने पेशा ट्रेकिङ व्यवसायमा स्थापित एउटा नाम हो, लक्की क्षेत्री । उनी ३ दशकदेखि यही पेशामा अनवरत छिन् । उनी लामो संघर्षपछि यहाँसम्म आइपुगेकी हुन् ।
‘पर्यटन क्षेत्रमा लाग्दा महिलाहरुका सुरुुसुरुमा निकै चुनौतिपूर्ण अवस्था थियो । विदेशी र हिप्पी संस्कृतिले अफ्ठेरो पारेको थियो,’ व्यवसायका सुरुका दिन सम्झिन्छिन् । आजभन्दा ३ दशकअघि महिलाहरु, पर्यटन क्षेत्रमा प्रवेश गर्दा समाजको हेर्ने दृष्टिकोण नै फरक हुन्थ्यो । तर, अहिले त्यस्तो छैन । समयक्रमसँगैयो व्यवसाय आकर्षक र आधुनिक बन्दै गएको छ ।
त्यतिबेलापथप्रदर्शकहरुका लागि कुनै तालिम थिएन । पढेलेखेका मान्छेहरु पथप्रदर्शक थिएनन् । पोखरामा पहिलोपटक पथप्रदर्शकहरुका लागि तालिमको आवश्यकता महसुस गरी भित्रायाउने पनि थ्री सिस्टर्स नै हुन् । ज्ञान, सीप क्षमता र अनुभवका आधारमा पेशालाई निरन्तरता दिने काम गरेका छन्, थ्री सिस्टर्सले ।
पेशामा स्थापित भइसके पछि थ्रि सिस्टर्स पथप्रदर्शक, कम्पनी र होटल, लजसमेत सञ्चालन गरेको बताउँछिन्, कार्यकारी निर्देशक लक्की क्षेत्री । उनी भन्छिन्, ‘महिलाहरुलाई हस्पिटालिटीको क्षेत्र धेरै राम्रो हुन्छ । नेपालमा गुणस्तरीय पर्यटक आउनुपर्छ । गुणस्तरिय सेवा प्रदान गर्नुपर्छ ।’
पर्यटनका लागि नेपालका ऐतिहासिकसाँस्कृतिक र भौगोलिक महतवका स्थानहरुको प्रवद्र्धन गर्न जरुरी रहेको क्षेत्रीको मत छ । ‘पर्यटकका लागि गुणस्तरिय सेवा नै हाम्रो ब्रान्डिङ हुनेछ,’ उनले भनिन् ।
कहिल्यै नथाक्ने बीना
अधिकारकर्मी बीना सिलवालमहिलालाई परेको अन्याय सहन सक्दिनन् । समाजिक हुन् वा राजनीतिक, हरेक महिलामाथि भएको हिंसा उनी आफैंलाई परेजस्तो ठान्छिन् । अरु भन्दा छुट्टै व्यक्तित्व बनाइसकेकी बीना सधंै सादा पहिरनमा हुन्छिन् ।
केहीवर्ष अघिसम्म पुरुषले प्रयोग गर्ने हिरोहोण्डा मोटर साइकल चढेर हिँड्थिन् बीना । अहिले उनकै संस्थाको मोटर छ । हठी स्वभावकै कारण कसैले महिलामाथि अन्याय गर्न खोवजे जाइलाग्छिन बीना । भन्छिन्, ‘पीडित महिलाहरु ढुक्कसँग मनको वहसमेत पोख्न पाउँदैनन् । हामी माझ दुःख पोख्दा, रुँदा आफ्नै मुटु चस्किन्छ । पहिला कुरा बुझ्छौं अनि दबाब सिर्जना गरेर सक्दो न्याय दिलाउने काशिस गर्दछौं ।’
कोपिला नेपालको कार्यकारी निर्देशक रहेकी बीनाले महिला अधिकारको पक्षमा लागेको करिब२ दशक बढी भइसक्यो ।पीडकहरु जस्तासुकै पहुँचवाला किन नहुन ?उनले हिम्मत हार्दिनन् । हिंसाका कारण बाट मानसिक रुपले विक्षिप्त भएका महिलाहरुलाईमनोसामाजिक परामर्श, हिंसा र द्वन्द्व पीडित महिलाहरुका लागि आर्थिक रुपमा शसक्तिकरण र बचत गर्न लगाउने लगायतका कार्यक्रम अहिले कोपिला नेपालले गर्दै आएको छ ।
१८ वर्षको उमेरमा बिवाह बन्धनमा बाँिधएकी बीनाको सर्घषको महिलाहरुका कम चाखलाग्दो छैन । एकाबिहानैको ठिहि¥याउदो चिसो होस् वा मध्य दिनको चर्को घाम ! महिलामाथिभएको अन्याय सहन सक्दिनन् बीना ।
स्वास्थ्य छोडेर पर्यटन : कमला गिरी
कमला गिरी पोखराको स्थापित महिला व्यवसायी हुन् । फरक पृष्ठभूमि अर्थात् स्वास्थ्यकर्मीको जागिर छोडेर आए पनि पेशामा जमेकी छिन् ।
अहिले कोभिड महामारी कैबीच पनि उनले ग्रोसरी पसल सञ्चालन गरेकी छिन् । मेट्रो सुपर स्टोर्स नाम गरेको दैनिक उपभोग्य वस्तुहरुको पसल भर्खरै सञ्चालन गरेकी हुन् । उनी आशाावादी छिन् । भन्छिन्, ‘जीवनमा धेरै उतारचडावहरु आउँछ तर धर्य गर्नुपर्छ हार खानु हुदैन एक दिन सफल भइन्छ ।’ उनले पोखराको नगढुड्डामा मेट्रो टुर्स एण्ड ट्राभल्स र लेकसाइडमा सुमी मनी चेन्जर छ ।
‘फरक पेशाबाट आएको हुँदा समुन्द्रमा हामफाले जस्तो भएको छ आफ्नो क्षमतामा विश्वास गरियो भने सफलता मिल्छ,’ कमला भन्छिन् । कतिपय महिलाहरुमा आफ्नो क्षमतामा विश्वास पनि हुँदैन र केही गर्ने आँट पनि हुँदैन । कमलालाई आफूमा विश्वास छ ।
कमलाले विगतमा व्यवसाय गर्दा नयाँ नयाँ स्किमहरु ल्याइन् महिला व्यवसायी भएको कारणले महिलाहरुलाई भ्रमण गर्न प्रेरित गरिन् । प्याकेजमा महिलाहरुलाई स्वदेशविदेश भ्रमण गराइन् । महिलाहरुले पनि जीवनको आनन्द लिनुपर्ने उनको भनाइछ । ‘यसरी देश विदेशको भ्रमण गर्दा दिदीबहिनीहरुमा नयाँनयाँ कुरा सिक्ने र आत्मविश्वास बढ्छ,’ उनले भनिन् ।





