पोखरा, ८ भदौ–लेखनाथ उद्योग वाणिज्य संघको आगामी अध्यक्षमा छत्रधर आत्रेय आउने पक्कापक्की भएको छ । अध्यक्षमा आत्रेयको मात्रै उम्मेदवारी परेसँगै उनी अध्यक्ष बन्ने निश्चित भएको हो । उनी हाल संघको वरिष्ठ उपाध्यक्षको रुपमा कार्यरत छन् ।
२०६८ सालमा संघको सदस्यको रुपमा रहेका आत्रेय कोषाध्यक्ष, महासचिव, प्रथम उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै नेतृत्वमा पुगेका हु्न् । संघको भदौ १८ र १९ गते हुन लागेको १३ औं महाधिवेशनअन्तर्गत हुने निर्वाचन कार्यक्रममा अन्य पदको लागि भने द्धिपक्षीय प्रतिष्पर्धा हुने भएको छ ।
अघोषित रुपले नेपाली कांग्रेस र एमाले समर्थक व्यवसायीहरु एकआपसमा प्रतिष्पर्धामा उत्रिएका हुन् । वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ तथा अघिल्लो कार्यसमितिका महासचिव भरतकुमार अधिकारी, प्रथम उपाध्यक्षमा हालका द्धितीय उपाध्यक्ष राजेन्द्र ओझा र पुर्व कार्यसमितिका द्धितीय उपाध्यक्ष प्रकाशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
द्वितीय उपाध्यक्षमा वर्तमान महासचिव गोपिचन्द्र वास्तोला र वर्तमान कार्यसमितिका सदस्य शैलेन्द्रमोहन भट्टराई, महासचिवमा वर्तमान उपमहासचिव उपेन्द्रराज सुवेदी (राजु) र वर्तमान कार्यसमितिकी सदस्य मेनुका श्रेष्ठबीचको भीडन्त पक्का भएको छ ।
उपमहासचिवमा वर्तमान कोषाध्यक्ष जानुका अधिकारी र कार्यसमितिका सदस्य धिरजकुमार श्रेष्ठले प्रतिष्पर्धा गर्दैछन् ।
कोषाध्यक्षमा कार्यसमितिका सदस्य भीबहादुर नेपाली, भरत ओझा,रामजी पौडेल र दिलकुमारी शर्मा दाहालसमेत गरी ४ जनाको उम्मेदवारी परेको छ ।
८ खुल्ला सदस्य, २ महिला सदस्य ,१/१ सस्थागत र एशोसियट सदस्य गरि १२ जनाको लागि ३० जनाको उम्मेदवारी परेको छ । बिहीबार उम्मेदवारी फिर्ताको अन्तिम दिन हो ।





