शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

ग्रीन डेभलपमेण्ट बैंकनवौं वर्षमा

ग्रीन डेभलपमेण्ट बैंकनवौं वर्षमा


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०७८, बिहिबार

पोखरा/ पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट वैंकले नवौं वर्षमा प्रवेश गरेको छ ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका –२८ स्थित श्री रत्न शोभा माविमा वृक्षारोपण गर्नुका साथै युरोगार्ड समेत हस्तान्तरण गरिएको छ । बैंकका संचालक कृष्णशंकर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बैंककमा प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्य, कर्जा विभाग प्रमुख हरिबहादुर वुढाथोकी,विद्यालयका प्रधानाध्यापक गोपालबहादुर वुढाथोकी वडा नंबर २८ का वडा सदस्य विष्णुप्रसाद तिवारीलगायतले मन्तव्य राखेका थिए ।

वैंकले हाल कास्की, बागलुङ म्याग्दी र नवलपुर जिल्लामा रहेका १३ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसिमका आधुनिक सेवा दिइरहेको छ भने कास्की र नवलपुर जिल्लामा थप २ वटा शाखा विस्तारको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->